CanadaKhabar.com

Tuesday, March 19, 2024 -
  • बसभित्रै रेष्टुरेन्ट

    खाजा खुवाउने नयाँ तरिका

    • अटोन्युज संवाददाता 

    विगत लामो समयदेखि चारपाङ्ग्रे सवारीसाधनको सर्भिसिङ तथा मेन्टिनेन्स गर्दै आएको ढकाल अटो वर्कसपले ढकाल ट्राभल फुड जोन नामको खाजा घर सञ्चालनमा ल्याएको छ । २००४ मोडलको महिन्द्रा गाडीलाई डेकोरेसन गरेर खाजा घरका रूपमा सञ्चालनमा लयाएको हो । कुल ११ लाखको लगानीमा सञ्चालनमा ल्याएको उक्त खाजा घरमा विभिन्न मौलिक परिकारका खाजाहरूको स्वाद लिन सकिने बताउँछन् सञ्चालक राजु ढकाल । गाडीभित्रै पकाउने तथा खाने व्यवस्थासहितको यो सेवा अटोमोबाइल व्यवसायीले सञ्चालनमा ल्याएको पहिलो प्रयास भएको बताउँछन्।

    एकैसाथ १० जनासम्म बसेर खान सकिने उक्त खाजाघरमा मम, चाउमिन, ससेज, थुक्पा, चिया, कफी, आलु चपलगायतका विभिन्न परिकारको स्वाद लिन सकिनेछ । वर्कसप सञ्चालनसँगै केही फरक गरेर देखाउने मनसायले सञ्चालनमा ल्याएको यो खाजाघरमा सस्तो मूल्यमा गुणस्तरीय र स्वादिष्ट खानेकुराहरूको स्वाद लिन पाउने भएकाले सर्वसाधारण आकर्षित हुन थालेको बताउँछन् ढकाल । खाजा खानका लागि समय छुट्याएरै हिँड्नुपर्ने अहिलेको परिवेशमा उनले सञ्चालन गरेको यो घरमा बाटो हिँड्दाहिँड्दै खान सकिने भएकाले ग्राहकको समयको समेत बचत हुने बताउँछन् उनी ।IMG_3202
    त्यसो त उनले गाडी बाहिर बसेर खानको लागि ८ ओटा डिकी टेबलको समेत व्यवस्था गरेका छन् । खानेपानी सुविधाका लागि उनले ६ सय लिटरको ट्याङ्कीकोे समेत व्यवस्था गरेका छन् । वातावरणीय प्रदूषणलाई मध्यनजर राख्दै उनले खाजा घरबाट निक्लने फोहोरमैला व्यवस्थापनको समेत राम्रो व्यवस्था गरेका छन् । हालका लागि ढुंगेधाराबाट यो सेवा सञ्चालामा ल्याए पनि आगमी दिनमा सवारी चाप कम हुने अन्य ठाउँमा लगेर समेत यो सुविधा प्रदान गर्ने लक्ष्य राखेका छन् ढकालले । तर ट्राफिकले दिने अनावश्यक झन्झटबाट भने उनले छुटकारा पाउन सकेका छैनन् ।
    विदेशमा यस्तो सिस्टम लागू भए पनि हाम्रो देशमा सञ्चालनमा आउन सकेको छैन । यस्तो अवस्थामा नयाँपन र मौलिकताका लागि भए पनि सरकारले दर्तासहित सञ्चालन गर्न दिने व्यवस्था गर्नुपर्ने धारणा राख्छन् सञ्चालक ढकाल । अहिलेको व्यस्त शहरमा सरकारले सहज वातावरणसहित मोबाइल खाजाघर सञ्चालन गर्न दिने हो भने सर्वसाधारणलाई निकै सहज हुने उनको तर्क छ ।IMG_3199