CanadaKhabar.com

Tuesday, March 19, 2024 -
  • ब्याट्रीको बजारमा हामीनै हौ बादशाह

    एक्साइड अप्रेसन सिप्रदी ट्रेडिङ प्रालि एक्साइड अप्रेसनका नायब महाप्रबन्धक सुरेशकुमार तिवारीसंग गरिएको कर्पोरेट कुराकानी यहाँ प्रस्तुत गरिएकोछ ।suresh


    पछिल्लो समय नेपालमा ब्याट्री बजारको स्थिति कस्तो पाउनुभएको छ ?

    देश, काल र परिस्थितिअनुरूप ब्याट्रीको बजार आफंैमा राम्रो छ । सवारीसाधनको चाप बढ्दै गएकाले अटोमोटिभ ब्याट्रीको कारोबार बढ्दै गएको छ भने विद्युत् आपूर्ति कम भएकाले इन्भटर ब्याट्रीप्रति पनि ग्राहकको आकर्षण उत्तिकै बढेको छ । ब्याट्रीमध्ये एक्साइड नम्बर वान छ भनेर त मैले भनिरहनै पर्दैन । ग्राहकवाटै यो कुराको पुष्टि हुन्छ ।
    ‘नम्बर वान’ त भन्नुभयो बजारमा प्रभाव कत्तिको छ ?
    एक्साइडको बजारमा कस्तो प्रभाव छ भनेर मैले भनिरहनु जरुरी छैन । तपाइहरू आफैं पनि बुझ्न सक्नुहुन्छ हाम्रो ब्याट्री प्रयोग गर्नेहरूसँग । हामी केवल संख्यामा विश्वास गर्दैनांै । सामान बेच्नुभन्दा पनि बिक्रीपछिको सेवामा हामी बढी संवेदनशील छौं । त्यसकारण पनि ग्राहकहरू हाम्रो कम्पनीको ब्याट्रीप्रति बढी आकर्षित छन् ।
    नेपाली बजारकै कुरा गर्नुहुन्छ भने अटोमोटिभ ब्याट्रीमा ६३ प्रतिशत बजारमा हाम्रो प्रभाव छ । मोटरसाइकल ब्याट्रीमा ४० प्रतिशत प्रभाव छ । इन्भटर ब्याट्रीको हकमा पनि हामी अगाडि नै छौं ।
    बिक्रीपछिको सेवा कस्तो छ ? सर्भिस सेन्टरहरू कति छन् ?
    हाम्रा ग्राहकले एक्साइड ब्याट्रीका विषयमा गुनासो गर्नु नपरोस् भन्नका लागि हाम्रो कम्पनीले सर्भिस नेटवर्क विस्तार गरिरहेको छ । काठमाडौंलगायत मोफसलका शहरमा जसले एक्साइडको डिलर सञ्चालन गर्दै आएका छन् तिनले ग्राहकलाई विभिन्न सर्भिस दिँदै आएका छन् । त्यसमाथि हाम्रो कम्पनीले मुलुकका विभिन्न ६ स्थानमा आधिकारिक सेवा केन्द्र सञ्चालन गरेको छ । त्यस्तै अरू पाँच ठाउँमा आधिकारिक सेवा केन्द्र सञ्चालनको प्रक्रियामा छौं । ग्राहकलाई छिटो छरितो सेवा दिनकै लागि स्कुटर र भ्यानसमेत परिचालन गरेका छौं । हालसालै हाम्रो कम्पनीले ब्याट्री चेकजाँचका लागि अत्याधुनिक मेसिन ल्याएको छ । त्यसले ग्राहकलाई थप सुविधा दिनेछ ।suresh jee
    वारेन्टीका विषयमा कतिपय ग्राहक झुक्किने पनि गरेका छन् नि किन ?
    हामीबाट कारोबार गर्ने ग्राहकहरूमा त्यस्तो कुनै समस्या छैन । कुन ब्याट्रीमा कस्तो किसिमको वारेन्टी सुविधा छ र कहिलेसम्म पाइन्छ भन्नेमा हामीले हाम्रा ग्राहकलाई स्पष्ट बुझाएर पठाउने गरेका छौं । अर्को महŒवपूर्ण कुरा वारेन्टी भन्ने कुरा मौखिक हुँदैन । वारेन्टी कार्डमा ती सबै कुरा उल्लेख गरिएको हुन्छ । यस्तो अवस्थामा ग्राहक झुक्किने कुरै आउँदैन । किनकि कम्पनीले कार्डमा जे लेखेर दिएको छ त्यो मापदण्डअनुरूप नै हामीले हाम्रा हरेक ग्राहकलाई सुविधा
    दिने गरेका छौं ।
    सिप्रदी ट्रेडिङले कारोबार गर्दै आएको इन्भटर ब्याट्रीको बारेमा केही भनिदिनुहुन्छ कि ?
    सिप्रदी ट्रेडिङले इनभटरअन्तर्गत एक्साइडकै फ्ल्याट प्लेटेड ब्याट्रीको कारोबार गर्दै आएको छ । हाम्रो कम्पनीले यो ब्याट्रीको कारोबार गर्दै आएको एक दशक बढी भयो । ट्युबलर आउन थालेको ३ वर्ष हुँदै छ । यस हिसाबले पनि ट्युबलरको तुलनामा फ्ल्याट प्लेटेड ब्याट्रीको इतिहास निकै पुरानो छ । हामीले कारोबार गर्ने फ्ल्याट प्लेटेड ब्याट्री बलियो र उपयोगी पनि छ । एक्साइडको फ्ल्याट प्लेटेड ब्याट्रीमा मात्रै म्याजिक आई प्रविधि भएकाले ग्राहक थप लाभान्वित छन् । किनकि म्याजिक आई प्रविधिमा ब्याट्रीको कन्डिसन कस्तो छ सजिलै थाहा पाउन सकिन्छ ।