CanadaKhabar.com

Tuesday, March 19, 2024 -
  • गाडी फेरी फेरी चढ्छु

    गाडीमा घुम्न जानुको मज्जानै बेग्लै

    नेपाली चलचित्र उद्योगमा चकलेटी हिरोको उपाधि पाएका छन् आर्यन सिग्देलले । गाडीको मामलामा सौखिन कलाकार मानिन्छन् उनी । टोयोटा कोरोला ब्रान्ड आफूलाई मनपर्ने बताउँछन् उनी ।
    त्यसो त उनले अहिलेसम्म ४ वटा गाडी फेरिसकेका छन् । उनी भन्छन्– ‘मलाई यो ब्रान्डले मोहनी नै लगाएको छ ।’ उनको भनाइअनुसार नेपालको बाटो सुहाँउदो छ यो गाडी । भरखरै नाइके चलचित्रको पोस्टप्रोडक्सन सकेका उनले यो चलचित्रमा नाइकेको भूमिका निभाएका छन् । चकलेटी हिरो भन्दा फरक भूमिकामा देखिएका उनी यस चलचत्रिमा भिन्न भूमिकामा देखिएका छन् ।
    यस्तै उनको अर्को चलचित्र अलबिदा चाँडै फ्ल्वोरमा जाँदै छ । उज्वल घिमिरे निर्देशित चलचित्र किस्मतबाट नेपाली रजतपटमा पाइला राखेका भए पनि उनलाई चलचित्र ‘मेरो एउटा साथी छ’ ले यस क्षेत्रमा स्थापित गराएको थियो ।IMG_8612
    लामो समयदेखि मोटर चढ्न थालेका उनको रोजाइ सधैं नै टोयटा कोराला नै रह्यो । यसभन्दा पहिला उनीसँग अपाचे बाइक थियो । साइकल चढेको अनुभव भने आफूसँग नरहेको उनी वताँउछन् । अहिले नेपाली चलचित्र हल्ला र हुइमको भरमा मात्र अगाडि बढे जस्तो लाग्छ उनलाई । चलचित्र उद्योगमा क्रियाशील कतिपयलाई फिल्मको विश्व बजारका बारेमा ज्ञान नभएजस्तो लागेको छ उनलाई ।
    नेपाली चलचित्रको तीतो यथार्थसँग सहमति जनाउँदै उनी भन्छन्– ‘चलचित्र कसरी निर्माण हुन्छ र कसरी चलिरहेका छन् त्यसबारे हामी अनभिज्ञ छौं ।’ दर्शकको चाहना के छ भन्नेमा आम सिनेकर्मीहरूले ध्यान नदिएजस्तो लागेको छ उनलाई । कतै चलचित्रकर्मीले जबरजस्ती दर्शकलाई फिल्म देखाउने बहानामा अर्र्ती उपदेश मात्रै दिएका त छैनन् । उनी चिन्ता व्यक्त गर्छन् ।
    एउटा कुनै फिल्म चल्यो भने त्यही विषयमा फिल्म बनाउने क्रम अझै रोकिएको छैन । एउटा एक्सन फिल्म चल्नेबित्तिकै सबै जना एक्सनकै पछाडि दौडिने । गीतले तान्यो भने गीतको पछि लाग्ने चलन पुरानै हो । अब त्यस्तो नहोस् भन्छन् उनी । ‘कोही पनि निर्माता सफल हुने हो भने बजार बुझेर मात्रै चलचित्र बनाउनुपर्छ’ –उनले भने ।
    उनलाई गाडी मर्मतका विषयमा खासै ज्ञान छैन । काठमाडौंलगायत मोफसलमा धेरैपटक गाडी बिग्रेकै कारण बाटैमा छाडेर हिँडेका पनि छन् । इटहरी, धरान, चितवन र पोखरासम्म आफैं गाडी चलाएर जाने आर्यन काठमाडौँको वरिपरि पनि आफैं गाडी चलाउँछन् । गाडीकै कारण चलचित्रका फ्यान नबढ्ने कुरामा उनी सचेत छन् ।
    विवाहपछि पनि आफ्ना फ्यानहरू नघटेको दाबी गर्छन् उनी । विवाहपछि नै रिलिज भएको चलचित्र ‘नोभेम्बर रेन’ चल्नुलाई उनी आफ्नो
    इज्जतसँग जोड्न चाहन्छन् ‘विवाह गर्दैमा फ्यान घट्ने भए त मेरो फिल्म नचल्नु पर्ने नि’ –उनले भने।
    आफ्ना लेडिज फ्यान धेरै भएजस्तो लागेको छ उनलाई । युवादेखि वृद्धवृद्धाले समेत उत्तिकै माया गरेजस्तो लाग्छ उनलाई । ‘मेरो फिल्म मन पराउने बूढाबूढीहरू र पाको उमेरका मान्छेहरू पनि छन्’ –उनले भने ।
    हाम्रो समाजमा गुड लुकिङ, राम्रो शरीर, हाइट आदि कुराहरूलाई मात्र नायकका रूपमा चित्रण गर्ने चलन छ । तर पछिल्लो समय हिरोको पनि परिभाषा फेरिएजस्तो लागेको छ उनलाई । उनको मान्यताअनुसार हिरो हुनका लागि जिउडाल मिलेकै हुनुपर्छ भन्ने छैन । भन्छन्– ‘सबैभन्दा चाहिने कुरा त अभिनय नै हो । जीवन्त र राम्रो अभिनय सबैले मन पराउनेछन् त्यसकारण राम्रो अभिनय गरे पुग्छ ।’ हेर्दा राम्रो भए पनि अभिनय कमजोर छ भने राम्रो ज्यानले केही प्रभाव नपार्ने उनको बुझाइ छ । एउटा सिनेमामा चरित्रलाई जसले जस्टिफाइ गर्न सक्छ मेरो विचारमा त्यो नै राम्रो कलाकार हो र त्यस्तो सिनेमालाई दर्शकले मन पराउँछन् पनि
    सिनेमाकै काममा आफ्नै साथीहरूबाट ठगिएको बताउँछन् उनी । साथीभाइलाई बढी विश्वास गरेकै कारण पटकपटक साथीहरूबाट ठगिएको बताउँछन् उनी ।rn
    सायद भर्खरै बिहे भएकाले हो कि के हो युवतीलाई लिफ्ट दिने मामलामा आफू कन्जुस भएको बताए । कसैलाई आपतै परेको छ भने दया गर्छन रे । तर, उनी डेटिङका विषयमा रोमान्टिक छन् ।
    मिडियाकर्मी र कलाकारबीच बेलाबेलामा विवाद पनि हुने गरेको छ । यस्ता विवादले दुवै पक्षलाई बेफाइदा हुने उनको तर्क छ । उनको भनाइअनुसार मिडियाकर्मी र सेलिब्रेटी एकअर्काका परिपूरक हुन् । कलाकारहरूको पनि आफ्नै पर्सनल लाइफ हुन्छ । त्यसमा अवरोध नपु¥याउन मिडियाकर्मीलाई आग्रह गरे उनले ।
    कलाकार चर्चामा आउन चाहेजस्तै मिडियाकर्मीले सस्तो प्रचारमा आउन नहुने बताए । हरेक क्षेत्रमा काम गर्नेहरूले मर्यादालाई बिर्सन नहुने उनको बुझाइ छ ।
    मिडियाकर्मी इमानदार हुनुपर्ने र कलाकारहरूले पनि आफ्ना पर्सनल कुराहरूलाई मिडियामा ल्याउन नहुने बताए उनले । कतिपय कलाकारले सानो कुरालाई ठूलो इस्यु बनाउने गरेको उनले बताए । उनको बुझाइमा कलाकारहरूमा कतिपय अवस्थामा सिरियस भएको बेलामा पनि खुसी भएको अभिनय गर्नुपर्ने बाध्यता हुन्छ त्यस्ता सवालमा मिडियाकर्मी पनि संवेदनशील हुुनुपर्ने उनको बुझाइ छ ।
    उनको गाडी अनुभव गज्जब छ पहिलोपटक दिनेश नाम गरेको साथीसँग गाडी किन्न गएका थिए र उनको गाडीको पहिलो यात्रु दिनेश नै थिए । शुरूमा उनले सेकेन्ड ह्यान्ड गाडी किनेका थिए । अहिले टोयोटा कोरोला चढिरहेका आर्यान तत्काल ब्रान्ड बदल्ने पक्षमा छैनन् ।
    नेपाली बाटो सुहाउँदो गाडी टोयटा कोरोला नै भएको दाबी गर्ने आर्यनलाई यस ब्रान्डले मोहनी नै लाएको छ । गाडीलाई असाध्यै माया गर्ने आर्यन आफूलाई भन्दा पनि बढी माया गर्ने बताउँछन् ।
    कार्यक्रमका लागि मुलुक बाहिर गएको बेला गाडीलाई मिस गर्ने समेत बताए । आर्यन गाडीलाई अलि बढी नै रेखदेख गर्ने गर्दछन् । सधैं चिटिक्क राख्न मन पराउने उनी नेपालीचलचित्र क्षेत्रमा पनि चिटिक्क चक्लेटी नायकका रूपमा स्थापित रहँदै आएका छन् ।