CanadaKhabar.com

Tuesday, March 19, 2024 -
  • सन् २०१४ उत्कृष्ट पाँच ह्याचब्याक कार

    टप गियर बेलायतबाट प्रकाशित अटोमोबाइल क्षेत्रको प्रसिद्ध पत्रिका हो । टप गियरले हालै मात्र सन् २०१४ मा सार्वजनिक भएकामध्ये उत्कृष्ट ५ ह्याचब्याक कारको सूची सार्वजनिक गरेको छ । के कस्ता छन् त यस वर्षका उत्कृष्ट हुन सफल कारहरू ?

    बीएमडब्लु एम १३५ आइBMW_135i_by_Cop_creations

    लन्डनको बजार मूल्यअनुसार ३० हजार ८ सय ४५ पाउन्ड रहेको बीएमडब्लु एम १३५ आईको पावर ३ सय १६ बीएचपी रहेको छ । यो कारबाट अधिकतम ५ दशमलव १ सेकन्डको बीचमा शून्यबाट ६२ माइल प्रतिघण्टाको वेगमा शयर गर्न सकिन्छ ।
    यसको अत्यधिक गति १ सय ५५ माइल प्रतिघण्टा हो । यसबाट फ्रन्ट ह्विल ड्राइभ त्यति रोचक हुने छैन । फ्रन्ट ह्विल ड्राइभमा रम्ने ग्राहकका लागि बीएमडब्लु एम १३५ प्रिय लाग्न सक्छ । तर पनि कार अत्यन्तै मेधावी र आक्रामक छ । यो कार ग्राहककोे मन जित्न सफल छ । नयाँ एम १३५ को समग्र विशेषता हेर्दा बीएमडब्लुको यो सवारी पुरानो १ एमकोपभन्दा १० हजार पाउन्ड सस्तो पर्ने टप गियरको दाबी छ । कारलाई बीएमडब्लुले हटेस्ट वान सेरिजमा तयार पारेको थियो । बीएमडब्लुकै भाषामा भन्दा एम १३५ आई एक जादुवाला सवारीसाधन हो, जसबाट ग्राहकले यसको अनौठो जादुमयी सन्तुष्टि पाउनेछन् । पुरानो एम १३५ आई जस्तै नयाँमा पनि डबल टर्बो ३ लिटर क्षमताको इन्जिन भने छैन । नयाँ एम १३५ आई सिंगल टर्बो इन्जिनमा ठाँटिएको छ तर पनि नयाँ एम १३५ आई पुरानो पुस्ताभन्दा निकै आक्रामक पावरको छ । त्यस्तै यात्रीको मनोरञ्जनलाई ध्यानमा राखेर कारकोे आवाजमा केही परिमार्जन गरिएको छ । यस कारको स्टेरिङ निकै प्रभावकारी छ भने कारको कर्नरिङ प्रसंशनीय छ । यसले मध्य रेन्जको पिकअप निकै स्तरीय दिने टप गियरले उल्लेख गरेको छ ।

    फक्सवागन गल्फ आर

    vox

    फक्सवागन गल्फ आरलाई लन्डनमा २९ हजार ९ सय पाउन्ड पर्छ । टप गियरको सूचीमा यो सवारी पहिलो स्थानमा पर्न सफल भएको छ । फक्सवागनले गल्फआरलाई सन् २००२ देखि नै निरन्तर परिमार्जन गर्दै आएको छ । यस वर्ष सार्वजनिक गल्फआर फक्सवागन गल्फ सेरिजको चौथो पुस्ताको ह्याचब्याक हो । २ लिटरको टर्बो इन्जिन भएको कारले २ सय ९७ बीएचपी पावर दिन्छ । जुन गल्फ आरको तेस्रो संस्करण भन्दा २९ बीएचपी बढी हुन आउँछ ।
    गल्फआर स्र्टाट गरेको करिब ५ सेकन्डमै ६२ माइल प्रतिघण्टाको स्पिडमा कुदाउन सकिन्छ । कारको अधिकतम वेग १ सय ५५ माइल प्रतिघण्टा रहेको छ । यो कार फक्सवागनको फोर मोसन फोर ड्राइभ प्रणालीमा चल्ने कार हो ।
    यसमा एमबीक्यू Modular Transverse Matrix  प्लेटफमको च्यासिस प्रयोग गरिएको छ । एमबीक्यू प्लेटफर्ममा कारको अगाडिको च्यासिस डाइगोनल डिजाइनको हुन्छ । जसले कारलाई निकै स्टाइलिस्ट बनाएको छ । ग्राहकले कारलाई अडीको एसथ्री मर्सेडिज बेन्जको ए फोर्टीफाइभ जस्तै सुपर कारको कोटिमा लिएका छन् ।

    रेनाल्ट स्पोर्ट्स मेग्ना २७५ ट्रफी

    RenaultsportMegane275_000000001

    रेनाल्ट स्पोर्ट मेग्ना ट्रफी लन्डनमा २८ हजार ९ सय ३० डलरमा खरिद भइरहेको छ । अधिकतम ५ हजार ५ सय आरपीएममा २ सय ७१ बीपीएच पावर दिने कारको टर्क २ सय ६५ एलबीएफटी रहेको छ । कारले स्टार्ट गरेको अधिकतम ६ सेकेन्डभित्र ६२ माइल प्रतिघण्टाको वेग लिन सक्ने टप गियरले उल्लेख गरेको छ । यो कार निकै आक्रामक कार हो । रेनाल्ट मेग्ना २७५ ट्रफी अधिकतम १ सय ५८ माइल प्रतिघण्टाको वेगमा कुद्न सक्छ । रेनाल्ट मेग्ना २७५ ट्रफीले गत जुनमा मात्र FWD car को रेकर्ड राख्न सफल भएको थियो । जुन बेला कारले लन्डनदेखि ग्रिन हेलसम्मको १२ दशमलव ९ माइल यात्रा ७ मिनेट ५४ सेकेन्डमा पूरा गरेको थियो ।
    टप गियरकै भनाइ सापटी लिँदा यो कार हार्ड कोर्सवाहन हो । यो त्यस्तो कार हो जसको पछाडि विन्ड स्क्रिन छैन भने यसमा सिसा पुच्छ्ने वाइपरसमेत हुँदैन । कारमा सांगीतिक आनन्द लिन रेडियोको व्यवस्था छैन र कारको आवाज पनि महसुस हुने छैन । टप गियरका अनुसार कारको उद्देश्य कारमा शयर हँुदा वास्तविक विश्वको अनभूति गराउनुरहेको छ ।
    रेनाल्ट मेग्ना २ लिटर टर्बो इन्जिनमा उपलब्ध रहेको छ भने यसमा krapovic titanium exhaust  को प्रयोग गरिएको छ जसले सवारीको तौल र आवाज दवैमा कमी आएको छ ।

    फोर्ड फोकस एसटीFord_Focus_III_ST_rear

    फोर्ड फोकस एसटी लन्डनमा २२ हजार २ सय ९५ पाउन्डमा खरिदबिक्री भइरहेको छ । २ सय ५० एलबीएफटी टर्क पावरको कारले स्टार्ट भएको साढे ६ सेकेन्डभित्र ६२ माइल प्रतिघण्टाको पिकअप लिन्छ । कारको अधिकतम वेग भने १ सय ५४ माइल प्रतिघण्टा रहेको छ । यो कार निकै शालिन तर लोकप्रिय सवारी भएको टप गियरको विश्लेषण छ । फोर्ड फोकस एसटी कार तुलनात्मक रूपमा इन्धन मितव्ययी कारका रूपमा चिनिन्छ । यसको फ्युल इकोनोमी ३९ दशमलव २ माइलप्रति ग्यालन रहेको छ । फोर्डले फोकस एसटी कारलाई परिमार्जित संस्करणका रूपमा बजारमा ल्याएको हो । २ सय ५० बीपीएच टर्बो चार्जड इन्जिनमा आएको फोकस एसटी ५ हट ह्याचब्याक कार हो । यो कार सम्झनालायक छ र ग्राहकको मन तान्न पनि सफल भएको छ । यसको अग्र भागको डिजाइनले कारलाई अझ स्टाइलिस्ट र स्पोर्टी लुक्स दिएको देखिन्छ ।
    २ लिटर ४ सिलिन्डर इन्जिनको यस सवारीले अघिल्लो पुस्ताभन्दा इन्जिन सिलिन्डर गुमाएको छ । तर पनि फोर्ड फोकस एसटी निकै सानदार सेवा पस्किने सवारीको रूपमा चिनिन्छ । फोर्ड फोकसको सबैभन्दा सुन्दर पक्ष भनेको यसको आवाज हो । पहिला ेफोकसभन्दा केही परिमार्जन भएको यस सवारीको ध्वनिबाट एक भिन्न आवाज चयचतथ ाष्खभ(उयत सुनिन्छ जुन निकै प्रिय मानिन्छ ।

    सिट लियोन कुप्रा (Leon Cupra 280)cupra_11

    बेलायती बजारमा २७ हजार २ सय १० पाउन्ड पर्ने यो कारको अधिकतम स्पिड १ सय ५५ माइल प्रतिघण्टा रहेको छ । यो कार स्टार्ट भएको ५ दशमलव ७ सेकेन्डमै अधिकतम ६२ माइल प्रतिघण्टाको वेगमा हँुइक्याउन सकिन्छ ।
    कारको अधिकतम पावर २ सय ७६ बीपीएच रहेको छ भने यसको इन्जिन निकै बलियो छ । टप वाक (तयउ(धजबअप०भर्सनको इन्जिन प्रयोग भएको लियोन कुप्रामा २ लिटर टर्बो चार्जड पेट्रोल इन्जिनमा आएको हो । यो कारको प्रस्तुति गल्फ जीटीआईभन्दा निकै पावरफुल छ । यसको टर्कपावर २ सय ५८ एलबीएफटी रहेको छ । कारमा अप्सनल डीएसजी गियरबक्स पनि रहेको छ । यो कारले १५ सय आरपीएम टर्कमै अधिकतम पावरमा कुद्छ ।