CanadaKhabar.com

Friday, March 29, 2024 -
  • स्वचालित गियर सहितको सुजुकी गाडी

    नेपाली अटोबजारमा सुजुकी निकै परिचित र सर्वाधिक सफल ब्रान्डका रूपमा चिनिन्छ । सुजुकीका सवारी मितव्ययी र किफायती भएकाले ग्राहकको आकर्षणमा पर्न सफल भएका हुन् । बिक्रीका हिसाबले सवैभन्दा अगाडि रहँदै आएका यी सवारीले नेपालमा मितव्ययी र किफायती ब्रान्डको समेत पहिचान बनाउन सफल भएको छ । सुजुकीका प्रायः सवारी साना र आकर्षक डिजाइनमा उपलब्ध छन् । यी सवारी नेपालको भूगोल सुहाउँदो समेत मानिन्छन् । स्पयेर पाटर््सको सहज उपलब्धता र मर्मतसम्भार खर्च कम हुनुका साथसाथै माइलेजका हिसाबले पनि सुजुकी लोकप्रिय बन्दै गएको छ । पछिल्लो समय सुजुकीले नयाँ प्रविधिलाई समेत आत्मसात् गर्दै लगेको छ ।

    यसको ज्वलन्त उदाहरण बनेर आएको छ अटोमेटिक गियरको सुजुकी सिलेरियो । भारतइी बजारमा हंगामा मच्चाउन सफल सिलेरियोले नेपाली अटोबजारलाई समेत गरमागरम बनाउँदै लगेको छ । नेपाली सडकमा पहिलोपटक अटोमेटिक गियरयुक्त सवारी चलाउने अवसर जुराइदिएको छ सुजुकी सिलेरियोेले । यो अवसरको सदुपयोग गर्न सुजुकी पारखीमात्र लालायीत छैनन् अन्य ब्रान्डका सवारी प्रयोगकर्तासमेत उत्सुक बनेका छन् । suzuki selerio (2)
    नेपाली अटोबजारमा पहिलोपटक अटोमेटिक गियरयुक्त सवारीको आगमनसँगै विभिन्न किसिमका टीकाटिप्पणीसमेत शुरू भएको छ । भारतइी बजारमा समेत लोकप्रिय बन्दै गएको यो सवारीले नेपालमा भने के गर्ला ? उत्तरका लागि केही समय कुर्नैपर्ने हुन्छ । तर ग्राहकको आकर्षण र कम्पनीको प्रतिक्रियालाई आधार मान्ने हो भने यसले अटोबजारलाई तताउने निश्चितप्राय छ । भर्खरै सम्पन्न अटो शोमार्फत सार्वजनिक भएको यो सवारी मेलाकै प्रमुख आकर्षण बनेको थियो । पाँचदिने मेलामा कम्पनीले १ सय बढी बुकिङ लिन सफल भएको बताइन्छ । सिलेरियोबारे चर्चा भइरहेको अवस्थामा हामीले यसको टेस्टड्राइभ सम्पन्न गरेका छौं ।
    करिब ३ घण्टाको टेस्टड्राइभका क्रममा हामीले यसलाई विभिन्न मोडमा ड्राइभ गरेका थियांै । सवारी चलाउँदा क्लच थिच्नुपर्ने र गियर लिनुपर्ने झन्झटबाट छुटकारा दिलाएको छ सुजुकी सिलेरियोेले । अटोमेटिक र म्यानुअल दुवै अप्सन आवश्यकताअनुसार प्रयोग गर्न मिल्ने सिलेरियोे इजी ड्राइभका लागि उत्तम सावित भएको छ । आफ्नो सहजता र आवश्यकताअनुरूप म्यानुल अर्थात् अटोमेटिकमध्ये कुनै एक मोडमा चलाउन सकिन्छ सिलेरियोेलाई । suzuki selerio (1)
    त्यसो त अटोमेटिक गियरमा चलाइरहेको अवस्थामा पनि सजिलै म्यानुअल मोडमा कन्भर्ट गर्न सकिने सुविधा छ यसमा । अटोमेटिक ड्राइभका लागि पहिले डी बटन सेलेक्ट गर्नुपर्छ । यसमा अटोमेटिक गियरबक्स टर्क कन्भर्टरका रूपमा प्रयोग गरिएको छैन । बरु इलेक्ट्रिक कन्ट्रोल युनिटको व्यवस्था गरिएको छ । यसले हाइड्रोलिक एक्सिलेटरको नियन्त्रण गर्न र गियर सिफ्ट गर्दा क्लचको व्यवस्थापन गरिदिन्छ ।
    ट्राफिक जाम भएको अवस्थामा पनि यसको प्रस्तुति निकै राम्रो पायौं । लामो ट्राफिक जाममा पनि गियर निकै चुस्त रूपमा सिफ्ट भएको र यात्रुलाई आनन्ददायी यात्रा पस्कन सिलेरियोे गर्नुको पछाडि इन्धन मितव्ययीता अपनाउनु थियो । जुन म्यानुअलभन्दा कुनै पनि हिसाबले इन्धन किफायती हुन सकेन । यसले जुनसुकै गियर मोडमा चलाउँदा पनि २३ किलोमिटर प्रतिलिटर माइलेज दिने बताइन्छ ।
    सिलेरियोमा अटोमेटिक गियरबाहेक खासै नयाँपन केही छैन । बाहिरबाट हेर्दा भित्री स्पेस फराकिलो हुने अनुमान गरिए पनि वास्तविकता अर्कै छ । यसको क्याबिन तथा ड्यासबोर्ड भने केही सुधारिएको छ । ड्यासबोर्ड यु आकारको कन्सोल डिजाइनमा आधारित छ । कन्सोलभित्रको अडियो सिस्टम, एसी र केही उचाइसम्म उठेको गियर लिभरले आन्तरिक सज्जामा केही निखार ल्याएको छ । क्याबिन निकै सफाचट र राम्रोसँग फिट भएको देखिन्छ । तुलनात्मक रूपमा यसको हाइट भने केही अग्लो छ । त्यस्तै सिट पनि आरामदायी छन् । सिटहरू निकै स्लिम देखिन्छन् । suzuki selerio (3)
    १ हजार सीसी क्षमताको सिलेरियोेमा थ्री सिलिन्डर इन्जिन रहेको छ । यसले ६ हजार आरपीएममा अधिकतम ६८ बीएचपी पावर दिन्छ । त्यस्तै ३ हजार ५ सय आरपीएममा यसको अधिकतम टर्क ९० एनएम रहेको छ । फ्रन्ट ह्विल ड्राइभ टाइपको यो सवारीमा ४ दशमलव ७ मिटरको न्यूनतम टर्निङ रेडियस रहेको छ । इन्जिन क्षमताको आधारमा सुजुकी सेलिरियोको प्रस्तुति उत्कृष्ट नै देखिन्छ । यो सवारीमा के सिरिज इन्जिन प्रयोग भएको छ । सवारी स्टार्ट गरेको १५ सेकेन्डमै यसले शून्यदेखि १ सय किलोमिटर प्रतिघण्टाको वेग दिन सक्छ । ५ स्पिड गियरबक्सको यो गाडी अल्टो के टेन र वागन आरभन्दा करिब ३ दशमलव ५ केजी हलुका छ ।
    अटो सिफ्ट गियर, के नेक्स्ट इन्जिन विथ ड्राइभ वाई वायर, एक्सपान डिजाइन, कर्भ इन कर्भ आउट स्टाइल र ब्लुतुथ कनेक्टिभिटी तथा स्टेरिङबाटै फोन र अडियो कन्ट्रोल गर्न सकिनेजस्ता फिचरले सिलेरियोेलाई यो सेग्मेन्टमै अब्बल दर्ज गराएको छ । विभिन्न ७ रङमा उपलब्ध सेलिरियोको मूल्य १९ लाख ९९ हजारदेखि शुरू हुने बताइएको छ । कम्पनीले यसमा १ लाखको नगद छुट र स्क्र्याच कार्डमार्फत ५० हजारसम्म नगद उपहार पाउने व्यवस्था मिलाएको छ ।

    • (अटोन्युजनेपाल डेस्क )