CanadaKhabar.com

Thursday, April 18, 2024 -
  • बीएमडब्लुको रोचक लेजर हेडलाइट

    bmwheadlights autonewsnepalसबैलाई थाहा छ पछिल्लो समय हाइब्रिड सवारीको उत्पादन बढ्दै गएको छ । तर बीएमडब्लुले त्यस्तो हाइब्रिड सवारी बनाएको छ जसको हेडलाइट नै निकै रोचक, आकर्षक र विवादित बनेको छ । यो हेडलाइट इनर्जी इकोनोमी, क्रेजी र कुल भएको कम्पनीको दाबी छ । तर त्योभन्दा पनि रोचक कुरा कम्पनीले यस्तो दाबी गरेको सवारीको हेडलाइटलाई सरकारले प्रयोगमा प्रतिबन्ध नै गरेको छ । संयुक्तराज्य अमेरिकाले बीएमडब्लुको आईएट हाइब्रिड कारको यो हेडलाइटलाई नै गैरकानुनी
    भनिदिएको छ ।
    बीएमडब्लु भने राज्यको यो दाबीसँग सहमत छैन । उसले बीएमडब्लुको हेडलाइट एलईडी लाइटभन्दा पनि प्रभावकारी तथा मितव्ययी भएको दाबी गरिरहेको छ । कम्पनी र राज्यको बीचमा यो किचलो आउनुमा यो सवारीको हेडलाइटको
    चमक देखिन्छ ।
    केही समय पछाडि अर्को नामी सवारी उत्पादकले समेत लेजर हेडलाइट जडित कार ल्याउने बताइरहँदा अमेरिकी सरकार भने यसलाई गैरकानुनी भनिरहेको छ ।
    बीएमडब्लुका अनुसार लेजर लाइटले सामान्य लाइटभन्दा ३० प्रतिशत बढी उज्यालो दिन्छ । यसको उज्यालो २ हजार फिटसम्म पुग्ने दाबी छ । त्यसैले अमेरिकाले कंग्रेस म्यानलाई नियम परिर्वतका लागि इमेल पठाइरहेका छन् । अमेरिकी अटोमोबाइल पारखीले नारा नै बनाएका छन्– ‘कृपया तपार्इं कम्प्युटरको अगाडि जानोस् र आफ्नो कंग्रेस म्यानलाई इमेल पठाउनुहोस् । लेजर हेडलाइटविरुद्धको स्टुपिड कानुन
    परिवर्तन गरौं ।’