CanadaKhabar.com

Thursday, April 25, 2024 -
  • दश उत्कृष्ट इन्जिनहरु

    autonewsnepal enविश्वका १० उत्कृष्ट इन्जिनको सूचीमा ३ वटा डिजेल, एउटा सानो ३ सिलिन्डर टर्बो र अर्को इलेक्ट्रिक इन्जिन पर्न सफल भएका छन् । यसले विश्व अर्थतन्त्रमा ऊर्जा मितव्यीताको वास्तविक महत्व पेस गरेको छ । यसले सवारी निर्माता कम्पनीलाई समेत नयाँ विकल्प अँगाल्न दबाब सिर्जना गरेको देखिन्छ ।
    वार्डस इडिटर्सको उत्कृष्ट इन्जिन छनोटको बीसौं संस्करणले विश्वका १० उत्कृष्ट अटोमोबाइल इन्जिन छनोट गरेको हो । यसबाट बजारमा आएका आधुनिक तथा मूल्य उपयोगी इन्जिनलाई आत्मसात् गर्नु यस व्यवसायका लागि ठूलो उपलब्धि भएको सम्बद्ध व्यवसायी बताउँछन् । नयाँ विश्वस्तरीय प्रविधि तथा विद्युतीय इन्जिन प्रणालीमा अति न्यून सवारी छन् तर यस्ता प्रणालीका सवारीले अटोमोबाइल बिक्रीमा ठूलो प्रभाव पार्ने प्रमाणित गरेका छन् । उत्कृष्ट १० मा पर्न सफल इन्जिनमध्ये ७ इन्जिनले डाइरेक्ट फ्युल इन्जेक्सन प्रविधि आत्मसात् गरेका छन् । यस प्रतियोगितामा विभिन्न प्रविधि तथा विधिका ४४ इन्जिनमध्येबाट १० उत्कृष्ट इन्जिन छनोट गरिएको हो ।
    छनोट चरणमा सामेल हुने इन्जिनका सवारी सन् २०१४ को पहिलो चौमासिक अवधिभित्र सार्वजनिक गरिसक्नुपर्ने आयोजक वार्डस इडिटर्सले राखेको थियो । त्यस्तै सामेल इन्जिनयुक्त सवारीको मूल्य ६० हजार अमेरिकी डलर पु¥याइएको छ । यो मूल्य गत वर्ष ५५ हजार अमेरिकी डलर रहेको थियो । विगतका वर्षमा भन्दा यस वर्षको प्रतियोगिता केही रोचक बन्न पुगेको थियो । प्रायः उत्कृष्ट इन्जिनमा दरिएका सवारीहरू अमेरिकी सडकमा बढी गुडेका परे । यस वर्ष जम्मा दुई इन्जिनले मात्र उत्कृष्ट सूचीमा आफूलाई निरन्तरता दिन सके । यी दुई सफल इन्जिनमध्ये एक होन्डाको ३ दशमलव ५ लिटर क्षमताको भी ६ तथा मर्सिडिज अडीको ३ लिटर क्षमताको सुपरचार्जड भी ६ इन्जिन रहेका छन् ।
    विश्वप्रसिद्ध सवारी ब्रान्ड फोर्ड पहिलोपटक उत्कृष्ट १० इन्जिनमा पर्न सफल भएको छ । फोर्डको इकोस्पोर्टमा प्रयोग भएको इकोबुस्ट इन्जिन यो सूचीमा परेको हो । यसमा भएको इकोबुस्ट टर्बोचार्जरले पेट्रोल इन्जिनमा सीधै इन्जिेक्ट गर्न सक्छ । यसले गर्दा अन्य इन्जिनभन्दा इकोस्पोर्टको इन्जिन २० प्रतिशत मूल्य तथा वातावरण मितव्ययी छ । यी इन्जिनका साथै होन्डा, सेभरलेट र फक्सवागनलगायत ब्रान्डका इन्जिनसमेत उत्कृष्ट १० इन्जिनभित्र पर्न सफल भएका छन् ।