CanadaKhabar.com

Thursday, April 18, 2024 -
  • बटनको भरमा चल्छ गुगल कार

    इन्टरनेट चलाउनु हुन्छ भने गुगल त पक्कै चलाउनु हुन्छ होला । तपाइँलाई थाहा नहुन सक्छ गुगल केवल चर्चित इन्टरनेट सर्च इन्जिन मात्र होइन । यो त प्रविधी कम्पनी हो । गुगलले विभिन्न किसिमका प्रविधियुक्त चस्मा देखि कार र मानवरहित विमान (ड्रोन) समेत बनाइसकेको छ । यसै क्रममा सर्च इन्जिन गुगलले पछिल्लो पटक अनौठो कार लञ्च गरेको छ । यो कार गुगलको प्रविधी विकाशमा मात्र नभएर बैज्ञानिक अन्वेषणमा नै उत्कृष्ठ मानिएको छ । यो कारले सूचना प्रविधीले कुन हद सम्म फड्को मारिसकेको छ भन्ने नमूना प्रस्तुत गर्छ ।

    स्टेरिङ र ब्रेक छैन बटनबाटै चल्छ

    गुगलले लञ्च गरेको अत्याधुनिक कारमा सामान्य कारमा जस्तो दिशा निर्धारण गर्ने स्टेरिङ छैन । त्यतिमात्र होइन यसमा ब्रेक समेत छैन । यसमा केवल एउटा बटन छ जसले सबै कुरा नियन्त्रण गर्न सक्छ । रमाइलो कुरा त गुगल कार चलाउन ड्राइभर चाहिँदैन । यो पुरै रिमोट बटनबाट नियन्त्रण हुन सक्छ । विश्वभरीको बजारमा यो कार आउन त अझै समय लाग्ने छ तर अमेरिकाका ४ राज्यमा भने यो प्रयोगमा आइसकेको छ । सन् २०१५ को अन्त्य सम्ममा गुगलको यो अत्याधुनिक कार कम्तिमा २०० को संख्यामा सडकमा आइसक्ने गुगलका अधिकारीहरुले बताएका छन् । अहिले अमेरिकाका ४ राज्यमा यस्को अन्तिम टेष्ट भैरहेको छ । टेष्टका लागि केही संख्यामा गुगले कार सडकमा हालिसकेको छ । यो कारमा २ जना सम्म बस्न मिल्छ । यो अधिकतम ४० किलोमिटर प्रतिघण्टाको गतिमा दौडिन सक्छ । यो चिल्ला सडक भएका ब्यवस्थित शहरमा मात्र चलाउन सकिन्छ । नेपालका कुनै पनि सडकमा गुगल कारका लागि उपयुक्त देखिँदैन । गत वर्ष नै यो कारले विना दुर्घटना ७ लाख किलोमटिर परीक्षण यात्रा गरिसकेको छ ।
    stree_view_paramythia_car

    ३६० डिग्री घुमेर ६०० फिटको थ्रीडी तस्विर

    गुगल कारको सबै भन्दा अपत्यारिलो विशेषता भनेको यस्को घुम्न सक्ने क्षमता हो । यो कार ३६० डिग्री घुम्न सक्छ र ६०० फिट सम्मको थ्रीडी (3D) तस्विर खिच्न सक्छ । रमाइलो कुरा त सडकमा यो कारले ६०० फिटको दायरमा बाटो खोज्न सक्छ र दिशा पनि परिवर्तन गर्न सक्छ । कारमा रहेको सेन्सरले ३६० डिग्री घुमेर ६०० फिट समेको थ्रीडी तस्विर खिच्ने क्षमता राख्छ ।google car 1

    कारको गति र स्थान भनिदिने राडार क्यामेरा

    गुगल कार अनौठा अनौठा विशेषताले भरिपूर्ण छ । यसमा भएका विशेषता अत्याधुनिक प्रविधिमा आधारित छन् । यो कारमा रहेको राडार र भिडियो क्यामेराले सडकमा गुडिरहेका सवारीको गति कति छ भनेर यसले सजिलै बताइदिन सक्छ । यसमा रहेको व्हिल सेन्सरले त कुन कार कुन स्थानमा छ भनेर समेत जानकारी दिने क्षमता राख्न सक्छ ।

    google car

    दुर्घटना हुँदैन

    गुगल कार अत्याधुनिक प्रविधियुक्त मात्र छैन यो सुरक्षित पनि छ । कार सडक दुर्घटनामा नपरोस भनेर गुगलले सबै सावधानी अपनाएको छ । कारको अगाडीको भागमा निक्कै कोमल फोम राखिएको छ ता कि यो दुर्घटनामा पर्ने खतरा नहोस । त्यसकारण यो कार सडकमा गुड्दा कतै ठोक्किइहाले पनि यसले कुनै दुर्घटना गराउँदैन । यो कारलाई बनाउन करोडौं खर्च भएको गुगलले जनाएको छ । यो कार सर्वसाधारणलाई नभएर कार निर्माता कम्पनी वा अन्य प्रविधी कम्पनीलाई बेच्ने योजना गुगलको छ । गुगल ग्लासलाई सफल परीक्षण गरिसकेको गुगलले विश्वका इन्टरनेट नभएका क्षेत्रमा समेत इन्टरनेट वितरण गर्नका लागि गुगल ड्रोन पनि बनाइसकेको छ । गुगलको ड्रोन सफल भएमा विश्वका कुनै पनि स्थान इन्टरनेट विहिन रहनेछैनन् ।

    एजेन्सीको सहयोगमा ।