CanadaKhabar.com

Friday, March 29, 2024 -
  • अव कारमा प्लाष्टिकले बनेको इन्जिन

    जर्मनीका शोधकर्ताहरुले इन्धनको खपत गर्न र कारको तौल पनि कम गर्न संसारमै पहिलो पटक प्लाष्टिकले बनेको इन्जिनको मोडल तयार गरेका छन् । उनीहरुले पहिलो पटक प्लाष्टिक इन्जिनको प्रोटोटाइप मोडल तयार गरेको जानकारी दिएका छन् ।

    सवारी साधनलाई हल्का बनाउनका लागि बैज्ञानिकहरुले यस्तो इन्जिनको मोडल बनाएका हुन् । यो मोडल अनुसार गाडीको इन्जिनमा एल्म्युनियमको सट्टा फाइवर प्लाष्टिक प्रयोग गरिनेछ ।
    जर्मनीको Fraunhofer Institute for Chemical Technology (ICT) का शोधकर्ताको एक समूहले नयाँ इन्जिनको प्रयोगात्मक मोडल विकशित गरेका हुन् ।

    प्लाष्टिकको इन्जिनले कारको वजन २० प्रतिशत सम्म घटाउन मद्दत गर्नेछ । यस्ता मोटर पार्ट्स ठूलो संख्यामा उत्पादन गर्नका लागि पनि उपयुक्त हुने शोधर्कताहरुको दावी छ ।

    अहिले सम्म सबै कार कम्पनीहरुले सिलेण्डर ब्लककोरुपमा इन्जिनको भार कम गर्न एल्मुनियमको प्रयोग गर्दै आएका छन् । तर शोधकर्ताहरुले भविष्यका कारमा वजन कम गर्नका लागि सिलेण्डर ब्लक डिजाइनमा फाइबर प्लाष्टिक प्रयोग गर्न सकिने छ ।Fraunhofer ICT (1)

    हल्का तर महंगो विकल्प

    यो परियोजनाका प्रमुख डा लर्स-फेड्रिक बर्गले भने ‘हामीले सिङ्गल सिलेण्डर अनुसन्धान इन्जिनका लागि फाइबर प्लाष्टिक प्रयोग गरेका छौं, यसले सिलेण्डर आल्मुनियमको तुलनामा कारको तौल २० प्रतिशत सम्म घटाउन सक्छ’ ।

    कारमा सबै भन्दा बढी भार पर्ने र तापक्रम उत्पन्न हुने स्थानमा भने धातुको प्रयोग गरिएको उनको भनाइ छ ।

    कार निर्माताहरुले हल्का विकल्पकोरुपमा कार्बन फाइबर प्रयोग गर्ने गरेका छन् । अव कार निर्माताहरुसँग २ विकल्प हुनेछ मूल्य कम गर्ने कि तौल ।plastic engine car (1)