CanadaKhabar.com

Thursday, March 28, 2024 -
  • अमेरिकाका सञ्चारकर्मी खरेल नेपाल पर्यटन बोर्डको जनसम्पर्क प्रतिनिधि

    विजय थापा
    वाशिंगटन डिसी ।

    पर्यटनको विकाश एवम प्रवर्द्धनका लागि सम्पूर्ण अमेरिकाको लागि संचारकर्मी तथा गैर आवासीय नेपाली संघका पूर्व सल्लाहकार राम चन्द्र खरेललाई नेपाल पर्यटन बोर्डले पुन जन सम्पर्क प्रतिनिधि पदमा नियुक्त गरेको छ ।

    नेपाल पर्यटन बोर्डका दिपक राज जोशी बाट हस्ताक्षरित नियुक्त पत्रमा खरेललाई जुलाई ११ ,२०१६ तारिख देखि लागु हुने गरि जुलाई १० ,२०१८ सम्मको लागि पुन २ बर्षको लागि नियुक्त गरेको छ l

    ram-chandra-kharelनेपाल पर्यटन बोर्डले उनलाई सोहि पदमा दुई बर्ष अगाडि नियुक्त गरेको भएता पनि उनले बिगतमा पर्यटनको विकास र प्रबर्द्धन गर्न अहम भूमिका निर्वाह गरेको कारण दुई बर्षको लागि पुन थप गरेको छ l

    हालसालै नेपाल पर्यटन बोर्डले अमेरिकामा आधा दर्जन भन्दा ज्यादा अवैतनिक मानार्थ नियुक्ति बिभिन्न राज्यहरुका प्रतिष्ठित व्यक्तिहरुलाई नियुक्त गरेको थियो ।

    नियुक्त भएका सबै अवैतनिक मानार्थ दुतलाई बिशेष क्षेत्रको लागि भनि तोकेको भएता पनि खरेललाई अमेरिकाको लागि भनि पत्रमा तोकेको छ l पुर्खौली घर झापा भएका खरेल अमेरिकामा दुई दशक भन्दा ज्यादा समय देखि डिसी महानगर क्षेत्र को भर्जिनियामा परिवार सहित बसोबास गर्छन ।

    खरेलले नेपाललाई बिश्वमा चिनाउन दूरदर्शन (टेलिभिजन)को ईतिहासमा मुलुक बाहिर सर्बप्रथम सगरमाथाटिभी युएसए स्थापना गरेका हुन् ।  र बिगत दुई दशक देखि उक्त संचार माध्यम बाट अमेरिकामा रहेका नेपाली समुदायका गतिबिधि ,कार्यक्रम ,उपलब्धि आदी इत्यादी दर्शक माँझ पुर्याई समाज सेवा गरि रहेका छन् l

    नेपाल पर्यटन बर्ष २०११ सुरु हुनु अगाडी देखि नै उनले २०१० मा नेपाल दर्शन टेलिभिजन को शुभारम्भ गरि निरन्तर नेपाललाई बिश्व सामु व्यापक रुपमा प्रचार तथा प्रसार गरि रहेका छन् l खरेलले भने नेपाल दर्शन टेलिभिजनले ब्यबसाय र बिज्ञापन नगरी केवल बिसुद्ध नेपाललाई प्रबर्धन गर्ने उद्देस्यले खोलिएको बताए l

    संचार कर्मी ,समाज सेवी तथा ब्यबसायी खरेल नेपाली समुदाय तथा बिभिन्न संघ तथा संस्थामा निकै क्रियाशील छन् l खरेललाई पुन सोहि पदमा अमेरिकाको लागि पर्यटन बोर्डले नियुक्त गरे पछि पर्यटन बोर्डलाई कृतज्ञता ज्ञापन गर्दै पुन नियुक्तिले अझ केहि काम गर्नु पर्ने जिम्मेबारी बढेको बताए । पर्यटन बोर्डले आफुलाई विश्वास गर्दै अमेरिकाको लागि जिम्मेबार दिएकोमा आफु एक संचार कर्मी पनि भएकोले आफुले मातृभूमि प्रति गर्नु पर्ने कार्य प्रति ईमान्दारिताको साथ सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

    खरेल गैर आवासीय नेपाली संघको स्थापना काल देखि नै सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् भने डिसी महानगरमा उनको आफ्नो ईमेज एभी इन्क प्रो नामक प्रतिष्ठान ,सगरमाथा टिभी युएसए ,नेपाल दर्शन टेलिभिजनका समेत संस्थापक प्रमुख कार्यकारी अधिकृत (सीईओ )पनि हुन् l

    उनि अमेरिकाका अधिकांस सामाजिक संस्था तथा गैर आवासीय नेपाली संघ बाट पटक पटक दर्जनौ पुरस्कार बाट सम्मानित भै सकेका छन् l गैर आवासीय नेपाली संघमा अमेरिकामा सन् २००५ देखि नै विभिन्न् पदमा बसी काम गरेको उनि संग अनुभव छ l