CanadaKhabar.com

Friday, April 19, 2024 -
  • राष्ट्रिय एकता दिवसको अबसरमा क्यानाडामा कार्यक्रम हुने

    क्यानाडाखबर संबाददाता ।
    राष्ट्रिय एकता दिवसको अबसरमा क्यानाडामा पनि एक कार्यक्रम हुने भएको छ । २९५ औं राष्ट्रिय एकता दिवस को अबसरमा नेपालीहरु बिच एकता,मेलमिलाप र सद्भभाब कायम गर्न यस्तो कार्यक्रम आयोजना गर्ने तयारी गरिएको एकता दिवस कार्यक्रमका संयोजक अभिमन्यु बस्नेतले बताए ।

     

    ईतिहास रच्ने पुर्खाहरुलाई स्मरण गर्दै अब हरेक बर्ष क्यानाडामा एकता दिवस मनाइने उनको जिकिर छ ।

    कार्यक्रममा राष्ट्रियता,नेपाल ईतिहास र अहिलेको रानैतीक संकटका विषयमा उपस्थित सहभागीले आफ्ना विचार राख्न सक्नेछन् ।

    कार्यक्रम यही जनवरी ११,   बेलुकी ७ बेलुकी बजे ब्राम्टोनको क्यानेडी रोड स्थित एभरेष्ट तेक्वान्दो हलमा हुनेछ ।

    हाम्रो भन्नु,
    तत्कालिन गोर्खाली राजा पृथ्वी नारायण शाहले छरिएर रहेका बाइसे-चौबिसे राज्यलाई एउटै राज्यमा गाबेर एकिकरण गरी सिङ्गो नेपाल   बनाएका   थिए । उनको यो अथक योगदानको स्मरण गर्दै नेपालमा बिभिन्न कार्यक्रम आयोजना गरिदै आए पनि पछील्लो समय राजनैतीक परिधी बदलिए संगै उनको स्मरण पातलिदै गएको छ । सांच्चै राष्ट्रप्रेमीहरुले ईतिहास रच्ने पुर्खाहरु कदापी भुल्ने छैन ।