CanadaKhabar.com

Tuesday, April 23, 2024 -
  • साप्ताहिक राशिफल !

    मिति २०७३ साल फागुन ०१ गते आइतबार देखि फागुन ०७ गते शनिबार सम्मको साप्ताहिक राशिफल  :

    युवा ज्योतिषी ऋषि राज घिमिरे

    मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ):-

    तपाइको मनमा बसेको मान्छे बाट प्रेम प्रस्ताव आउने समय छ । परीक्षार्थीको लागी समय उत्तम छ । सन्तान प्राप्तिको योग रहेको छ । होटल व्यवशाय बाट लाभ प्राप्ति हुनेछ । तरल वस्तुको व्यापारले तपाईलाई लाभ हुनेछ । तपाइको पढाइको चौतर्फी प्रसंसा हुने समय छ । सत्रुले पनि तपाइको प्रसंसा गर्ने छन्  । तपाइको बोलीको प्रसंसा बढेर जानेछ । फलफूल तथा खेतीपाती बाट प्रसस्त लाभ हुनेछ । घरमा मांगलिक कार्य हुने समय छ । पारिवारिक सम्बन्ध सुधार हुनेछ । पत्नीको सल्लाह बाट गरेको काम बाट तपाइले सफलता लिन सक्नुहुनेछ । जोड्निको समस्याले सताउन सक्छ । स्त्रीको तल्लो पेटको समस्याले सताउन सक्छ । लामो दुरीको रमाइलो यात्रा हुने योग छ ।

     वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो):-

    पारिवारको लागि अधिकांस समय छुट्याउनु पर्ने हुनसक्छ । स्त्रीको सहयोग बाट गरेको कामले तपाईलाई फाइदा हुनेछ । दुध तथा दूधजन्य बस्तुको कारोबार बाट प्रसस्त लाभ हुनेछ । मेनपावर तथा कन्सल्टेन्सी बाट फाइदा हुनेछ । फलफूल तथा तरकारी खेति बाट लाभ हुनेछ । पढाइ सामान्य नै रहनेछ । चौरी तथा भेडाको व्यवशाय बाट फाइदा हुनेछ । सामाजिक काममा ठुलो भूमिका रहने समय छ । विज्ञानको क्षेत्रमा तपाइको महत्वपुर्ण भूमिका रहला । निजि क्षेत्रमा लगानी बढाउनु उपयुक्त हुनेछ । फलामको कारोबारले लाभ हुनेछ । कुखुरा तथा माछा पालन बाट लाभ हुनेछ । सत्रुले केहि अफ्ठ्यारो पार्न खोजे पनि असफल हुनेछन । बैदेशिक क्षेत्रको यात्रा सुखमय रहला । शिक्षा क्षेत्रमा लगानी गर्न समय उत्तम छ ।

     मिथुन (क,कि,कु,घ,ङ,छ,के,को ,ह ) :-

    पराक्रम वृद्दि भएर जानेछ । साथीभाई तथा इस्टमित्र बाट प्रसस्तै सहयोग मिल्नेछ । नोकरचाकर बाट ठुलो सहयोग मिल्नेछ । बैंकिंग कारोबार बाट लाभ लिने समय छ । चित्रकारको लागी समय उत्तम छ । घरमा मांगलिक कार्य हुनेछ । प्लम्बरको लागी समय लाभदायक रहेको छ । विलासिताको बस्तुको कारोबार बाट मनग्य फाइदा हुनेछ । राज्य बाट सहयोग प्राप्त हुनेछ । झ्याल तथा ढोकाको कारोबार बाट लाभ प्राप्त हुनेछ । जग्गा जमिनको कारोबार बाट सोचे अनुरुप नै लाभ हुनेछ । पढाइ प्रति रुची बढेर जानेछ । सामुद्रिक यात्रामा रमाइलो पल बित्नेछ । कपडा पसलबाट लाभ हुने समय आएको छ । बिपरित लिंगी प्रति आकर्षण बढेर जाने समय छ । पुरानो ऋणले केहि सताउन सक्नेछ ।

    कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) :-

    बोलीमा मिठासपन बृद्दी भएर जानेछ । मिस्ठान्न खानपिनमा सहभागी हुने समय आएको छ । पुरानो ( गुमेको ) धन फर्केर आउनेछ । घरेलु उद्योग बाट प्रसस्तै लाभ भएता पनि ठुलो उद्योग बाट भने सामान्य मात्रै फाइदा होला । तपाइको मानासम्मानामा वृद्दि भएर जानेछ । धार्मिक तथा रमाइलो यात्रा होला । मित्र भेटले मन फुरुंग हुनेछ । बैदेशिक यात्रा लाभदायक रहनेछ । तरल पदार्थको कारोबारले मनग्य लाभ हुनेछ । दाजुभाइको सहयोग बाट गरेको कामले सफलता पाउनेछ । तपाइले गएको गानाको चौतर्फी प्रसंसा हुनेछ । डलरको कारोबारले तपाईलाई फाइदा हुनेछ । राजनीति क्षेत्रमा तपाइको बलियो पकड बन्नेछ । प्रेमी-प्रेमिकाको लागी समय उत्तम छ । रुघाखोकीले सताउन सक्छ ।

     सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) :-

    नया कामको सुरुवात गर्नको लागी उत्तम समय आएको छ । नया गहना खरिद गर्नको लागी समय उत्तम छ । तपाइको कामको चौतर्फी प्रसंसा हुनेछ । नया मित्र बाट पनि प्रसस्तै सहयोग मिल्नेछ । काष्ठ तथा फर्नेचर बाट मनग्य लाभ हुनेछ । माछा पालन बाट लाभ हुनेछ । बन्धुबान्धवको सहयोग प्रसस्तै मिल्नेछ । लेखकको लागी समय उत्तम छ । शिक्षा क्षेत्रमा राम्रो प्रगति हुनेछ । वकिल तथा शिक्षकको लागी समय उत्तम छ । सन्तान सुखमा वृद्दि हुनेछ । अपरिचित व्यक्ति बाट प्रेम प्रस्ताव आउनेछ । दाम्पत्य जीवनमा सुख छाउनेछ । ठोस बस्तुको कारोबार बाट फाइदा हुनेछ । इलेक्ट्रोनिक वस्तुको कारोबार बाट लाभ हुनेछ । फोटो ग्राफरको लागी समय उत्तम छ । फ्लिमी क्षेत्रमा समय उत्तम छ ।

    कन्या (टो,प,पि,पू,ष,ण,ठ,पे,पो) :-

    अनावस्यक खर्चमा वृद्दि भएर जानेछ । मुद्दामामलामा जित हुन अफ्ठ्यारो पर्ने समय छ । टाउकोको समस्याले सताउन सक्ने समय रहेको छ । पति-पत्नीको सहयोग बाट गरेको कामले तपाइको सफलता मिल्नेछ । साथीभाईको सहयोगबाट मनग्य लाभ हुनेछ । मानसम्मानमा वृद्दि भएर जानेछ । मावलीको पक्षको पनि सार्है ठुलो सहयोग मिल्नेछ । उद्योग क्षेत्रबाट लाभ हुनेछ । छोटो दुरीको रमाइलो यात्रा हुनेछ । प्रेम प्रस्ताव आउन सक्ने समय छ । पारिवारिक समस्या हल भएर जानेछ । विद्यामा रुची बढेर जानेछ । बोलीमा मिठासपन थपिएर जानेछ । डाक्टरको लागि समय उत्तम छ । घर तथा गाडीको कारोबार गर्दा अलि बिचार पुर्याएर मात्रै काम गर्नुहोला । पेटको समस्याले सताउन सक्छ ।

     तुला ( रा,रि,रु,रे,रो,ता,ती,मन तु,ते):-

    आम्दानीको नयानया बाटो खुल्दै जाने समय आएको छ । घरायसी उपहार प्राप्तिको योग रहेको छ । कृषि क्षेत्र बाट प्रसस्तै लाभ हुनेछ । बेमौसमी तरकारी बाट लाभ हुनेछ । नया कामको थालनी गर्नको लागी समय उत्तम छ । किराना पसल बाट मनग्य फाइदा हुनेछ । गैरसरकारी काममा हात हाले लाभ हुनेछ । सहकारी तथा वित्तीय सस्थाको कामले तपाइको मानसम्मानमा वृद्दि हुनेछ । बैदेशिक यात्रामा केहि झमेला उत्पन्न हुन सक्छ । कच्चा पदार्थको काम बाट लाभ उठाउन सक्नूहुनेछ । राडी तथा गलैचाको कारोबार बाट मनग्य लाभ हुनेछ । वकिलको लागि समय मध्यम रहेको छ । भगवानको भक्ति प्रति मन जानेछ । प्रेममा केहि खातापति देखा पर्न सक्छ ।

    वृश्चिक (तो,ना,नि,नि,नु,ने,नो,या,यी,यू) :-

    अड्किएर बसेका सरकारी कामहरू सहजै बन्नेछन । ठुला व्यापारीको लागी समय उत्तम छ । एन जी ओ तथा आइ एन जी ओ को काम बाट मनग्य फाइदा हुनेछ । पिताको सहयोग बाट गरेको काममा सफलता प्राप्ति गर्न सहज हुनेछ । रिपेयारिंगको काम बाट फाइदा हुनेछ । फलाम तथा ग्रील उद्योग बाट मनग्य लाभ हुनेछ । फ्लिमी क्षेत्रमा नया नाम थपिने समय आएको छ । सामाजिक काममा समय बित्नेछ । गाडी तथा घर खरिद गर्नको लागी समय उत्तम छ । बिपरित लिंगी प्रति आकर्षण बृद्दी भएर जानेछ । प्रेम समन्ध सुमधुर भएर जानेछ । बिपरित लिंगीको सहयोग महत्वपुर्ण हुनेछ । आम्दानि र खर्च बरोबर नै होला । अवार्ड प्राप्तिको योग रहेको छ । माइतीको सहयोग मिल्नेछ ।

    धनु (य,यो,भा,भि,भु,ध,फा,ढ,भे) :-

    भाग्य उदय हुने समय आएको छ । सबै मित्रले आ-आफ्नो तर्फ बाट सकेको सहयोग गर्नेछन । गुरुजनसगको भेटघाटले मनमा हर्ष छाउनेछ । उच्च शिक्षाको लागि समय उत्तम छ । चेलिबेटीको सहयोग मिल्नेछ । सरकारी कामहरु सहजै बन्ने छन । सुनको कारोबार बाट मनग्य लाभ हुनेछ । कृषि क्षेत्रबाट राम्रै हुनेछ । तलव-भत्ता बृद्दी हुनेछ । धार्मिक यात्रा हुनेछ । घरमा मांगलिक कार्य हुनेछ । सरकारी अधिकारीको महत्वपूर्ण साथ पाउनु हुनेछ । कस्मेटिक बस्तुको कारोबार बाट लाभ हुनेछ । औषधिको व्यवशाय वृद्दि भएर जानेछ । अस्पताल तथा सामाजिक सस्थामा सहयोग गर्नुहुनेछ । मुर्तिकार्रको लागी समय उत्तम छ । जुत्ता पसल बाट सामान्य लाभ हुनेछ ।

     मकर (भो,जा,जि,जू,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) :-

    अप्रिय समाचार सुन्नु पर्ने हुनसक्छ । स्वास्थ्यमा समस्या देखा पर्नेछन । सुन, चादी तथा डलरको कारोबार बाट घाटा बेहोर्नुपर्ने हुनसक्छ । तरल पदार्थको कारोबार बाट सोचे अनुरुपको फाइदा नहोला । होटल व्यवशाय भने सामान्य फस्टाएर नै जानेछ । पत्रकारिताको लागी समय अति नै उत्तम रहेको छ । चेलिबेटीको सहयोग बाट गरेको काम बाट भने राम्रो लाभ हुनेछ । सामाजिक रुपमा काम गरेता पनि तपाइको कामको कदर हुन गाह्रो नै हुनेछ । प्रेम सम्बन्धमा भने सुमधुरता छाउनेछ । शास्त्रीय ज्ञान लिनको लागी समय उत्तम छ । पढाइ मध्यम  रहेको छ । छोटो दुरीको रमाइलो यात्रा होला । इलेक्ट्रोनिक वस्तुको कारोबार बाट लाभ प्राप्ति होला । पाइलटको लागी समय अति नै उत्तम रहेको छ । इन्जिनियरको लागी समय उत्तम छ ।

    कुम्भ ( गु,गे,गो,सा,सि,सु,से,सो,द) :-

    पति-पत्नी विचको बिग्रिएको सम्बन्धमा सुधार आउनेछ । बैदेशिक क्षेत्रको कारोबारले लाभ प्राप्ति हुनेछ । तरकारी तथा फलफूल व्यवशाय फस्टाएर जानेछ । प्राबिधिक ज्ञान प्राप्ति गर्नको लागी समय उत्तम छ । खेल क्षेत्रमा तपाइको प्रसंसा हुनेछ । पूजा पसलबाट मनग्य लाभ हुनेछ । चौपाया तथा दोपाया बाट लाभ हुनेछ । चित्रकारको लागी समय उत्तम रहेको छ । यात्रा गर्दा ध्यान पुर्याउनु होला , चोटपटकको भय रहेको छ । कलाकारको लागी समय उत्तम छ । अनाबस्यक रिसले तपाईलाई नै पिरोल्न सक्छ । सामाजिक काममा खट्नुपर्ने समय आएको छ । लेखन क्षेत्रमा तपाइको प्रसंसा हुनेछ । काष्ठ तथा फर्नेचर बाट लाभ उठाउन सक्नुहुनेछ । कच्चापदार्थको व्यवशाय फस्टाएर जानेछ ।

     मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :-

    सत्रुले तपाइको काममा प्रसस्तै बाधा पुर्याउने छन । नजिकैको साथीभाई टेडीने समय आएको छ । तपाइले गरेको काम देखि तपाइँ आफैलाई चित्त बुझ्ने छैन । छालाको समस्याले सताउन सक्नेछ । उच्च शिक्षा प्राप्तिको लागी समय मध्यम रहेको छ । डाक्टरको लागी समय उत्तम छ । विपरित लिंगी प्रति आकर्षण वृद्दि भएर जानेछ । विदेश सग सम्बन्धित कारोबार सफल बन्नेछन । फलफूल खेति बाट लाभ हुनेछ । सामान्य रुपमा घरायसी काममा समय व्यतित हुनेछ । घरेलु उद्योग बाट सोचे अनुरुपको लाभ नहोला । पत्रकारितामा तथा आर्मी-पुलिसको लागी समय उत्तम छ । तरलपदार्थकोकारोबार बाट लाभ हुनेछ । खाध्यान व्यवशायमा घाटा बेहोर्नुपर्ने हुनसक्छ । हार्डवेयर व्यवशाय मध्यम फाइदाजनक रहला ।