CanadaKhabar.com

Thursday, April 25, 2024 -
  • मात्र दुई मिनेटमै यसरी चम्काउनुहोस् आफ्नो दाँत

    हरेक मानिस आफ्नो प्रभाव अरुमा राम्रो परोस् भन्ने चाहन्छ । यसको लागि अन्य कुराजस्तै सफा र चम्किलो दाँतको पनि महत्वपूर्ण भूमिका हन्छ । सेतो र चम्किलो दाँतसहितको तपाईको शक्तिशाली मुस्कानले धेरैलाई प्रभावमा पार्न सक्नुहुन्छ । सुन्दर देखिन चाहनुहुन्छ तर हाँस्नासाथ मानिसहरुले तपाईको पहेंलो दाँतको सामना गर्नुपर्छ, के होला अवस्था ? किनकी दाँत सफा नहुने मानिसको चेहराले अन्य मानिसलाई प्रभाव पार्न सक्दैन । दाँतकै कारण कतिपय मानिसहरु आत्मविश्वास गुमाउँछन् खुलेर हाँस्न सक्दैनन् । तर सही ढंगले हेरचाह गर्न सकेमा दाँतलाई सजिलै सेतो र चम्किलो बनाउन सकिन्छ । हेरचाह नहुँदा दाँतमा प्लाक (Plaque) जम्छ र पहेंलो देखिन्छ । केही खाद्यपदार्थ लगातार खानाले, बढ्दो उमेर र अत्यधिक औषधी सेवनले पनि दाँतमा पहेंलोपन बढ्छ । यहाँ हामी दुई मिनेटमै दाँत चम्काउने घरेलु उपायबारे जानकारी दिनेछौं । तर यो उपचार विधि दैनिक गर्नु हुँदैन ।

    सामग्री:-
    १ चम्चा बेकिङ्ग सोडा

    १ चम्चा कागतीको रस

    विधि/प्रयोग –
    बेकिङ्ग सोडालाई एउटा कचौरामा राखेर यसमा कागतीको रस मिसाउनुहोस् ।

    जब यो मिश्रण राम्रोसँग तयार हुन्छ यसलाई न्यापकिन पेपरको सहायताले आफ्नो दाँतमा लगाउनुहोस् ।

    सबै दाँतमा यो मिश्रण लगाएको दुई मिनेटपछि दाँतलाई पानीले सफा गर्नुहोस् ।

    यसपछि एेना अगाडि जानुहोस्, तपाईको पहेंलो दाँत सेतो भइसकेको पाउनुहुनेछ । अब निर्धक्कसँग मुस्कुराउनुहोस् ।

    साभार : ओन्लिआयुर्वेद डट कमबाट