CanadaKhabar.com

Friday, March 29, 2024 -
  • साप्ताहिक राशिफल

    मिति २०७३ साल चैत्र ०६ गते आइतबार देखि चैत्र १२ गते शनिबार सम्म
    मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ):-
    प्रेम सम्बन्धमा असहजता छाउने समय छ । मान-सम्मानमा आच आउन सक्ने समय छ । मनमा शान्ति र अनुहारमा कान्ति हराउने समय छ । सोचेको काममा अनावस्यक झमेला आउन सक्ने समय छ । सांगीतिक क्षेत्रमा सोचे अनुसारको सफलता मिलन गाह्रो छ । विद्यार्थीको लागि समय सोचे अनुकुल देखिदैन । होटल व्यवशाय फस्टाएर जाने समय छ । कृषि क्षेत्रमा केहि सफलता मिल्ने समय छ । मित्रजनको सहयोग पाउने समय देखिन्छ । ग्रील तथा फलाम उद्योगबाट ठुलो लाभ हुनेछ । बैदेशिक यात्रा बाट लाभ हुनेछ । पेटको समस्याले सताउन सक्नेछ । प्रेसरको समस्याबाट बच्नु उत्तम हुनेछ । धर्म गुरुसगको भेटघाटले मन फुरुंग हुने समय छ ।

    वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो):-
    बैदेशिक क्षेत्रका लगानीहरु बाट मनग्य लाभ हुनेछ । होटल व्यवशयबाट सोचे अनुरुपको नै लाभ हुने समय छ । इस्टमित्रको सहयोग मनग्य हुनेछ । ठुला उद्योगी व्यवशायिको लागी समय अनुकुल रहेको छ । माछा पालन , कृषि तथा चौपाया बाट लाभ हुनेछ । उच्च शिक्षामा सोचे अनुसारको राम्रो समय छ । बिपरित लिंगी प्रतिको आकर्षण वृद्दि भएर जाने समय छ । आखाको समस्याले सताउन सक्नेछ । मिल्ने साथीसगको भेटले मनमा स्फूर्ति बढेर जानेछ । छोटो तथा रमाइलो यात्रा हुनेछ । बादबिबादमा तपाइको नै जित हुनेछ । सुन तथा हिराको कारोबारबाट लाभ हुनेछ । नसा तथा जोडनीको समस्याले सताउन सक्छ । छालाको समस्याले सताउन सक्ने समय छ ।

    मिथुन (क,कि,कु,घ,ङ,छ,के,को ,ह ) :- 
    सत्रुहरु सलबलाउने समय छ । मावलीको सहयोगको अपेक्षा नगरेको नै जाति हुनेछ । साहु-महाजनको काममा ढिला हुनाले केहि गालि सुन्नु पर्ने हुनसक्छ । पढाइ कमजोर भएर जाने समय छ । बैदेशिक क्षेत्रको कामहरु सहजै बन्नेछन । इन्जिनियरको लागी समय उपयुक्त देखिदैन । इलेक्ट्रोनिकल तथा प्लम्बरको लागी समय लाभदायक रहेको छ । लेखकको लागी समस्या देखा पर्न सक्छ । सुन तथा पत्थरको कारोबार उत्तम रहनेछ । सिसाको कारोबारबाट मनग्य लाभ हुनेछ । प्रेम सम्बन्धमा केहि खटपटी देखा पर्न सक्छ । ठोस बस्तुको कारोबारबाट लाभ हुनेछ । दातको समस्याले सताउन सक्नेछ । गाडी खरिद गर्न समय खासै उपयुक्त देखिन्न । युरिक एसिडको समस्याले सताउँन सक्नेछ ।

    कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) :- 
    अपरिचित व्यक्तिबाट प्रेम प्रस्ताव आउने समय छ । उच्च शिक्षाको परिक्षार्थीको लागि समय उत्तम छ । सुन तथा चादीको पेशाबाट सोचे अनुसार लाभ हुनेछ । फ्ल्मी क्षेत्रबाट मनग्य लाभ प्राप्ति हुनेछ । राजनीतिकर्मिको लागि समय सोचे अनुकुल रहनेछ । शेयर बजार फस्टाएर जाने समय छ । सन्तानको सुखमा वृद्दि भएर जानेछ । शिक्षकको लागि समय उत्तम रहेको छ । तपाइको कामको खिल्ली उडाउनेहरु तपाइको काममा सहयोग गर्न थाल्ने छन । घरका समस्याहरु सहजै हल हुदै जानेछन । दोपाया तथा चौपाया व्यवशायबाट लाभ हुनेछ । सामाजिक काममा समय व्यतित हुनेछ । शारीरिक स्वास्थ्यमा सुधार हुनेछ । तपाइको सोच्ने क्षमतामा वृद्दि हुन भएर जाने समय आएको छ ।

    सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) :- 
    कर्मचारीको सहयोगबाट तपाइको काममा सहजता छाउनेछ । तपाइको बिरोध गर्नेहरु समेत सहयोग गर्न आतुर हुने समय छ । घर तथा जग्गाको कारोबारबाट मनग्य लाभ हुनेछ । होटल व्यवशाय तथा तरल पदार्थको कारोबार बाट लाभ हुनेछ । प्रेममा सहजता छाउनेछ । उच्चस्तरीय व्यक्तिलाइ सल्लाह दिन पाउदा मन फुरुंग हुने छ । पत्रकारको लागि समय उत्तम भएर जानेछ । चित्रकारको लागी समय उत्तम रहेको देखिन्छ । किराना सामाग्रीको व्यापार-व्यवशाय फस्टाएर जानेछ । लामो दुरीको यात्रामा निक्लिने समय छ । मान-सम्मानमा वृद्दि भएर जाने समय छ । घर किन्नको लागी समय उत्तम छ । सामाजिक कामको तुलनामा व्यक्तिगत काममा समय कम नै व्यतित हुने देखिन्छ ।

     

    कन्या (टो,प,पि,पू,ष,ण,ठ,पे,पो) :- 
    सिसा पसल तथा ग्रील उद्योग बाट मनग्य लाभ हुने देखिन्छ । पुरानो मित्र सागको भेटले मन फुरुङ्ग हुने देखिन्छ । ठुलो उद्योग संचालन गर्नको लागी समय उत्तम छ । फलामको कारोबार बाट लाभ हुनेछ । तपाइको काममा विपक्षीहरु पनि सहयोग गर्न आतुर हुनेछन । इलेक्ट्रोनिक वस्तुको व्यापार-व्यवशय वृद्दि भएर जानेछ । लेखकको लागी समय लाभदायक रहेको छ । फोटो ग्राफरको लागी समय अनुकुल रहेको देखिन्छ । इन्जिनियरको लागी समय मध्यम रहेको छ । सामुद्रिक यात्रा तथा विमानको यात्रा रमाइलो हुनेछ । मुद्दामामेलामा जित तपाइको नै हुने समय आएको छ । शेयर व्यवशाय तथा डलरको कारोबार फस्टाएर जाने स्समय रहेको देखिन्छ ।
    तुला ( रा,रि,रु,रे,रो,ता,ती,मन तु,ते):- 
    पैत्रिक धन लाभ हुने समय छ । खेलकुद क्षेत्रबाट लाभ हुने समय छ । होटल तथा तरल वस्तुको कारोबार बाट लाभ हुनेछ । विद्यार्थीको लागी समय उत्तम रहेको छ । गायक, वकिल, वाध्य-बाधक तथा शिक्षकको लागी समय लाभकारी छ । गैरसरकारी काममा हात हाले लाभ हुनेछ । वित्तीय सस्थाको कामले तपाइको मानसम्मानमा वृद्दि हुनुको साथै अवार्ड प्राप्ति हुनेछ । मेडिकल क्षेत्रमा समय अनुकुल रहेको देखिन्छ । कच्चा पदार्थको काम बाट लाभ उठाउन सक्नूहुनेछ । दातको समस्याले सताउन सक्ने समय छ । लेखकको लागी समय लाभकारी छ । भगवानको प्रति मन लगाउने समय छ । पति-पत्नीको सम्बन्ध उत्तम रहनेछ । बादबिबादमा पर्ने सम्भावनालाइ नकार्न सकिन्न।

    वृश्चिक (तो,ना,नि,नि,नु,ने,नो,या,यी,यू) :- 
    नया कामको थालनी गर्ने उत्तम समय छ । मनमा हर्ष वृद्दि भएर जाने समय छ । डाक्टरको लागी समय प्रभाकारी देखिन्छ । आफ्नै व्यक्तिगत निर्णयबाट गरेको काममा सफल हुन सहजता छाउने छ । धातुको व्यवशाय बाट फाइदा हुनेछ । दोपाया बाट मनग्य लाभ हुने समय छ । बासुरी बादकको लागी समय उत्तम छ । समाजमा तपाइको भूमिका महत्वपूर्ण रहने छ । विदेश सग सम्बन्धित काममा सफलता प्राप्त हुने समय छ । ब्रतामंध, भोज आदीमा सहभागी भएइला । प्रेम सम्बन्धमा नया आयाम थपिएको महसुस हुनेछ । बोलीको प्रभाव वृद्दि भएर जानेछ । सहकार्यमा गरेको कामले असहज छाउन सक्ने समय छ । स्त्रीहरुको तल्लो पेटको समस्याले पिरोल्ने समय छ ।

    धनु (य,यो,भा,भि,भु,ध,फा,ढ,भे) :- 
    अनावस्यक झैँ-झगडाबाट टाढा रहनु नै उचित हुनेछ । अनावास्याक खर्चका क्षेत्रहरु थपिएर जाने समय छ । आफन्तबाट धोका हुनसक्ने समय छ । शक्ति प्रदर्शनीमा जित तपाइको हुन गाह्रो नै होला । गुरुजनसंगको भेटबाट सन्तुस्टी प्राप्त हुनेछ । सामाजिक काममा जान मन लाग्नेछैन । कृषि  ब्यबशायबाट सामान्य लाभ हुनेछ । नया काम शुरुवात गर्नको लागि समय उत्तम छैन । इन्जिनियर तथा बैज्ञानिकहरुका लागि समय मध्यम देखिन्छ । सरकारी कामहरुमा ढिलासुस्ती हुने समय छ । दोपाया तथा चौपायाबाट घाटा हुनेछ । होटल व्यवशाय तथा कपडा पसल बाट सामान्य लाभ हुनेछ । औषधिको व्यवशाय उत्तम हुनेछ । पिसावको समस्याले सताउन सक्नेछ ।

    मकर (भो,जा,जि,जू,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) :-
    आम्दानीको नया बाटो फेला पर्ने समय छ । विद्यार्थीको लागी समय उत्तम रहेको देखिन्छ । स्वास्थ्य समस्या हाल भएर जाने समय छ । हवाई यात्रामा मन रमाउने समय छ । सामाजिक काम प्रति हौसला बढ्ने समय आएको छ । प्रेममा आएको समस्या हाल भएर जानेछ । मित्रजनसग भएको वैमनुश्यता हटेर जानेछ । शारीरिक रुपमा तन्दुरुस्त हुने समय आएको छ । सुन तथा डलरको कारोबारले तपाईलाई मनग्य लाभ प्राप्ति हुने समय छ । शास्त्रीय ज्ञान लिनको लागी समय उत्तम छ । दिब्य ज्ञान प्राप्तिको लागी समय उत्तम छ । मन्त्रिमण्डलबाट सहयोग मिल्ने समय छ  । नसा तथा हड्डीको समस्याले पिरोल्न सक्नेछ । हिंश्रक जनावरबाट बचेर काम गर्नुहोला ।

    कुम्भ ( गु,गे,गो,सा,सि,सु,से,सो,द) :- 
    सामाजिक काममा समय व्यतित हुनेछ । सहकारी तथा वित्तीय सस्थाबाट लाभ हुनेछ । सरकारी कामहरु सहजै बन्नेछन । कृषककोलागी समय अति नै उत्तम रहेको छ । अवार्ड प्राप्ति गर्ने सुवर्ण अवसर प्राप्त हुनेछ । रास्ट्रिय तथा अन्तरास्ट्रिय स्तरका व्याक्तिको सहयोग मिल्नेछ । शैक्षिक स्तारमा उन्नत्तिको समय छ । जडिबुटीको कारोबार बाट मनग्य लाभ हुनेछ । होटल व्यवशायबाट मनग्य लाभ उत्पन्न हुनेछ । गिफ्टसप तथा कस्मेटिक पसलबाट मनग्य लाभ हुनेछ । खाद्यान्न तथा कपडा पसलबाट लाभ हुनेछ । लेखक तथा पण्डितको लागी समय उत्तम छ । स्त्रीको पेटसग सम्बन्धित समस्याले पिरोल्न सक्ने समय छ । चार्टर अकाउँन्टेनको लागि समय उत्तम छ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- 
    भाग्य चम्किने समय आएको देखिन्छ । गुरुजन तथा साधु-सन्त सगको सम्बन्ध सुमधुर हुनेछ । पिताको सहयोग मिल्नेछ । कलाकार तथा फ्लिमी क्षेत्रको लागी समय लाभदायक रहेको छ । बैंकिंग क्षेत्रमा समय सोचेअनुसार नै व्यतित हुनेछ । लेखकको लागी समय उत्तम छ । स्वदेश तथा बिदेश सग सम्बन्धित कुनै पनि कामहरुले सफलता पाउनेछन । शिक्षामा समय उत्तम छ । सरकारी कामहरु सहजै बन्नेछन । स्वास्थ्यमा सुधार भएर जानेछ । बिपरित लिंगीको सहयोग महत्वपुर्ण रहला । साना था मझौला उद्योगहरु फस्टाएर जानेछन । जोड्नी तथा हड्डीको समस्याले पिरोल्न सक्नेछ । राजनीति क्षेत्रमा नया फड्को मार्ने समय छ । सिसा पसलबाट मनग्य लाभ हुनेछ ।

    युवा ज्योतिषी ऋषिराज घिमिरे
    9842682018
    #हलेसी #ज्योतिष #परामर्श #केन्द्र
    (पशुपति ,काठमाडौ )