CanadaKhabar.com

Saturday, April 20, 2024 -
  • क्यानाडामा आयकर बचाउन यसो गर्नुस् !

    आयकर
    क्यानडामा केन्द्रिय, प्रान्तीय एबम स्थानीय नगरपालिकाले ब्याक्ति र ब्याबसायिक संस्थाहरुसंग कर संकलन गर्छ र उक्त कर सरकारी सेवा खर्च र सुविधाहरु जस्तै, रोड, सार्बजनिक Utilities, शिक्षा, स्वस्था सेवा, आर्थिक विकास र सास्कृतिक क्रियाकलापमा खर्च गर्ने गर्दछ । साधारणतया क्यानाडामा आयकर, बिक्रि कर, सम्पति कर र ब्याबसायिक आम्दानी कर प्रचलित छन् । ब्याक्तिगत आयकरको लागि क्यानाडामा प्रान्तीय सरकारहरुका आ -आफ्नै करको दर हुन्छ तर केन्द्रिय सरकारको करको दायरा न्युनतम १५ प्रतिशत देखि ३३ प्रतिशत सम्म हुन्छ ।

    Canada Revenue Agency ले आयकर संकलन गर्ने गर्दछ र प्रत्येक बर्ष क्यानाडामा बसेको हरेक ब्याक्तिले आयकर विवरण बुझाउनु पर्दछ । आयकर एबम सुबिधा विवरण ई -फाइल प्रत्येक बर्षको फ्रेबुअरी २० तारिख बाट सुरु हुन्छ र प्राय:सबै व्यक्तिगत आयकर एबम सुबिधा विवरण बुझाउने अन्तिम मिति अप्रिल ३० हो तर यदि तपाई वा तपाईको श्रीमती स्व-रोजगार हुनुहुन्छ भने विवरण बुझाउने अन्तिम मिति जुन १५ सम्म हो । हामीले के बुझ्नु पर्छ भने कर विवरण बुझाउने भनेको खाली कर तिर्नु वा फिर्ता लिनु मात्र होइन तपाइले पाउने केन्द्रिय एबम प्रान्तीय सुविधाहरु तपाइको गत बर्षको खुद आय को आधारमा निर्धारण हुने भएकोले निर्धारित समयमा आय विवरण नबुझाएमा उक्त सुबिधाहरु रोकिन्छन वा गुम्नेछन् ।

    बजारमा पाइने विभिन्न कम्प्युटर सफ्टवेअर खरिद गरेर वा सित्तैमा पाइने अनलाइन सफ्टवेअर प्रयोग गरेर तपाइले सजिलै साधारण कर विवरण बुझाउन सुक्नुहुनेछ । तर तपाइको रोजगारी भन्दा अन्य आय जस्तै; घर बहाल आम्दानी, शेयर वा अन्य लगानी आम्दानी, स्व-रोजगार आम्दानी, क्यानाडा बाहिर को आम्दानी, क्यानाडा वा बिदेशमा रहेको सम्पति खरिदबिक्री आम्दानी छ भने कर जानकार ब्याक्ति को सहयोग लिनु आबस्यक छ ।
    आजकल तपाइको सम्पूर्ण आयव्याय सम्बन्धि सुचनाहरु अनलाइनमा उपलब्ध हुने हुँदा र उक्त सुचना Canada Revenue Agency ले सजिलै भेट्टाउने भएकोले तपाईले कुनैपनि आम्दानी, खर्चको विवरण नछुटाईकन बुझाउनु पर्नेछ अन्यथा Canada Revenue Agency ले उक्त सूचना प्राप्त गरेमा तपाइको आय विवरण संसोधन गरि कर् निर्धारण गर्नुका साथै तपाइले पाउने सुबिधाको हेरफेर र नियममुताबिक जरिवाना र ब्याज लगाउन सक्दछ ।
    साधारणतया सामान्य आम्दानी वा खर्चहरुको बारेमा हरेक व्यक्तिलाई जानकारी हुन्छ तर केहि महत्तपूर्ण कुराहरु वा तपाइले सामान्य ठानेका खर्चले तपाइको कर मा ठुलो बचत गराउन सक्दछन र केहि महत्तपूर्ण उपायहरुको बारेमा उल्लेख गरिएको छ जसले तपाइको खल्तीमा थप रकम जम्मा गराउन मद्दत्त गर्दछ ।

    १. गत बर्षको प्रयोग नभएका र आगामी बर्षलाइ सारिएका रकमहरु
    यो बर्षको कर विवरण बुझाउदा तपाइको आघिल्लो बर्षको कर निर्धारण (Notice of Assessment) हेरी कुनै क्रेडिट रकम जस्तै; कलेज शुल्क, शिक्षा खर्छ, लगानी नोक्सान, उपचार खर्च आदि स्ठानन्करण गरिएका छन् भने ति रकमहरु नछुटाईकन भर्नु पर्दछ । अर्को महत्तपूर्ण कुरा उक्त सारिएको रकम तपाई को श्रीमती, छोराछोरी वा बाबुआमा को आम्दानी संग घटाउन वा सार्न पाइन्छ जसले गर्दा तपाइले यो बर्ष तिर्नुपर्ने कर रकम घट्छ वा फिर्ता आउने रकम बढ्नेछ स्थानान्तरणको अधिकतम सिमा रकम एक बर्ष मा र $ ५००० छ ।

    २. तपाई क्यानाडा छाड्दै हुनुहुन्छ भने तत्काल RRSP खाता बन्द नगर्नुहोला
    यदि तपाई क्यानाडा छाड्दै हुनुहुन्छ र गैर केनेडीयेन बासिन्दा हुनुहुन्छ भने तत्काल RRSP खाता बन्द नगर्नुहोला र जुन देशमा जानुहुन्छ त्यहि बाट बन्द प्रक्रिया गर्नुहोला किनभने तपाई गैर बासिन्दा हुनुभयो र तपाइको RRSP रकम निकाल्नु भयो भने मात्र २५% कर लाग्द्छ तर तपाई क्यानाडा को बासिन्दा हुँदै विदेश जानु अगाडी RRSP खाता बन्द गर्नु भो भने सरदर ४५% कर तिर्नु पर्दछ र यो प्रत्येक प्रान्त अनुसार केहि तलमाथि हुन सक्दछ ।

    ३. उपचार खर्च र उपचार संग सम्बन्धित खर्चको दाबि
    हामीले स-साना औषधि उपचार खर्च बर्षभरी नै तिरेका हुन्छौं तर उक्त स-साना रकम जोडेर हिसाब राख्ने झन्झट गर्दैनौं जबकि उक्त स-साना बर्षभरी को खर्च तपाइको ३% भन्दा बढी हुनसक्छ र उक्त रकम तपाइले कर छुटको रुपमा दाबी गर्न सक्नुहुन्छ ।
    अर्को महत्पूर्ण कुरा यदि तपाई उपचार को क्रममा ४० किलोमीटर भन्दा टाढा जानु भो भने तपाइको यातायात खर्च उपचारको क्रममा लागेको खाना, बासस्थान वा कुरुवा खर्च तपाई वा तपाइको श्रीमान/श्रीमती ले दाबी गर्न सक्नुहुन्छ ।

    ४. आम्दानी नहुनेले पनि कर विवरण बुझाउनु पर्दछ
    तपाई वा तपाई को श्रीमान/ श्रीमती को यो बर्षमा आम्दानी छैन भनेपनि तपाईले कर विवरण बुझाउनु पर्दछ । यदि तपाईले कर विवरण बुझाउनु भएन भने तपाइले केन्द्रिय वा प्रान्तीय फाइदा रकम जस्तै, GST/HST छुट फिर्ता, Canada Child Benefits, र प्रान्तीय सम्पति कर सुबिधा रकम गुमाउनु हुनेछ वा रोक्का हुनेछ । धेरै-धेरै कर फिर्ता हुने जस्तै Guaranteed Income Supplement and the Working Income Tax Benefit को लागि सम्बन्धित ब्याक्तिले प्रत्येक वर्ष कर विवरण बुझाउनु पर्दछ।

    ५. उचित Tax Filing Software आबस्यक
    यदि तपाई आँफै कर विवरण फ़ाएल गर्दै हुनुहुन्छ भने पहिला तपाइले प्रयोग गर्ने सफ्टवेअर बारे तपाईलाइ ज्ञान हुनु जरुरि छ । आजकल बजार मा विभिन्न किसिमका कर विवरण बुझाउने सफ्टवेअर पाइन्छन र वेब बाट पनि सित्तैमा पाइने सफ्टवेअरहरु पनि धेरै छन् जुन तपाइलाई उपयुक्त नहुन सक्छन । साधारण एक दुइ वटा T4 छ भने तपाइले जुनसुकै सफ्टवेअरहरु प्रयोग गर्दा हुन्छ तर तपाइको अन्य घर बहाल आम्दानी , लगानी आम्दानी, टिउसन खर्च, अघिल्लो वर्षबाट सारिएका क्रेडिट रकमहरु छन् भने सित्तैमा पाइने सफ्टवेअरहरुले गलत हिसाब निकाल्न सक्छन | कतिपय सफटवेअर हरुले श्रीमान/श्रीमती वा छोराछोरीका विभिन्न खर्च ट्रान्सफरहरु, गत वर्ष बढी भएका क्रेडिट रकम, बाबुआमा छोराछोरी बीच ट्रान्सफर र अन्य छुटेका खर्चहरुको स्व-फूर्त जानकारी गराउछन र छुटफुट हुने सम्भाबना कम हुन्छ ।

    ६. RRSP लगानी
    ब्याक्तिगत करदाताको लागि आफ्नो कर दायित्व घटाउनको लागि RRSP उपयुक्त योजना हो । RRSP ले तपाइको हालको कर दायित्व कम गराउन को साथै तपाइको अबकाशपछि कर रहितको रकम झिक्ने अवसर पनि दिलाउछ । याद गर्नुपर्ने कुरा यो छ कि RRSP लगानी रकम गत फेब्रुअरी २८ भित्र बुझाइसकेको हुनु पर्दछ। यस बर्ष तपाइको आम्दानी धेरै छ र अर्को बर्ष कम हुने सम्भाबना छ भने तपाइले RRSP खातामा अधिकतम सिमा भन्दा $ २००० बढी राख्न सक्नुहुनेछ जसले तपाइको कर फिर्ता रकम बढाउछ ।

    ७. रोजगार खर्चहरु
    कुनै ब्याक्ति कुनै कम्पनि अन्तर्गत रोजगारीमा छ र उक्त रोजगारको कार्य सम्पादन संग सम्बन्धित खर्चहरु जस्तै सवारी साधन खर्च, टेलिफोन, खाजा खर्च, पोशाक खर्च, सदस्यता शुल्क, कम्पुटर खर्च वा अन्य खर्चलाइ उक्त वर्षको आय विवरण पेश गर्दा आम्दानी बाट घटाउन पाइन्छ र तिर्नुपर्ने कर रकम कम गर्न सकिन्छ | यसको लागि रोजगारदाताबाट सम्बन्धित ब्याक्तिले T2200 Declaration फारम हस्ताक्षार सहित लिएको हुनु पर्दछ ।

    ८. बिद्यार्थी ऋण ब्याज खर्च
    येदि तपाइले बिगतमा स्कुल, कलेज वा बिस्वबिधालयमा अध्यानको सिलसिलमा बिधार्थी ऋण लिनुभएको थियो र हाल उक्त ऋण किस्ताबन्दीमा ब्याज सहित तिर्दै हुनुन्छ भने उक्त ब्याज रकम सम्बन्धित बर्षको कर विवरण बुझाउदा आम्दानी बाट घटाउन पाइएञ्छ र तिर्नुपर्ने कर रकम घटाउन वा फिर्ता पाउने रकम बढाउन सकिन्छ | तर ब्याक्तिगत ऋणमा तिरिएको ब्याज रकमलाइ भने यस किसिमको छुट दिएको छैन |

    ९. बसाइ सराइ खर्च
    यदि गत आर्थिक बर्ष भित्र आफ्नो रोजगार वा अध्यानको सिलसिलमा पुरानो स्थायी ठेगानाबाट ४० कि मि भन्दा टाढा बसाइ सराइ गर्नुभएको छ भने उक्त बसाइ सराइ संग सम्बन्धित खर्चहरु उक्त बर्ष को आय विवरण बुझाउदा घटाउन पाइन्छ | बसाइ सराइ खर्चहरु भन्नाले जस्तै, यातयात खर्च, पुरानो/नया घरबहाल सम्झौता वा खारेजी खर्च, पुरानो घर बेच्दा लागेको लागत, खाना/खाजा खर्च, अधिकतम १५ दिनको लागि अस्थाई बासस्थान खर्च बुझ्नु पर्दछ र उक्त खर्चहरु तपाइको रोजगार वा अध्यानको सिलसिलाको कारण ले भएको हुनुपर्दछ ।

    १०. पारिवारिक सदस्यसंग आम्दानी बाँडफांड
    साधारणतया क्यानाडा मा जब कसैले आफ्नो श्रीमान/श्रीमती, बाबुआमा वा बालबच्चा लाइ कुनै उपहार बापत कुनै सामान, रकम वा अन्य लगानी सम्पतिहरु दिन्छ वा बाँडफाड गर्दछ भने र उक्त सम्पति बाट प्राप्त आम्दानी को कर दायित्त The Attribution rules in the Income Tax Act kick in अन्तर्गत बाबुआमाकोमा जान्छ । तर उक्त उपहार सम्पति वा लगानी उपहार Tax Free Saving Account (TFSA) मा लगाइएको छ भने उक्त लगानीबाट प्राप्त आम्दानीमा कर लाग्दैन| यो एकदम राम्रो Tax Planning र महत्तपूर्ण योजना हो जसबाट प्रत्येक बर्ष बाँडफाड गर्न सकिन्छ र तिर्नुपर्ने कर रकम घटाउन सकिन्छ वा फिर्ता रकम बचाउन सकिन्छ तर यो योजना तपाइको पारिवारिक सदस्यको TFSA Contribution को अधिकतम सिमा रकम भित्र रहेर गर्नु पर्दछ।

    ११. २०१६ मा आफ्नो निबास्थान बिक्रिको जानकारी
    गत बर्ष तपाईंले आफ्नो मुख्य निवास बेचिएको छ भने उक्त बिक्रिको विवरण यस बर्ष कर विवरण पेस गर्दा तपाइले अनिबार्य रुपमा समाबेश गर्नु पर्दछ तर उक्त बिक्रि बाट भएको मुनाफामा कर भने लाग्ने छैन | यदि उक्त विवरण छुट भए भने जरिवाना बापत $ १०० देखि बढीमा $ ८००० सम्म तिर्नुपर्दछ ।

    १२. संसोधन कर विवरण
    कुनै कारण ले वा भुलबस बिगत बर्षहरुमा केहि आम्दानी, आम्दानी खर्चहरु, अन्य घटाउन योग्य खर्चहरु क्रेडिट छुट रकमहरु, खर्चहरु छुटेमा उक्त बर्षको कर बिबरण संसोधन गर्नु पर्दछ । गत बर्ष छुटेका सूचना यो वर्ष समाबेस गर्न मिल्दैन । सम्बन्धित बर्ष को आय विवरण संसोधन गराउनु पर्दछ । संसोधनको कारणले कर तिर्नु भएमा उक्त रकम तुरुन्त भुक्तान गर्नु पर्दछ र यदि फिर्ता आउने भएमा CRA ले तपाइको बैंक खाता मा जम्मा गरिदिन्छ वा चेक पठादछ र संसोधित कर निर्धारण विवरण पठाउदछ ।

    १३. बिल, रसिद एबम अन्य कागजातको रेकर्ड
    Canada Revenue Agency ले तपाइले पेस गर्नुभएको विवरण जति सक्दो चाडो रुजु गर्दछ र कर निर्धारण गरि उक्त विवरण प्रत्येक करदातालाई पठाउदछ । कहिलेकाँही कर अफिसरलाइ तपाइँले पेस गरेको विवरण संका लागेमा, कुनै सूचना अस्पस्ट भएमा वा कतै बाझिन गएमा उक्त विवरण संग सम्बन्धित कागजात, बिल, रसिदहरु को प्रतिलिपि माग्न सक्दछ । यदि उक्त विवरण संग सम्बन्धित कागजात, बिल, रसिदहरु को प्रतिलिपि समयसीमाभित्र पठाउन सकिएन भने ति खर्च वा क्रेडिट रकमलाई अमान्य गरि उक्त व्यक्तिको कर पुन निर्धारण गर्दछ । यसैले तपाइले कर विवरण बुझाउदा संग सम्बन्धित कागजात कम्तिमा ६ बर्ष सम्म सुरक्षित राख्नु पर्दछ ।
    माथि उल्लेखित उपाएहरु सबै व्यक्ति संग सम्बन्धित नहुन सक्छन र यी बाहेक अन्य धेरै उपाएहरु छन् जसले तपाइको कर दयित्त्य कम गराई केहि रकम बचत गर्न मद्दत गर्दछ । साधारण T4 Slips मात्र छन् भने तपाई आँफै वा बाहिर साधारण करको जानकार ब्याक्तिको सहयोगमा कर विवरण पेस गर्न सक्नुहुन्छ तर तपाइको रोजगार बाहेक, घरबाहल आम्दानी, अन्य लगानी आम्दानी, स्व रोजगार आम्दानी, क्यानाडा बाहिरको आम्दानी वा सम्पति, आवकास पछिको सुबिधा रकम आदि छ भने तपाई ले एकपल्ट कर विशेसज्ञ वा CPA, CA, CGA को सल्लाह सहयोग मा कर विवरण बुझाउदा ठुलो कर रकम तपाइको खल्तीमा राख्न सक्नुहुनेछ ।

    (लेखक Canadian CPA, CGA हुनुहुन्छ र बिगत ६ बर्षदेखी क्यानाडामा कर एबम लेखा ब्यबसायीको रुपमा कार्यरत हुनुहुन्छ)