CanadaKhabar.com

Saturday, April 20, 2024 -
  • लाइफ इन्सुरेन्स : क्यानाडामा आवश्यकता र महत्व ।

    लाईफ इन्सोरेन्स पोलिसी भनेको इन्सोरेन्स कम्पनीसँग गरिने एक प्रकारको सम्झौता  हो । इन्सोरेन्स कम्पनीले लिने premium को बदलामा पोलिसी मालिकको म्रुत्यु भएमा  beneficiary लाई  इन्सोरेन्स कम्पनीसँग  किनेको कभरेज अनुसार कम्पनीले एकमुस्ठ रकम  दिन्छ, जसमा कुनै सरकारी कर लाग्दैन ।
    सामान्यतया,लाईफ इन्सुरेन्स आ-आफ्नो आवश्यकता अनुसार किन्न सकिन्छ । Term इन्सोरेन्सले निश्चित अवधी सम्मलाई कभरेज प्रदान गर्दछ भने Permanent इन्सुरेन्सले जीवनभरका लागी कभरेज  प्रदान गर्दछ ।

    लाईफ इन्सोरेन्स पोलिसीलाई बिभिन्न नामबाट भन्न वा बुझ्न सकिन्छ। यसलाई खासमा डेथ इन्सुरेन्स भन्दा फरक पर्दैन । मोर्टगेज इन्सुरेन्स, टर्म इन्सुरेन्स, क्यास ब्याक इन्सुरेन्स, पर्मानेन्ट इन्सुरेन्स, होल लाइफ इन्सुरेन्स, युनिभर्सल इन्सुरेन्स इत्यादी नामबाट पनि यसलाई पढ्न वा सुन्न पाईन्छ ।

    लाइफ इन्सुरेन्स कती रकम वा कती कभरेज किन्ने भन्ने कुनै निश्चित युनिभर्सल नियम त छैन त्यो आ-आफ्नो आवश्यकतामा भर पर्दछ। सामान्यतया आफ्नो ऋण कभर गर्ने वा त्यो ऋण भन्दा थोरै ज्यादा किन्दा राम्रो हुन्छ। किन्ने मान्छेको उमेर र स्वास्थ्यको आधारमा  पोलिसीको खर्च लाग्ने हुँदा कम उमेर र राम्रो स्वास्थ्य हुँदा reasonable रकमको कभरेज लिनु राम्रो हुन्छ। यदी सकिन्छ भने पर्मानेन्ट  र term पोलिसीको combination गर्दा कम खर्चमा तुलनात्मक रुपमा धेरै कभरेजको पोलिसी किन्न सकिन्छ ।
    जब तपाईंका बाल-बच्चा आँफै आत्मनिर्भर भई काम गर्ने वा कमाउने हुन्छन,अनी तपाईंको घर वा गाडी पेड-अप भईसक्छ तथा तपाईंसँग RRSP र अन्य  सेभिङ् प्रसस्त हुन्छ त्यो समयमा तपाईंलाई लाइफ इन्सुरेन्स नभयपनी आर्थिक रुपमा तपाईंलाई साह्रै गाह्रो नपर्न सक्छ ।

    तलको निम्न अवस्थामा तपाईंलाई  लाईफ इन्सोरेन्सको जरुरी हुन्छ :
    – यदी तपाईं विवाहित हुनुहुन्छ र बच्चाबच्ची  छन भने तपाईंको मृत्‍यु भएमा ।
    – तपाईंसंग परिवारका सदस्यहरु आर्थिक रुपले निर्भर  हुनुहुन्छ भने, जस्तै: भाई, बहिनी ,बुवा,आमा ।
    – यदी तपाईंको परिवारमा बच्चाबच्ची छन र तपाईं उनीहरुको शिक्षा दिक्षाको  लागि आबश्यक रकम छोड्न चाहनुहुन्छ भने ।
    – तपाईंको घर अथवा गाडीमा मोर्गेज रकम तिर्न बाँकी छ र तपाईंको आकस्मिक निधन भएमा परिवारलाई ऋण नबोकाउनलाई ।
    – यदी तपाईं एक्लो अभिभावक हुनुहुन्छ भने तपाईंलाई केही भएको खण्डमा तपाईंसँग जोडीएका आर्थिक जिम्मेवारीहरुलाई पुरा गर्नको लागी ।
    – यदी तपाईं कुनै च्यारिटी संस्थालाई आफ्नो मृत्‍युपछी रकम दान दिन चाहनुहुन्छ भने
    – यदी तपाईं आफ्नो मृत्‍युपछी लाग्ने सरकारी Tax बचत गरी बढी भन्दा बढी आफ्नो परिवारलाई त्यो रकम छोड्न चाहनुहुन्छ भने ।
    – यदी तपाईंको ब्यापार छ भने आफ्नो मृत्‍युपछी त्यो चलिरहोस् र परिवारका सदस्यहरुले चलाई रहुन भन्ने चाहनुहुन्छ भने ।
    – तपाईंको मृत्‍युपछी तपाईंको आफ्नै दाहसंस्कार गर्नको लागि पुग्ने रकम आँफै ब्यवस्था गर्न चाहनुहुन्छ भने ।

    लाईफ इन्सोरेन्स सम्बन्धी केही महत्वपूर्ण जानकारीहरु :
    – आफ्नो इच्छाइएको ब्यक्तीले सामान्यतया बिना सरकारी कर पुरा रकम पाउंछ ।
    – आफ्नो लाईफ इन्सोरेन्स पोलिसी समय समयमा अपडेट गर्नु राम्रो हुन्छ । आजको आवश्यकता र भोलीको आवश्यकता फरक हुन सक्छ ।
    – यदी तपाईंको पोलिसी Term इन्सुरेन्स हो भने निस्चित समय पछी त्यो expire हुन्छ, यदी नविकरण गर्ने हो भने शुल्क धेरै महँगो हुन्छ यसरी नविकरण गर्नु पर्दा आफु स्वस्थ्य रहेको प्रमाण भने दिनु पर्दैन ।
    – यदी तपाईंको इन्सुरेन्स पोलिसी Convertible हो भने कुनै पनि समय त्यसलाई  permanent पोलिसीमा कन्भर्ट गर्न सकिन्छ तर यसको लागि अतिरिक्त शुल्क थप गर्नुपर्ने हुन्छ। स्थायी पोलिसीले निस्चित बर्ष premium तिरेपछी जीवन भरिको लागि कभरेज दिन्छ । तर,यसरी कन्भर्ट गर्दा पनि आफु स्वस्थ्य भएको प्रमाण दिनु पर्दैन।
    – यदी तपाईं आफुसँग भएको पुरानो पोलिसीलाई कुनै नयाँ र तुलनामत्करुपमा राम्रो सँग replace गर्ने विचारमा हुनुहुन्छ भने नयाँ पोलिसी contract booklet तपाईंको हातमा नआउंदासम्म पुरानो policy लाई cancel गर्नु हुँदैन किनभने नयाँ पोलिसी तपाईंले सोचेको जस्तो गरी नआउंन पनि सक्छ ।
    – आफ्नो इन्सुरेन्स पोलिसीलाई सकेसम्म जोगाएर अरु महत्वपूर्ण डकुमेन्ट सँग   राख्नुपर्छ यदी सकिन्छ भने इन्सुरेन्स एड्भाजरको नाम,फोन नम्बर अनी आफ्नो पोलिसी को कभरेज summary लाई अतिरिक्त कपी गरेर राख्दा राम्रो हुन्छ ।
    – इन्सुरेन्स सम्झौतालाई विश्वासको एग्रीमेन्ट (“bona fide” or “good faith”) मानिन्छ त्यसैले फारम भर्दा कुनै पनि सवालको  सत्यतापुर्बक जबाफ दिनुपर्दछ यदी कुनै कुरा ढाँटेको भेटिएमा धेरै बर्ष पछी पनि claim नपाउने सम्मको स्थिती आउन सक्छ।
    अन्त्यमा,
    केही पनि इन्सुरेन्स कभरेज नहुनु भन्दा थोरै रकमको कभरेज भएपनी लाईफ इन्सुरेन्स किन्नु बुद्धिमानी निर्णय हुन्छ । आज पैसा छैन भनेर पोलिसी लिन ढिला गर्दा भोली स्वास्थ्यको कारणले पोलिसी किन्न नपाउने स्थिती पनि हुनसक्छ । इन्सुरेन्स किन्नु भनेको उदाहरणको लागी आफ्नो घर वा गाडी राम्रोसँग lock गर्नु अथवा आर्थिक रुपमा  अतिरिक्त सेफ्टी वाल लगाउनुजस्तै हो । इन्सुरेन्सले आँफैमा कुनै भैपरी आउने घटनालाई रोक्न त सक्दैन तर त्यो घटना वा दुर्घटनाबाट आईपर्ने आर्थिक समस्यालाई कम गर्नको लागि सहयोग गर्छ ।
    त्यसैले आफ्नो परिवारलाई हुनसक्ने आर्थिक संकटलाई लाई बढी महत्व दिउ किनकी परिवारको  financial well-being कुनै महङ्गा आईफोन,ठुलो घर,राम्रो गाडी वा महँगो कम्प्युटर भन्दा कैयौ गुणा उच्च हुन्छ ।
    घरजग्गाको मुल्य अत्यधिक बढेको यो समयमा इन्सुरेन्सको महत्व झन बढी हुन आउंछ  । हाउजिङ  बजारमा  आधा मिलियन वा बढी मुल्यमा घरजग्गा किन्दा कम्तिमा CAD ४०-५० डलरको महिनावारी तिर्ने गरी लाइफ/मोर्गेज इन्सुरेन्स गर्दा पनि  भबितब्य केही हुन गएमा परिवारको आर्थिक संकट  कम गर्न सकिन्छ ।

    इन्स्योरेन्स सल्लाहकार हेमराज पाण्डेयसंग गरिएको कुराकानीमा आधारित ।

    (थप जानकारी चाहिएमा  647-338-7776 मा उहांलाई सम्पर्क गर्न सक्नुहुनेछ)

    Save