CanadaKhabar.com

Thursday, March 28, 2024 -
  • क्यानाडा पढ्न आएकी नर्सिङ विद्यार्थी डंगोलको मृत्‍यु

    क्यानाडाखबर संबाददाता – टोरोन्टो,क्यानाडा । 

    उच्च शिक्षा अध्यायनका लागि क्यानाडा आएकी नेपाली विद्यार्थी शर्मिला डंगोलको असामहिक निधन भएको छ । शनिबार बिहान घरमै बसिरहेको बेला उनको अकस्मात मृत्‍यु भएको हो ।  श्रीमान् सहित तीन महिना अघीमात्र क्यानाडा आएकी डगोल मिसिसागास्थित सिआरडी  कलेजमा पिसएसड्ब्लु (नर्सिङ) पड्दै आएकी थिईन् ।

    परिवारस्रोतका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य थियो,घरको नियमित काम संगै कलेज आउने जाने गर्थिन, अनोपेक्षित यो निधन ह्रदयघातका कारण  भएको हुनसक्ने परिवारको संका छ । यद्धपी , पोस्टमार्टमको रिपोर्ट नआएसम्म मृत्‍युको कारण भने अहिले नै भन्न सक्ने अवस्था छैन । पोस्टमार्टमका लागि उनको मृत शरीर फोरएनसिक हस्पिटल टोरोन्टो लगिएको छ ।

    शोकाकूल परिवारलाई राहत दिलाउन एनआरएन क्यानाडाले यहाँस्थित नेपाली समुदायलाई सकेको आर्थिक सहयोग गरिदिन आव्हान समेत गरेको छ । क्यानाडाको ब्राम्टोनस्थित एक नेपाली परिवारको घरमा बस्दै आएकी शर्मिला ललितपूर पाटनकी हुन् ।