CanadaKhabar.com

Saturday, April 20, 2024 -
  • अमेरिकामा जुट्दै कांग्रेसीहरु, भर्जिनियामा अधिबेशन सम्पन्न

    क्यानाडाखबर संबाददाता – अमेरिका ।
     
    भर्जिनिया राज्यको मनासस शहरमा आयोजना गरिएको नेपाली  जनसम्पर्क समिति, अमेरिकाको प्रथम साधारण सभा एकताको संदेश प्रबाह गर्दै  सम्पन्न भएको छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा  खानेपानी तथा सरसफाई मन्त्री जीवन बहादुर शाही प्रमूख अतिथि रहेको सो कार्यक्रम मा भर्जिनिया  राज्यका कोंग्रेसम्यान, नेपालका लागि अमेरिकी पूर्व राजदूत स्कट देलिशी, अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कार्की, कांग्रेस नेता त्रैलोक्य प्रताप सेन, महाबाणिज्य दुत प्रेमराजा महत, अवैतनिक दुत खगेन्द्र जी सी, नेपाली जनसम्पर्क समिति, क्यानाडाका महामन्त्री एबं क्यानाडियन मामिला सम्बन्धी प्रमूख दीपक मोहन भट्टराई, एनआरएन अमेरिकाका प्रेसिडेन्ट डा. केशब पौडेल लगायतलाई अतिथिको रुपमा निम्त्याईएको थियो ।  सभापति आनन्द बिस्टको सभापतित्वमा भएको कार्यक्रम अमेरिकाका सबै राज्यबाट आएका प्रा:य  सहभागीहरुले  नेपाली काँग्रेसको चुनाब चिन्ह रूख अंकित झोला, र ब्याच लगाई नेपाली दौरा सुरुवाल लगाएका थिए ।

    कार्यक्रममा बरिष्ठ उपसभापति धनन्जय नरसिंह केसी, संगठन बिभाग प्रमूख बेद खरेल, एनआरएन अमेरिका का प्रेसिडेन्ट डा. केशब पौडेल लगाएत, प्रमूख अतिथि, र आमन्त्रित अतिथिहरुले कार्यकम सफलताको सुभकामना ब्यक्त गरेका थिए
    बरिष्ठ उपसभापति धनन्जय नरसिंह केसीले छलफल र सम्बादलाइ  आफुले सकारात्मक रुपमा लिएको र यसलाई संस्थाको बिबादको रुपमा बुझ्न नहुने कुरा बताए भने  उपसभापति भगवान मैनालीले चुनाब हारेपछि बिबादको बहाना बनाइ काठमाडौँमा गएर  नेताहरुको ढोका चाहार्ने प्रबिर्ती को अन्त्य हुनु पर्ने बताए ।
    सभापति आनन्द विष्टले साधारण सभाले संस्थाको बिधान समयानुसार संसोधन गर्ने  बताए भने क्यानाडा बाट आएका अतिथि महामन्त्री दीपक मोहन भट्टराईले जनसम्पर्क समिति अमेरिकाले सबै संस्थाहरुलाइ समेटेर छाता संगठनको रुपमा आफुलाई स्थापित गर्न सकोश भन्दै सुभकामना दिए।
    कार्यक्रममा प्रबासी नेपाली मंच अमेरिका, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि समेत सहभागी थिए ।
    मन्त्री जीवनबहादुर शाही र राजदुत अर्जुन कार्कीले जनसम्पपर्क समितीको अधिवेशन सफलताको शुभकामना दिएका थिए । एनआरएन अमेरिकाको आसन्न निर्वाचनका उम्मेद्वारहरुले कार्यक्रमको मौका छोप्दै आ-आफ्नो पक्षमा भोट माग्न समेत भ्याए ।