CanadaKhabar.com

Friday, April 19, 2024 -
  • प्रसाद लामिछानेको नयाँ गीत ‘यो मन बन्छ पागल’ सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । प्रायः लोकदोहोरी गीतहरु गाइरहने सर्जक प्रसाद लामिछानेको नयाँ गीति एल्बम बजारमा आएको छ । ‘यो मन बन्छ पागल’ बोलको गीत बजारमा आएको हो ।
    अत्यन्तै मार्मिक शब्द लेख्न सिपालु लामिछानेले यो गीतमा आफैंले मोडलिङ गरेका छन् । गीतमा हरेक दर्शक श्रोताको आँखा रसाउने शब्द अनि त्यस्तै मिठो लय प्रस्तुत गरेका छन् ।
    गीतको भिडियोमा सर्जक लामिछाने र कमलाले अभिनय गरेका छन् । गीतमा दुर्गा पौडेलको निर्देशन रहेको छ भने सुजन शाहीले सम्पादन गरेका छन् ।
    प्रसाद डिजिटल म्यूजिकले बजार व्यवस्थापन गर्ने यस गीतलाई मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा डयो फाइनल गरेको लामिछानेले बताए ।