CanadaKhabar.com

Thursday, April 25, 2024 -
  • UPDATE : काठमाडौँमा एमालेको अग्रता, साझा र विवेकशीलले कांग्रेसलाई उछिन्यो

    काठमाडौँ, जेठ १ – मुचुल्कामा उल्लेख भएको भन्दा मत बढी देखिएपछि पत्र भेटिएपछि रोकिएको काठमाडौँ महानगरको मतगणना पुनः शुरु भएको छ ।

    काठमाडौँ महानगरको वडा नम्बर १ मा कुल मतदाता ३१६० रहेकोमा २३३२ मत खसेको थियो । तर, मतपेटिकामा त्योभन्दा बढी मतपत्र भेटिएपछि मतदान केही बेर स्थगित भएको थियो ।

    तर, अहिले फेरि मतगणना सुचारु भएको छ । झण्डै दुई बज्न लाग्दा शुरु भएको हो ।

    काठमाडौं महानगरपालिकाका १६९ पदका लागि ८६७ को उम्मेदवारी परेको छ ।

    प्रमुखमा २८, उपप्रमुखमा १३ जनाको उम्मेदवारी परेको काठमाडौमा एमाले राप्रपा गठबन्धन बनेको थियो ।

    मेयरका उम्मेदवार

    नेपाली कांग्रेसका राजुराज जोशी – २३ मत

    माओवादी केन्द्रका सर्वोत्तम डंगोल – २ मत

    एमालेका विद्यासुन्दर शाक्य – ३५ मत

    साझा पार्टीका किशोर थापा – २६ मत

    विवेकशील नेपाली पार्टीका रञ्जु दर्शना – २५  मत

    नयाँ शक्ति/संघीय समाजवादी फोरमका पवित्र बज्राचार्य – २ मत
    उपमेयरका उम्मेदवार

    नेपाली कांग्रेसका हरिप्रभा जोशी खड्गी — ४१ मत

    माओवादी केन्द्रका सुशीला पौडेल — २  मत

    राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठ — २३ मत

    साझा पार्टीका निरुपमा यादव — १२ मत

    एमाले उपमेयर–४९