CanadaKhabar.com

Thursday, April 25, 2024 -
  • क्यानाडामा नेपालीले ‘5K Walk’ गर्दै

    क्यानाडाखबर संवाददाता ।
    एआरएन क्यानाडाले ‘स्वस्थ रहौं’ भन्ने नारा सहित `5Kwalk`(५ किलोमिटर वाक) गर्दै छ । भोली अर्थात आइतबार बिहान ९ बजे ब्राम्टोनस्थित इटोविके क्रीक ट्रिल पार्कमा हुने कार्यक्रममा टोरोन्टो आसपासमा बसोबास गर्ने नेपाली समुदायलाई सहभागीताका लागि आमन्त्रण गरिएको एनआरएन क्यानाडाका प्रवक्ता किस्मत भण्डारीले बताए । ‘कार्यक्रमको सम्पूर्ण तयारी सकिएको छ ।

    सबै उमेर समुहका मनिसहरु यो वाक मा सहभागी हुन सक्नेछन् , यो हामी सबैको साझा कार्यक्रम भएकाले सफल बनाउन एनआरएन क्यानाडा अनुरोध गर्दछ’ उनले भने ।

    बिहान ९ बजे बाट सुरु हुने कार्यक्रम करिव २ घण्टामा टुङ्गिनेछ । लालिगुरांस स्पोर्टस क्लबसंगको सहकार्यमा यो कार्यक्रम हरेक वर्षको मे मा हुने गर्छ ।

    Save

    Save