CanadaKhabar.com

Tuesday, April 16, 2024 -
  • साईकल संग जोडीएको राष्ट्रियता !

    टोरोन्टो , क्यानडा ।
    करिब ४५०० सहभागीहरुको उपस्थितिमा आगामी जुन १० र ११ तारिखमा क्यानडाको टोरोन्टोमा हुनगईरहेको The Enbridge Ride to Conquer Cancer नामक कार्यक्रममा नेपाली प्रदीप मरहट्टाले सहभागिता जनाउने भएका छन् उनका दिबंगत बुवा टोपदत्त मरहट्टाको स्मृतिमा प्रिन्सेस मार्गरेट क्यान्सर सेन्टरका लागि २,५०० डलर रकम सङ्कलन गर्ने लक्ष्य सहित सहभागिता जनाउन लागेका मरहट्टाले टोरोन्टोदेखी निएग्रा फल्ससम्म करिव २०० सय किलोमिटरको यात्रा तय गर्दैछन् ।

    The Enbridge Ride to Conquer Cancer ले साइकल यात्रा अभियानको  १०औ बार्षिकी मनाईरहदा यो वर्षदेखी नेपाली समुदायको प्रतिनिधित्व गर्दै आफ्नो बलियो उपस्थिती उनले जनाउने छन् ।

    यो सहभागिताले एकातिर बिश्वभर आतंकको रुपमा फैलिरहेको क्यान्सर रोगको बिरुद्धमा एउटा जिम्मेवार अन्तरास्ट्रिय नागरिकले निभाउन पर्ने भूमिका निर्बाह गरेको र अर्कोतिर टोरोन्टोदेखि निएग्रा फल्ससम्मको साइकल यात्रामा नेपालको पर्यटन बिकासमा टेवा पुग्ने खालका पम्प्लेट र ब्रोसरहरु वितरण गर्दा नेपाल प्रतिपर्यटकहरुको आकर्षण बढाउन सकिने कुरामा बिस्वस्थ छन उनी ।

    समाजसेवालाई आफ्नो प्यासनको रुपमा लिने प्रदीपले यो भन्दा अगाडी स्कटल्याण्डको एडिनबरामा भएको म्याराथनमा अन्य ३ जना नेपालीहरुको साथमा सहभागी भएर नेपालको मुगुमा रहेको मुर्मा हेल्थ पोस्टको लागि करिब ५ लाख रुपैया सहयोग गरिसकेका छन् ।

    क्यानडाको टोरोन्टोमा अबस्थित प्रिन्सेस मार्गरेट क्यान्सर सेन्टर बिश्वको ५ उत्कृष्ठ क्यान्सर अनुसन्धान केन्द्र मध्य एक मानिन्छ ।

    गत साल करिब ४२०० सहभागीहरुको बीच भएको यस्तै साइकल यात्राले १७.५ मिलिएन डलर रकम सङ्कलन गरेर क्यान्सर अनुसन्धानमा ठुलो टेवा पुगेको तथ्यलाई आत्मसाथ गर्दै यो बर्ष पनि उक्त अनुसन्धान केन्द्रले सम्पूर्ण सहभागीहरुबाट यस्तै अपेक्षा राखेको हुनाले आफुले पनि स्वभाबिक रुपमा नेपाली समुदायबाट सहयोग र सद्भावको आशा उनले राखेका छन् ।

    सबै च्यारिटेबल डोनेसनहरु Tax deductible हुनेहुदा आफ्नो आम्दानीको आधारमा आफुले सहयोग गरेको रकमको ७५% सम्म Tax फिर्ता हुनेहुदा उक्त यस्ता सामाजिक कामको लागि सहयोग गर्न चाहने व्यक्ति वा संस्थाहरुले तल दिइएको लिंकमा गएर खुला हृदयले सहयोग गरिदिन उनले सबै क्यानाडाबासी नेपाली समुदायलाई अनुनय गरेका छन्  साथै अन्य केही जानकारी आबश्यक परेमा उनको टेलिफोन नंम्बर  ६४७-५७२- ९०९६ मा सम्पर्क गर्नको लागि समेत उनले अनुरोध गरेका छ्न् ।

    http://www.conquercancer.ca/site/TR/Ride/Toronto2017?px=4200805&pg=personal&fr_id=1581

    Save