CanadaKhabar.com

Wednesday, April 24, 2024 -
  • ‘कारासागा’ मल्टिकल्चर फेस्टिवलमा नेपालको प्रचार-प्रसार गरिदैं

    क्यानाडाखबर संबाददाता ।
    आउंदो हप्तादेखी क्यानाडाको मिसिसागामा हुने मल्टिकल्चर कार्यक्रम ‘कारासागा मल्टिकल्चर फेस्टिवल’मा नेपाली समुदायबाट भाग लिइने भएको छ ।

    क्यानाडाका लागि नेपाल पर्यटन सद्भावनादुत एनबी टन्डनको पहल नेपालीहरुको समुह कारासागामा सहभागी हुँदैछ ।  हरेक देशका विभिन्न रितीथिती,संस्कृति,भेषभूषा झल्कने प्रस्तुतीहरु कार्यक्रममा देखाइने छ ।

    डान्सको तयारी पछी सामुहिक तस्विर खिच्दै ।

    क्यानाडाले हरेक वर्ष प्रत्यक सिटीमा यस्ता कार्यक्रम गर्दै आएको छ । यो वर्ष नेपालको पहिचान झल्कने विषेश समुह नाच,झांकी,नेपालको मौलिक हस्तकलाका सामाग्रीहरु सहित आफ्नो सहभागीता जनाउन लागिएको एनबी टन्डनले बताए । ‘हजारौं बिदेशीहरु भिड लाग्ने यो मेलामा हामी आफ्नो मौलिक पहिचान सहित सहभागी हुँदैछौं प्रवासमा नेपाल चिनाउने र नेपाल घुम्न जानका लागि बिदेशीहरु आग्रह गर्ने यो राम्रो प्लेटफम हो उनले भने । ‘

    हजारौं सहभागीहरु चहलपहल हुने यो कार्यक्रममा नेपालका विभिन्न जातजातीले लगाउने भेषभूषा सहित गायक पूर्ण नेपालीको अगुवाइमा २० जनाको समुहले नेपाली राष्ट्रिय गीतमा सामुहिक नाच देखाउनेछन् ।

    ३ दिन सम्म चल्ने यो कार्यक्रम यही शुक्रबार (अर्थात मे २६ ) सांझ ६ बजे उद्घाटन हुँदैछ ।

    डान्सको तयारी अभ्यास

     

     

    Save

    Save

    Save