CanadaKhabar.com

Friday, March 29, 2024 -
  • भाइ बहिनी हो एकपटक मनलाई सोध !

    प्रिय भाइ बहिनीहरु ,
    तिमी हरुलाइ सानै देखि तर्साइदै गरेको कथित फलामे ढोका अर्थात SLC परीक्षा उत्तीर्ण गरेकोमा बधाइ छ ।बधाइ यस मानेमा तिमी हरुलाइ तर्साइ रहने त्यो भुत अब तिमी हरुको नजिक पर्ने छैन ।अनुत्तीर्ण हुने भाइ बहिनीहरुलाइ नि बधाइ छ किनकी तिमिहरुको अगाडि सिङ्गो सन्सार छ तिमी रोज्न सक्छौ स्वतन्त्रताको खुल्ला बाटो जहाँ किताब पढ्नुको चाप तिम्रो रोजाइ अनुसार मात्र हुनेछ नत्र तिमि आफ्नो साम्राज्य आफै निर्माण गर्न सकनेछौ जुन बाटो मा तिमिलाइ तगारो बन्ने गणित का सुत्र हुने छैनन न त हुनेछ्न पटक्कै सम्झन नसक्ने अङ्ग्रेजी ग्रामरका पट्यारलाग्दा सुत्रहरु।मात्र तिम्रो मेहनत केन्द्रित हुनेछ तिम्रो रुचिको फिल्डमा।

    नतिजा प्रकाशन संगै उत्तीर्ण हुने भाइ बहिनी हरु खुसियाली मा केही समय ब्यतित गर्नेनै छौ ।क्रीपया फेल भएका भाइ बहिनिहरु पनि निराश हुने छैनौं किनकी तिमीहरुको जिन्दगी SLC को पास फेल ले मात्र निर्धारण गर्नेछैन ।म दाबाका साथ भन्न सक्छु तिम्रो जीवन SLC पछि सागुरिने छैन बरु यसले तिम्रो जिबनको समुन्नत ढोका खोल्न मद्दत गर्नेछ।
    प्रीय भाइ बहिनिहरु,
    दिन हरु निकै छोटा हुनेछन ।लड्डु हरु कि साटफेर मा रमाइलै सङ्गै बित्नेछन ।तर केही समय पछि कलेज खोज को दौडधुपमा ब्यस्त हुनेछौ।तिम्रा बा आमा हरुको रुचिअनेक हुनेछन ।अझ तिम्रा स्कुल का प्राध्यापक दखि तिम्लाइ चिन्ने अनेक पात्र हरु को सुझाब तिमिले सुन्नुपर्नेछ ।तर मात्र एउटा अनुरोध तिमिले पढ्ने बिशय को छनोट मात्र तिमी आफै गर्नेछौ।।
    हो मलाइ थाहा छ यदि तिमि बिषिस्ट श्रेणी मा उत्तीर्ण भएको छौ या प्रथम ष्रेणीमा तिमीलाइ बिज्ञान बिशय पढ्न दबाब दिइनेछ ।तिमी डाक्टर या इन्जिनियर हुनुपर्छ भन्ने सुबेच्क्ष्या प्रकट हुनेछ।तसर्थ तिमि बाध्य हुनेछौ उ मा बि मा बिज्ञान बिशय रोज्न। दोस्रो श्रेणी मा उतिर्ण गरेका छौ भने ब्यबस्थापन या कला बिशय रोज्न प्रेरित गरिनेछ।
    प्रिय भाइ बहिनिहरु,
    तिमिहरुको उमेर यस्तै छ कि जहा ँभाबनाको बहाब धेरै हुनेछ।परिपक्वता लाई पारिबारिक निर्णयले निधारण गर्नेछ ।जहा ँआफ्नो ब्यक्तिगत रुचि भन्दा बडि सामाजिक प्रतिष्ठा हासिल हुने बिशय तर्फ पारिबारिक जोड रहनेछ जसलाइ तिमी आफै नकार्न सक्ने अवस्थामा हुने छैनौ।कि त आफू भन्दा सिनियर दाजु दिदी ले कुन बिशय छाने आफु पनि त्यही बिशय पढ्नुपर्छ भन्ने मान्यतामा हुनेछ्यौ या त बुबा आमा जे भन्नू हुन्छ त्यही पढ्नुपर्छ भन्ने निश्कर्शमा पुग्नेछ्यौ।
    तिम्रो दाजु हुनुको नाताले मेरो एउटै मात्र सल्लाह छ जीवन नितान्त तिम्रो ब्यक्तिगत हो भलै त्यहा अनेकौं सम्बन्धहरु जोडिएका होउन ।तिमी बर्तमान मा जुन कुरामा रमाउन चाहनछ्यौ भबिश्य त्यसैमा ढकमक्क फुलाउन सक्नेछ्यौ।तिम्रो रुचि र कर्मको तालमेल मिलेन भने खुशी सफलता कहिले हात पर्ने छैन ।यो तिम्रो दाजु को नितान्त ब्यक्तिगत अनुभव हो ।आशा छ यश बाट केही पाठ तिमीहरु सिक्न सक्छ्यौ।
    हाम्रो जस्तो बिकासोन्मुख देसमा शैक्षिक योग्यता हासिल गर्दैमा रोजगारी को ग्यारेन्टी हुन्छ भन्ने कल्पना सर्बप्रथम तिम्रो मस्तिष्क बाट हट्न जरुरी छ।यदि तिम्रो परिबार र समाज लाई ग्यान हासिल गर्नु र जिबिका निर्बाह को लागि जागिर अथवा ब्यबसाय गर्नु नितान्त फरक कुरा हो भन्ने बुझाउन सक्ने भयौ भने मात्र पनि तिम्रो एकाडेमिक जिबन सफल हुनेछ।हामी सङ्ग रोजगारी को सुनिस्चित हुने धेरै खाले बिषय हरु को प्रयाप्त पठनपाठन को ब्यबस्था त छैन तर पनि पारिबारिक स्थिती र तिम्रो आफ्नै रुचि अनुसार केही बिषय हरु जस्तो जेटिए, डेन्टिस्ट, ओभरसियर ,अमीन लगायत केही केही छनोट गर्न सक्छ्यौ जसले छोटो अबधीको पढाई मार्फत रोजगारी प्रदान गर्न सक्छ्न।
    पढाइ र सिकाइ निरन्तर चलिरहने प्रक्रिया हो भन्ने अबश्य बुझेकै छौ ।यो लामो ग्यान प्राप्ति को यात्रा सोछे जत्तिकै सजिलो पनि नहुन सक्छ ।निकै उतारचढाव पुर्ण दिन हरु बाट गुज्रने छौ ।धैर्यता र परिश्रम को परिक्षण एकै पटक हुने छ।त्यसमा पास हुन सक्यौ भने मात्र पनि आधा यात्रा सुखद हुनेछ ।
    अब भोलि देखि नै तिमी हरुको ब्यापार सुरु हुनेछअर्थ शास्त्री हरु छाडा दलाल पुजिबाद्को वकालत मा रात दिन लागेकै छन् ।तिम्रा कलिला दिमाग ले यति अझै नबुझे पनि त्यसको प्रत्यक्ष अनुभव तिमी आफै गर्नेछौं ।सायद ब्रीज कोर्स का नाममा कुनै सस्था मा पुगेकै या पुर्याइएकै होलाउ।आज का गुरु हरु पनि अलि स्वार्थी भएका छन ।तिम्रो पहिलो ब्यापार तिनै गुरु हरुको हात बाट हुनेछ तिमिलाइ त्यहा पुर्याए बापत केही रकम कमिसन गुरु हरुको हात मा पर्नेछ ।भलै सबै एकै खालका नहोलान तर अधिकाम्श आधुनिक भनिने स्कुल का मालिक हरु यो धन्दा मा लाग्ने नै छन ।
    त्यहा बाट पुन तिमीहरु लाइ बिक्री गरिनेछ।थरी थरी रङ्ग का ब्रोसर सहित कलेज वाला आउने छन ।अनेक सुबिधा भएको प्रचार गर्ने छन ।ल्याब, library ,teacher आफ्नो कलेज मा मात्र उत्कृष्ट भएको भान पार्ने नै छन ।जस्तो कि सन्सार का चमत्कारिक scientific finding तिनकै प्रयोगशाला मा गरिएको होस।तिम्रो मोलमोलाइ गर्ने क्षमता मा नै कलेज लाई तिर्नु पर्ने फि को निर्धारण हुनेछ ।
    कुनै सरकारी नियम कानुन को त्यहा कुनै पालना गर्नु पर्ने आबश्यकता हुने छैन । किनकि तिम्रा हुनेवाला कलेज मालिक हरु अत्यन्त पहुच दार हुनेछन् । कि कुनै दलका नेताको लगानीहुनेछ ।कि सरकार का ठुला कर्मचारी हरुको ।
    यो गोल चक्कर दुनिया मा प्रवेश गरेपछि निकै कुरा बुझ्दै जानेनै छौ तर त्यस भन्दा अगाडि आफ्नै सुझबुझ र अभिभावक को सल्लाह महत्वपूर्ण हुनेछ । कुन बाटो हिड्ने कुराको तय गर्नु पहिला एकपटक अबस्य आफ्नो मन लाई सोध्ने नै छौ ।
    उज्वल भबिश्यको कामना सहित ।
    तिम्रो दाजु ।

    खिम पन्थी 

    (पन्थी युवा बैज्ञानिक हुन् । )