CanadaKhabar.com

Thursday, April 25, 2024 -
  • एनआरएनलाई कसरी जनमुखी बनाउने !

    माधव गजुरेल

    संसारभर छरिएर रहेका ६० लाख भन्दा बढी नेपालीहरूको दुःख सुखमा हातेमालो गर्ने, आ-आफनो क्षेत्रबाट सकेको सहयोग जन्मभूमिलाई गर्ने साझा संस्था हो यो ग़ैरआवसिय नेपाली संघ । क़रीब १४ वर्ष पहिले हाम्रा अग्रजहरूले संसारभर छरिएर बसेका नेपालीहरूलाई एउटै छाता मुनि संगठित गर्ने अभीप्रायले ग़ैर आवसिय नेपाली संघ ( एन॰आर॰एन) को परिकल्पना गरीएको थियो । आजसम्म आईपुग्दा संगठित गर्ने मात्र नभै प्रवासी नेपालीहरू बीच मात्र नभै मातृभूमि नेपालको लागी ठूलो कामगर्ने संस्था भएको छ । स्थापना देखी हालसम्म आएपूग्दा यो साझा संस्थाले दोहोरो नगरिकता, मुनाफ़ाको लागी सामूहिक लगानी, सामाजिक कल्याणकारी हितका कार्यहरू, प्राकृतिक प्रकोप तथा पुनर्निर्माण, पर्यटन प्रबर्धन साथै मातृभूमिलाई आ-आफनो क्षेत्रबाट संसारभर चिनौने कार्यहरूका उदाहरणहरूका साथै एन॰आर॰एन॰को कार्यक्षेत्रको दाहेरा र चुनौतीहरू पनि बढ्दै छ । सबैभन्दा ठूलो चुनौती यस पवित्र संस्थालाई राजनीति जस्तो छली कपटी खेलबाट बचाऊँनु, व्यक्तिगत तथा कहि निजी समूहगत स्वार्थ बोकेका व्यक्तिहरू मात्र नभै सम्पूर्ण युवा शक्ति र परिवर्तन चाहने बहुसांख्यक डायस्परालाई साधारण तथा आजीवन सदस्यता र अन्य मध्यम बाट यस संस्थामा आबद्द गराऊनु छ; र अन्य विविध कारणले गर्दा धेरै साथीहरूको यस पवित्र संस्था प्रति पर्नजाने वा परेको नकारात्मक प्रभाव हटौनु र सुस्ताऊँन लागेको एन॰आर॰एन॰ लाई जगाऊनु रहेको छ ।

    सन् २००३ को October ११ देखी १५ सम्म २५० जती गैरआवशी नेपाली र ३०० जती आवशी नेपालीहरूको सहभागितामा ‘नेपालीको लागी नेपाल’ नारा सहित पहिलो सम्मेलन बेलाएतको London भयो । हुन त यस संगठनको परिकल्पना स्वरूप बिज़रोपणको लागी रूसमा पटक-पटक तथा छलफल भएको थियो । तसर्थ एन॰आर॰एन॰ को गर्भ रूसमा बस्यो र सिशु बेलाएतमा जन्मियो भन्दा अतियुक्ती नहोला । सन् २००७ मा पहिलो ग़ैरआवसिय विधेयक ड्राफ़्ट भयो । दोस्रो पटक २००९ मा पहिलो मुख्खे परिमार्जन भयो, सोही विधानले हालको नेपालको संबिधानसंगत भै सोही निरन्तरता पाएको छ । त्यो समय देखी झन्डै १४ वर्ष बितिसक्यो । र यस समयभर यो संघठनको बिस्तार विश्वोभर ७५ देशमा फैलिसकेको छ, र संघठन विस्तार जारी छ । र धेरै महत्वपूर्ण कामहरू गर्दै आएको छ ।

    प्रवासमा रहेक़ा नेपालीहरूले NRNA मार्फत नेपालमा लगानी गर्दै विकास-निर्माणमा ठूलो सहयोग पुरौन सक्छन भन्दा अनौठो मनिन्थ्यो । आज आएर यत्रो ठूलो नेपोलीको संख्या बिभिन्न कारणले प्रवासमा पाँउदा; त्यसमाथी पनि बिभिन्न कालखण्डमा आइपर्ने आपत-बिपत र प्रकोपमा तत्काल राहत सहयोगको व्यवस्थापन गर्दै ठूलो धनराशिको लगानीको कारणले NRN लाई आज भिन्दै शक्तिको रूपमा हेरिएको छ । प्रवासी नेपालीको संग्लगनता र शक्तिलाई ध्यानमा राख्दै नेपालको संबिधान २०७२ को भाग २ परिक्षेद १९ मा आर्थिक, सांस्कृतिक र सामाजिक अधिकार सहितको दोहोरो नागरिकताको प्रत्याभूति भैसकेको छ; यो उपलब्धि गैर-आवशीय नेपालीहरूको लामो संघर्षको उपलब्धि हो ।

    अब कुरा गरौ राजनीति गन्धा खेलले एन॰आर॰एन॰ मा क़ब्ज़ा जमाएको जनमानसमा निराश पैदा गरेको भन्ने प्रशंग । राजनीति भनेको समाज सपार्न, जनताको मौलिक हक अधिकार क़दर गर्न, राज्यको साशान प्रणालीको निर्धारण र व्यवस्था गर्न, राष्ट्रीय-अन्तराष्ट्रीय कूटनीति तय गर्न, सम्बन्ध र व्यापार बिस्तार गर्ने जस्ता महत्तापूर्ण नीति व्यवस्था तय गर्ने साधन र साध्य दुबै हो राजनीति एक सिङ्गो देशको सबालमा । सत्तापक्षलाई रचनात्मक सल्लाहा सुझाव दिन, ग़लत र दूरगामी असर पर्ने प्रस्ताव पारित गर्नबाट बचाऊँन प्रतिपक्षको भूमिका आवश्येक छ राजनीतिमा । यस्तो नीति कुन मानव समुदायलाई आवश्येक छैन र ? तर प्रवासमा बस्ने नेपालीहरूको लागी यो पवित्र संस्थालाई नै कमजोरी पर्ने गुट-उपगुठ आवेश्येक छैन । यो संगठनमा राजनीतिलाई साध्य होईन केवल साधनको रूपमा केवल निर्वाचन अवधिभरलाई मात्र लिनुपर्छ । यही हुनसक्छ उपयुक्त मध्यको एक महत्वपूर्ण वातावरण एन॰आर॰एन॰ मा प्रतक्ष चासो र आबद्द नहूनेहरूलाई एकत्रित गर्ने, र बहुशंख्याकमा सकारात्मक छाप पार्ने कड़ी ।

    तन मन र वचनले ह्रदयमा समुदाय र समाजको सेवा र भावना बोकी आफ्नो पेसा तथा परिवारबाट अलिकती समय समय, सिप र कमाईको केहि हिस्सा समुदायको समस्या समाधानमा प्रयोग गर्ने व्यक्तिलाई नेताकोरूपमा चाहेको छ एन॰आर॰एन॰ ले । प्रवासी सरकार र नेपाली कूटनीति नियोग ( Embassy) संग समन्वय गर्न आवश्येक पर्ने भषिक लगाएतका अन्य दक्षेता भएको व्यक्तिलाई खोजेको छ एन॰आर॰एन॰ ले । पूँजीमात्र नभै विश्वभारीबाट सिकेका सिप र ज्ञान नेपालमा भित्र्याउन पहल गर्न सक्ने नेत्रित्यो खोजेको छ एन॰आर॰एन॰ ले । अबको केन्द्रीय र प्रत्येक राष्ट्रीय NCC नेतृत्योले आर्थिक सम्मुनती र सहयोगको कुराका साथसाथै प्रज्ञिक छलफल, खेलकूद विकास, पेशागत विकासका बारेमा मन्थन गर्ने साझा चौतारीको आधारको थलोको रूपमा कार्यक्रम दिन सक्ने टीम खोजेको छ यस संघठनले ।

    अब एनआरएनए Canada को चुनावी माहोल बाढ्दै जँदा चर्चा गरौं पूरा Canada मा नेपालीको अवस्था र समस्य कस्तो छ र एन॰आर॰एन॰ प्रति गरीएको संभावित अपेक्षाको बारेमा । सन् २००८ मा Canada मा बिधिवतरूपमा स्थापना पश्चात अनवरत रूपमा आफ्ना क्रियाकलाप नेपाली समाजमा गरौदै आएकोछ एन॰आर॰एन॰ Canada ले । उत्तिकै रूपमा स्थानीय स्थरका संघ-संगठनहरू आफ्नो गतिविधि बढ़ाएई रहेका छन । अगाडि बढ़्ने क्रममा यी संघठन र एन॰आर॰एन॰ बीच तालमेल कम भएको जस्तो देखिन्छ । दैवीप्रकोप र आपतक़ालीन समस्यामा प्रतक्षरूपमा श्वदेश र प्रवासी नेपालीलाई थोरै भय पनि राहत मिलेको छ एएन॰आर॰एन॰ र अन्य संस्था मार्फ़त । तर नितान्त नयाँ आगन्तुकलाई सहयोग गर्ने गरी औपचारिक रूपमा ‘Newcomer Help Desk’ को स्थापना भयएको छैंन, यसलाई ध्यान दिनु पर्ने छ । यसैगरी Kathmandu मा बन्दै गरेको एन॰आर॰एन॰ मुख्यालयलाई ठुलाे धनराशिको सहयोग गर्ने, GTA मा समुदाय भवन आवश्येक़ ठानीएको र सुरूवात गरिएको यो प्रोजेक्टलाई मूर्तरूप दिने, GTA को मुटूमा अवस्थित सम्पूर्ण नेपालिको धार्मिक आस्था बोकेको पशुपतिनाथ मन्दिरलाई समुदायको बढ़्दो जनघनत्तोलाई ध्यानमा राख्दै ठूलो र ख़ुल्ला ठाऊ उपलब्धता गरौने बाध्येता, दशवोटै Provinces मा यस संगठको चुस्त बिस्तार गर्नू पर्ने छ । एन॰आर॰एन॰ मा भएका विकृति र बिसंगती शुद्धीकरण गरी व्यवस्थित पार्नु र सबैमा एसको आवश्येकताको चासो जगाउनु । वास्तवमा अन्य संघ-संघठनको तालमेल नहुनुले एन॰आर॰एन॰ जस्तो Global संस्था छायाँमा परेको भान हुन्छ सबैलाई । यी सबै लागायेतका अन्य समस्याहरूलाई सम्बोधन गर्ने व्यक्तित्व र टिमलाई खोजेको छ एन॰आर॰एन॰ क्यानडाले ।

    साथै NCC सदस्यहरू चुनिदा मतदाताहरूले प्रतक्षे सोही पदमा Canada भरीबाट समयको अवभाव र यो देशको कामको प्राकृतिको बाध्येताले, अनलाइन मार्फ़त मत जाहेर गर्ने तर्फ आवाज़ उठेको र अबको नेतृत्योले यसतर्फ पनि ध्यान दिनुपर्ने देखिंन्छ नयाँ बन्ने नेत्रित्वले । पूरानो नेतृत्वोमा देखिएका कमीकमज़ोरीलाई ध्यान दिदै सो नदोहोर्याई एन॰आर॰एन॰ कूनै समूहको नभै सबैको साझा हो भन्ने अनुभूति दिलाऊँन सक्नु पर्छ अबको नेतृत्योले । समग्रमा, अबको नेतृत्वोले जनमुखी कार्यक्रमहरू अगाडि सार्दै एन॰आर॰एन॰ चार्टरको मूल मर्म र भावनालाई प्राप्त हूनेगरी काम गर्नू अपरिहार्य छ ।

    (गजुरेल आसन्न एनआरएन क्यानाडाको निर्वाचनमा ब्राम्टोन क्षेत्रमा सदस्यको उम्मेद्वार हुन् ।)

    Save

    Save