CanadaKhabar.com

Tuesday, April 16, 2024 -
  • मेरो अनुभवलाई सामाजिक हितका लागि प्रयोग गर्न चाहन्छु – ज्ञवाली

    प्रकाश क्षेत्री – क्याल्गरी ब्युरो ।

    एनआरएन क्यानाडाको केन्द्रिय उपाध्यक्षको दावी सहित पश्चिम क्यानाडाको नेतृत्व गर्ने बताउँदै क्यालगरीका कुशुम ज्ञवालीले आसान्न चुनावका लागि आफनो उमेदवारी घोषणा गरेका छन ।
    हिजो क्यानाडाखवर क्यालगरी व्युरो संग छोटो कुराकानी गर्दै उनले भने “म संग सामुदायिक हितका लागि आर्थिक र नीतिगत काम गरेको लामो अनुभव छ । मेरो अनुभवलाई नेपाली भाषा, कला संस्कृतिको संरक्षण तथा सामाजिक हितका लागि प्रयोग गर्न चाहन्छु”

     

    क्यानाडाबासी नेपालीहरु आफैमा अनुभव र कार्यक्षमताको सहि मुल्याँकन गर्न सक्षम रहेकाले आफनो जित सुनिश्चित भएको दावी गर्दै एनआरएनको नाममा दलीय राजनीतिको अन्त्य गर्न एनआरएनको पुर्नसंरचनाको प्रस्ताव आफनो प्रमुख एजेण्डा भएको बताए । ज्ञवालीले आफना एजेण्डाहरु प्रस्तुत गर्दै नेपाल सरकारको फोरेन डाइरेक्ट इन्भेष्टमेन्ट प्लानमा क्यालगरीबासी नेपालीहरुको लगानी प्रक्रियामा सजिलै पहँुच पुर्याउन शसक्त भुमिका खेल्ने बताए ।
    पश्चिम क्यानाडामा जव कनेक्सन एण्ड इन्टरप्रेनर डेभलभमेन्ट निर्माण जरुरी रहेको औल्याउँदै उनले नेपालीहरुको कामको डाटाबेस, उस्तै काम गर्नेहरु वीचको सम्वाद, सहकार्य र सहयोग गर्ने बातावरण मिलाउन आफनो प्रमुख भुमिका रहने दावी गरे ।
    उनले क्यानाडामा नेपालीहरुको समस्यालाई आफुले सुक्ष्म ढंगले विष्लेषण गरिरहेको जनाउँदै सहकारीको अवधारणा सहित क्यालगरीमा बाल सांस्कृतिक केन्द्र स्थापना गर्ने प्रतिवद्धता जनाए । उनले भने “मलार्ई सामाजिक सेवा गर्ने आदत परिसककेको छ । सायद म जन्मिएकै समुदायको हितमा काम गर्नका लागि हो त्यसैले हारजित जे भए पनि मेरा एजेण्डाहरु म पुरा गर्ने कोशिस गर्नेछु ।”
    ज्ञवाली २०१३–१५ मा एनआरएन क्यानाडाको केन्द्रिय सदस्य तथा भाषा साहित्य विभाग प्रमुख, अन्तराष्द्रिय नेपाली समाज क्यानाडाका संयोजक लगायत दजैनौ संघ संस्था संग आवद्ध छन ।

     

    Save

    Save