CanadaKhabar.com

Thursday, March 28, 2024 -
  • नेपाली पाठशालाको अभिभावक भेला सम्पन्न

    जुन २४, क्यानाडाखवर क्यालगरी व्युरो
    क्यालगरीमा सञ्चालित नेपाली पाठशालाको अभिभावक भेला तथा पुरस्कार वितरण कार्यक्रम साउथइस्ट स्थित एलिसन पार्कमा आज सम्पन्न भएको छ । पाठशालामा अध्ययनरत विधार्थीहरुलाई प्रगति वितरण तथा बाहय क्रियाकलाप गराउन उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।

    नेपाली कम्युनिटी सोसाइटी अफ क्यालगरीले नेपाली भाषा, कला र संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यले क्यालगरी बोर्ड अफ एजुकेशनको सहयोगमा प्रत्येक साताको शनिवार नेपाली पाठशाला सञ्चालन गर्दै आईरहेका छ ।
    विधार्थीहरुलाई प्रगति विवरण, ड्रेस तथा पुरस्कार वितरण गर्दै संस्थाका अध्यक्ष धुव्र राईले नेपाली भाषा कला संस्कृति संरक्षणमा अभिभावकहरुले देखाएको चासो र सहयोगको प्रशंशा गरेका थिए । उनले संस्थाको रिसोर्स सेन्टर निर्माण भए पाठशाला सञ्चालन गर्न सजिलो हुने भन्दै सवैलाई सक्दो सहयोग गर्न अपिल गरे ।
    कार्यक्रममा बोल्दै अभिभावक मनोहर श्रेष्ठले पाठशालाले बालबालिकाहरुमा नेपाली भाषिक विकास हुदै गएको भन्दै खुशी व्यक्त गरे । संस्थाले विभिन्न तीन विधा (सहयोगी हातहरु, भाषा सुधार र बेस्ट एटेन्डेन्स) मा सर्वाेत्कृष्ट विधार्थाीहरुलाई पुरस्कृत गरेको थियो ।

    सहयोगी हातहरु विद्याबाट विशिका ढुङ्गेल, अनुका कंडेल, आभा आचार्य र अर्चन कुईकेल तथा भाषा सुधार विधामा काव्या देव, सौर्य अर्याल र प्रलेष दाहाल पुरस्कृत भएका थिए । बेस्ट एटेन्डेन्स विधाबाट उत्सव ओझा र एन्जल भट्टराई पुरस्कृत भएका थिए ।
    चालिस भन्दा बढी विधार्थी रहेको पाठशालामा सञ्चालनमा निरन्तर सहयोग गरेको भन्दै शिक्षिका द्धय समा उपाध्याय र चन्द्रकला घिमिरेलाई खादा ओढाएर सम्मान गरिएको थियो ।

    संस्थाका अध्यक्ष धुव्र राईको संयोजकत्व सम्पन्न कार्यक्रम श्रीकान्त अर्यालले सञ्चालन गरेका थिए । कार्यक्रममा संस्थाका सचिव दिनेश अधिकारी, उपाध्यक्ष कमल भट्टराई, मिडिया कोर्डिनेर प्रविना भण्डारी, विभु ओझा, छवि अर्याल, विशाल ढुङ्गेल लगायतको उपश्थिती रहेको थियो ।