CanadaKhabar.com

Thursday, April 25, 2024 -
  • लिम्वु संगै झुमे क्यालगरीबासी नेपालीहरु

    जुन २६, क्यानडाखवर.कम क्यालगरी व्युरो
    पहिलो पटक क्यानाडाको क्यालगरी आएका नेपाली तारा दिपक लिम्वुले क्यालगरीका नेपालीलाई गीत गाएर आज भरपुर मनोरञ्जन दिए । सयौ दर्शकको साथ पाएका लिम्वुले हौसिदै आफना झण्ड्रै दर्जन गीत दर्शकलाई सुनाउदा वान्समोरले हल गुन्जियो ।
    मैले त्यहि भएर मन पराको गीत गाउँदै गर्दा उपश्थित दर्शकहरुले उनलाई मज्जैले साथ दिए । उनले क्यालगरी मन पराएकी नाई कुन्नी ? तर क्यालगरीबासीले भने उनका गीतहरु संगै नाचेर साथ दिए ।

    क्यालगरीको फाल्कोनरीच कम्युनिटी हलमा आधुनिक तथा फिल्मी गीत –नाई नभन्नु ल, मैले माया गर्न जानेन होला लगायतका गीतहरु गाएर उपश्थित दर्शकलाई मज्जाले नचाउन सफल भए ।
    उनलाई स्थानीय कलाकार निलम विष्ट र कोपिला लिम्वुले स्वर दिएर साथ दिए । उनी संगै स्थानीय गायक देव लिम्वु, धुव्र राई, कुल गुरुङ्ग तथा नृत्य गर्ने बहिनीहरुले स्टेज शेयर गर्दा आधारात सम्म दर्शकहरु संगै झुमि रहे ।

    किराँत याक्थुङ्ग चुम्लुङ्ग क्यानाडाले आयोजना गरेको दिपक लिम्वु नाईट ले मनोरञ्जन मात्र नभएर क्यालगरीबासी लाई जोड्ने काम गर्याे । कार्यक्रमले क्यालगरीका छुट्टै दुई नेपाली कम्युनिटीलाई एउटै ठाउँमा ल्याउन सफल भएको भन्दै आयोजक समितीका कार्यक्रम संयोजक नविन लिम्वु (न्याल्वो) ले आफु निकै खुशी भएको प्रतिक्रिया दिए ।