CanadaKhabar.com

Tuesday, April 23, 2024 -
  • ‘नेपाली समाजलाई दरिलो बनाउन मेरो उम्मेद्वारी ‘- दिनेश घिमिरे – क्याल्गरी

    प्रकाश क्षेत्री – क्यानाडाखबर क्याल्गरी ब्युरो ।

    एनआरएन क्यानाडाको आशन्न चुनावलाई लिएर क्यानाडाको क्यालगरी निकै तातिएको छ । एक पछि अर्काे गर्दै उमेदवारी घोषणा हुन थालेपछि यहाँका नेपाली बीच चुनावको चर्चा परिचर्चा हुन थालेको हो । क्यालगरीका हरेक साना तिना जमघटमा पनि उमेदवारका बारेमा वहस भैरहेको देखिन्छ ।
    केहि साता अघि क्यालगरीका माधव दुलालले आफनो उमेदवारी घोषणा गरेको केहि दिन नवित्दै अर्का उमेदवार कुसुम ज्ञवालीले पनि आफनो उमेदवारी घोषणा गरेका थिए । यहि साता साउथवेस्ट क्यालगरीबाट दिनेश घिमिरेले उमेदवारी घोषणा गरेका छन । यस संगै अव क्यालगरीमा त्रिकोणात्मक प्रतिश्पर्धा हुने देखिएको छ ।

    हालै उमेदवारी दिएका घिमिरेले मातृभुमि (नेपाल) र कर्मभुमि (क्यानाडा) बिच आर्थिक, सामाजिक, इमोसनल सम्वन्धलाई मजबुत बनाउन आफनो उमेदवारी रहेको बताउँछन । उनले नेपालीहरु हरेक क्षेत्रमा दक्ष तथा सक्षम छन भन्ने सन्देश दिन नेपाली बीचको एकतालाई आफनो पहिलो एजेण्डा बनाएका छन । उनी भन्छन ‘म ति नेपालीहरुको प्रतिनिधित्व गर्दै छु जसले बोलेर होइन गरेर देखाउन चाहन्छ । नेपालका लागि केहि योगदान गर्न चाहन्छ ।’
    घिमिरेले पुराना प्रतिनिधीले गरेका उत्कृष्ट कामलाई निरन्तरता दिने र सम्पुर्ण क्यालगरीबासी नेपालीको सुझाव र सल्लाह अनुरुप केन्द्रमा क्यालगरीबासीको पक्षमा शसक्त भुमिका खेल्ने प्रतिवद्धता जनाएका छन ।

    उनले आफनो उमेदवारी राजनीतिक प्यानलका आधारमा नरहेको स्पष्ट पार्दे आफु पार्टीगत राजनीतिबाट माथि उठेर नेपाल र नेपाली अनि प्रवासी नेपालीहरुको आर्थिक सामाजिक तथा सांस्कृतिक मुद्दामा काम गर्न चाहेको बताए ।
    इन्जिनियरिङ्ग पेशामा आवद्ध घिमिरे क्यालगरी नेपालीज कम्युनिटी एशोसिएसनमा विगत सात बर्षदेखि विभिन्न पदमा रहि काम गर्दै आईरहेका छन ।
    त्यसो त संख्यात्मक हिसावले क्यालगरीका लागि दुई सिट प्राप्त हुने अनुमान गरिएको छ । दुई सिटका लागि तीन जनाको उमेदवारीले चुनावको सरगर्मी ह्वात्तै बढेको हो । यस संगै चुनावी बहस थप रोचक र नयाँ मोडमा पुगेको छ । विशेष स्रोतका अनुसार तीनै जना उमेदवारहरु एनआरएनका सदस्य बढाउने होडमा लागेको बुझिन्छ ।

    अघिल्ला चुनावमा सहमतीका आधारमा प्रतिनिधी छनौट गरि पठाउने गरिएको थियो । क्यालगरीबाट तीन जनाको उमेदवारी घोषणा संगै यस पटक चुनाव गर्न पर्ने भएको छ । यस बारेमा बुझदा क्यालगरीका लागि एनआरएनले तोकेका निर्वाचन अधिकृत राजेन्द्र गौतमले शान्तिपुर्ण रुपमा चुनाव गराउनका लागि आफु प्रतिवद्ध रहेको बताए । उनले “सके सम्म सहमति होस भन्ने चाहन्छु तर सहमती नभए प्रजातान्त्रिक अभ्यासलाई अनुशरण गर्नुको विकल्प छैन र यसका लागि हामी पुर्ण तयारी छौं ” भने ।

    Save