CanadaKhabar.com

Friday, March 29, 2024 -
  • कसले जित्ला ब्राम्टोनको निर्वाचन !

    क्यानाडाखबर डेस्क
    टोरोन्टो, क्यानाडा ।

    एनआरएन क्यानाडाको आउंदो अधिवेशनको तयारी लगभग टुङिएको छ । अधिवेशनका लागि क्षेत्रिय प्रतिनिधिहरु छनोट गर्ने प्रकृया देशैभर चलिरहेको छ । यसैगरी क्यानाडामै सबैभन्दा बढी सदस्य भएको छ क्षेत्र ब्राम्टोनमा ७ जना प्रतिनिधिले उम्मेद्बारी दिएका छन् । आउंदो आईतबार निर्वाचन मार्फत ब्राम्टोन क्षेत्रबाट ३ सदस्य छनोट हुनेछन् । ब्राम्टोनबाट गोपी काफ्ले, किस्मत भण्डारी,पिताम्बर भट्टराई,राज महत,सुरेश रजउरे, विमला सापकोटा र सुर्य प्रकाश भट्टराई चुनावी मैदानमा उत्रिएका छन् । उम्मेद्वारहरुले मतदातासामु आ-आफ्ना प्रतिबद्दता सामाजिक संजाल मार्फत सार्वजनिक भएका छन् ।

    उम्मेद्वारहरुकै शब्दमा यस्ता छन् प्रतिबद्दता :

    किस्मत भण्डारी

    फराकिलो क्यानडाको बृहत-टोरोन्टो शहर (GTA) अन्तर्गत ब्राम्टनबासी आदरणीय नेपाली दाजुभाई, दिदीबहिनी र साथीहरु हार्दिक नमस्कार !

    “एन.आर.एन.क्यानडा” लाई क्यानडामा रहेका हामी सबै नेपालीको साझा-मजबुत (United and Strong Nepali ) संस्थाको रुपमा संस्थागत विकास गर्दै हाम्रो नेपाली समुदायको स्वाभिमान र प्रतिष्ठालाई उच्च बनाउनुका साथै यो भूमिमा रहेका अन्य समुदायसामु समेत स्पस्ट पहिचान (Visible-Identity) बनाउनु र उक्त कुरा ब्यबहारमा अनुभूति गराऊन सक्नु आजको आबस्यकता हो भन्ने मेरो अनुभव, ठ्म्म्याई र बुझाई छ।
    समाजसेवा भनेको पद-प्रतिष्ठा र लाभको लडाईको बिषय-वस्तु होइन l समाजसेवा त नितान्तरुपमा मन ,बचन र कर्मले गर्ने अतुलनीय त्याग हो साथै समर्पण र निरन्तरताको प्रतिफल हो । मनको अन्तरसंस्करणमा उठेको चेतनाको ऊर्जा ब्यबहारमा ल्याई समाजहितमा उतार्न सक्यौभने मात्र सफल र निस्वार्थी समाजसेवी बन्न सकिन्छ । ब्यबहारिक रुपमा नै मन,बचन र कर्मले समर्पित भएर गर्ने समाज सेवा के हो र कस्तो हुन्छ भन्ने कुरा त अनुभवले नि-खारिएका, फराकिलो क्यानडाबासी नेपाली समाजले पक्कै पनि बुझिसक्नु भएको हुनु पर्दछ l
    यसै सन्दर्भमा , साथीभाईहरुसंगको सरसल्लाह, धेरै साथीहरु र शुभेच्छुक हरुबाट संस्थामा निरन्तरता दिन आग्रह र म आफैमा पनि समाजसेवाप्रतीको गहिरो रुचि, आफ्नो घर-ब्यबहारिक अनुकुलता, दृढता र हामी सबैको निष्पक्ष्य नेपाली समाज बिकासको चाहना अनुसार समुदायको हित र पहिचानको लागि इमान्दारी पूर्वक काम गर्ने प्रतिबद्धतासहित एनआरएनए क्यानडाको यहि आउँदो आइतबार (23 July 2017) हुन गइरहेको निर्वाचनमा म कृष्ण भण्डारी ” किस्मत” आगामी २०१७ – २०१९ कार्यकालको नेतृत्वकालागी ब्राम्टन (Brampton) बाट राष्ट्रिय समन्वय समितिमा उम्मेदवारी दिएको छु ।
    एन आर एन क्यानाडाको आगामी कार्यसमितिकालागी हुन गैरहेको चुनावमा, हाम्रो नेपाली समुदायको एकता,पहिचान र उन्नतिलाई सम्बर्द्धन र स्थापित गर्न का लागी समाजका विविध पक्षलाई आत्मसात गर्दै ,चुनौती लाई सामना गरेर हिड्न सक्ने सक्ष्यम ,कुशल,निष्पक्ष्य र पारदर्शी उम्मेदवारलाई आफ्नो अमुल्य मत प्रदान गर्नुहुन समग्र समुदायमा हार्दिक अनुरोध छ ।
    आगामी २०१७ – २०१९ कार्यकालकालागी योजनाहरु लिएर हजुरहरु समक्ष पुन:प्रस्तुत हुनेछु ! धन्यवाद l
    ###############################################################

    गोपी काफ्ले

    Save

    ###############################################################

    पिताम्बर भट्टराई
    आदरणीय बुबा, आमा, दाजूभाई तथा दिदीबहिनीहरु
    नमस्कार !

    यहि जुलाईको तेश्रो सातामा एनआरएनए क्यानडाको निर्वाचन हुन गइरहेकोले म ब्राम्पटनबाट सदस्यमा उठ्ने घोषणा गरेको यहाहरुलाई जानकारी गराउन चाहन्छु ।
    मेरो उमेद्वारीको किन र केका लागि भन्ने तपाईहरुको जिज्ञासा मेटाउन तपशिलका बुदाबाट प्रष्ट पार्न चाहन्छु ।
    १, म, विगत झण्डै १० वर्षबाट प्रयत्क्ष वा अप्रत्यक्ष रुपमा एनआरएनएको अभियानमा संलग्न भई एक टेलिभिजन पत्रकारको हैसियतले योगदान गर्दै आएको व्यहोरा जानकारी गराउन चाहन्छु । सन् २००४ देखि २०१२ सम्म विभिन्न देशहरुमा पुगि एनआरएन अभियानका विविध क्षेत्रमा टेलिभिजन सोहरु निर्माण तथा प्रशारणमा प्रत्यक्ष संलग्न भई यस अभियानका वारेमा जानकार हुदै आएको छु । र, क्यानडा आइसकेपछि पनि अप्रयत्क्ष रुपमा संलग्न भएको व्यहोरा अवगत गरादछु ।
    २, यस अभियानका अभियन्ता तथा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोबाट शुरु भएको यसको यात्रा बर्तमान अध्यक्ष शेष घलेसम्म आइपुग्दा अपेछित ग​ति लिन​ नसकेको महशुस हुन थालेको छ । यता एनआरएनए क्यानडाको अभियानलाई पनि प्रभावकारी बनाउनका लागि ईंटा थप्ने उद्देश्य लिदै सदस्यको हैसियले आइसिसिलाई समेत उर्जा प्रदान गर्ने मेरो लक्ष्य रहेको छ । साथै, एनआरएनएहरुको हक अधिकारका विषयमा आवाज उठाउने सस्था बनाउने मेरो प्रयत्न हुनेछ ।
    ३, क्यानडामा बसोबास गर्नु भएका नेपालीहरुले यस सस्थाप्रति त्यति सरोकार नराख्नु भएको कुरा मनन गरि यस सस्थालाई नेपालीहरुप्रति बढ्ता जिम्मेवार बनाई जिटीए क्षेत्रमा भोग्नु परेका समस्याहरुको पहिचान गरी निम्न कार्य संचालन गर्न सदस्यको हैसियतले प्रतिवद्ध हुनेछुः
    -क्यानडामा आईसकेपछि के कस्ता समस्या छन, ती पहिचान गरी सहयोग पुरयाउन एनआरएनए सूचना केन्द्र तथा हेल्पडेस्क स्थापना गरी नव आगन्तुलाई विभिन्न क्षेत्रमा सेवा प्रदान गर्ने ।
    -हालसम्म क्यानडा रहेका हामी नेपालीको यकिन तथ्यांक नभएकोले म निर्वाचित भएपछि यस कार्यलाई प्राथमिकतामा राखी तथ्यांक संकलन गर्ने कार्य अगाडि बढाउने छु ।
    -क्यानडामा रहेका युवाहरुको भावनको प्रतिनिधित्व गर्दै यस सस्थालाई राजनीति र विभिन्न गुट र उपगुटबाट माथि राख्न मेरो भरपुर प्रयत्न हुने छ ।
    -बर्तमान संविधानमा उल्लेख भएको गैर आवासीय नेपालीलाई प्रदान गर्न सकिने भनिएको विषेश नागरिकताको प्रावधानलाई कानुनमा समेत ग्यारेन्टी गराउनको लागि विषेश भूमिका खेल्ने छु ।
    -बर्तमान संविधान लागू भएपछि विदेशमा रहेका नेपालीहरुले नेपालमा रहेको आप्mनो सम्पति उपभोग गर्न, बेचविखन गर्न, लगानि गर्न र नेपाल आवत जावत सहज गराउनका लागि कानुनमा आवस्यक व्यवस्था गराउनका लागि भुमिका खेल्नेछु ।
    -“एक पटको नेपाली संघैको नेपाली” भन्ने मूल मर्मलाई स्थापित गराउनको लागि यस एनआरएनए क्यानडाले आइसीसीलाई नपालको कानुनमा आवश्यक सुधार गराउनका लागि लविंग गराउन मेरो सक्रिय भूमिका रहने छ ।
    अन्त्यमा, माथि उल्लेखति मेरा प्रतिवद्धतालाई कार्यान्वयन गराउने उद्देश्यका साथ म एक स्वतन्त्र उमेद्वारको हैसियतले तपाईको घरदैलोमा वेल बजाउदै आइरहेको छु । यसका लागि तपाइहरुको अमुल्य सुझावको अपेक्षा गर्दछु । र, मलाई सदस्य पदमा तपाईको अमुल्य मत दिई विजय गराउन हुन हार्दिक अनुरोध गर्दछु ।
    धन्यवाद
    ###############################################################

    सुरेश रजौरे
    ब्राम्पटन निवाशी सम्पूर्ण नेपाली समुदायमा मेरो हार्दिक अनुरोध!
    नमस्कार!

    नेपालको दाङ्ग जिल्लामा जन्मिएर स्नातकोत्तर सम्मको अध्ययन पश्चात बेलायतमा केहि वर्ष उच शिक्षा हासिल गरि बिगत एक दसक देखि ब्राम्पटन मा बसोबाश गर्दै आएको र विभिन्न सामाजिक संस्थामा रही नेपाली हरुको हक, हितका साथै नेपाली समाजको बृहत्तर बिकाशको लागि अनबरत रुपमा सामाजिक कार्य गर्दै आएको तपाईंहरु सबैलाई अबगत नै छ।

    पेशाले अनुसन्धानकर्ता(रिसर्चर) भै एक प्रतिष्ठित क्यानाडियन कम्पनीमा कार्यरत भएता पनि मैले मेरो समय मेरो मातृभूमि नेपालमा र कर्मभुमि क्यानाडामा एक स्वतन्त्र बुद्धिजीवीको हैसियतले गर्न सक्ने र सम्भव भए सम्म क्यानाडामा नेपाली समुदायको पहिचान , उन्नति र प्रगतिको निम्ति हरपल आवाज उठाउने एवम समुदायका समस्याहरुलाई समाधान निम्ति सरकार सम्म पु-याई दबाब सिर्जना गर्ने कार्य गर्दै आइरहेको जानकारी गराउन चाहन्छु। सोहि सामाजिक कार्य र जिम्मेवारी लाई निरन्तरता दिनको निम्ति आसन्न NRN-Canada को निर्बाचनमा ब्राम्पटनबाट NCC मेम्बर भई तपाईंहरुको सेवा गर्नको निम्ति मैले स्वतन्त्र रही उम्मेदवारी दिने निर्णय गरेको छु। NRN-क्यानाडालाई ससक्त र सबैको साझा संस्थाको रुपमा स्थापित गराई नेपाल र नेपालीको हितमा ध्यान दिन खबरदारी गर्ने उधेश्यका साथ मैले उम्मेदवारी दिएको छु। हाल NRN-क्यानाडामा रहेको बिचलन, एकाधिकार र स्वेछ्यादारी प्रवृतिलाई अन्त्य गर्दै साझा संस्थाको हैसियतमा नियमसंगत रुपबाट संस्था संचालन गराउन मेरो प्रयाश हुनेछ।

    बिश्वास छ, तपाईंहरुले आफ्नो अमुल्य मत दिएर मलाई ब्राम्पटनबाट आफ्नो प्रतिनिधि बनाई बिजयी गराउनु हुनेछ। धन्यबाद!

    ###############################################################

    राज महत

    आदरणीय ब्राहम्टनवासि नेपाली दाजुभाई तथा दिदीबहिनीहरु,
    हार्दिक नमस्कार!!

    विशेषत: “नेपालीका लागि नेपाली” भन्ने NRNA CANADA को मूल मर्म लाई आत्मसात गर्दै सबै नेपालीहरु बिच रहेको आपसी भाइचारा र मेलमिलापको भवनालाई थप वलियो गर्दै आगामी दिनमा समेत NRNA CANADA लाई विशुद्द नेपालीहरुको सुख र दु:खको साथी बनाउदै लैजानु आजकोआवश्यकता हो। यसर्थ प्रवासमा रहेका तपाई हामी सबै नेपालीहरुले यस संस्था भित्र रहेर अपनत्व महसुस गर्न सक्ने नेपालीहरुको एउटै छाता संस्थाको रुपमा विकास गर्दै लैजाने मेरो अभियानमा यहाँहरुको साथ् र सहयोग सदा झैँ रहने विश्वास लिएको छु।

    यसै सन्दर्भमा आगामी NRNA CANADA (2017-2019) को लागि आउदो July 23, 2017, आइतबारका दिन हुने निर्वाचनमा ब्राहम्टन क्षेत्रबाट प्रतिनिधित्व गर्नेगरी NCC पदका लागि उमेद्ववारि दिएको कुरा जानाकारी गराउदै यहाँहरुको अमुल्य मतको हार्दिक अपेक्षा समेत राखेको छु। वडो विनम्रपुर्वक यहाँहरुसंग मेरो यो निवेदन छ कि- उमेद्ववारी दिदै गर्दा म जितौं या हारौ यो सामान्य हो, तर NRNA CANADA ले भने कहिल्यै हार्नु हुदैन भन्ने कुरामा मेरो अटल बिश्वास रहेको कुरा समेत ब्यक्त गर्दछु।

    अन्त्यमा, आगामी दिनमा समेत यहाँहरुको अमुल्य मतको कदर गर्दै नेपाली समुदाय मै रहेर मन, वचन र कर्मले समुदायकै हितमा निरन्तर काम गर्ने मेरो प्रतिवद्दता ब्यक्त गर्दछु।

    ###############################################################

    बिमला सापकोटा

    आदरणीय ब्राम्प्टन निवासि सम्पूर्ण बुवा,आमा,दाजुभाई ,दीदी बहिनी हरुमा हार्दिक नमस्कार।

    गैरआवाशिय नेपाली संघ क्यानडा (NRNA Canada) को आसन्न निर्वाचन 2017-2019 को लागी मैले ब्राम्प्टन क्षेत्र बाट उमेदवारी दिने निर्णय गरेकी छु।

    “समाबेशिता र परिवर्तन अहिलेको आबश्यकता” Time for real change भन्ने नारालाई आत्मसात गर्दै युबा / महिला तथा हरेक बर्गको सम्मानजनक प्रतिनिधित्वमा जोड दिने कार्यमा मेरा कृयाकलाप केन्द्रित रहनेछन।

    ब्राम्प्टन तथा GTA मा भैरहेका हरेक नेपाली सामाजिक कृयाकलापमा म सहभागि भैरहेको तपाईंहरुलाई अवगत नै छ।
    यहाँहरुलाई जानकारीका लागी अनुरोध गर्न चाहन्छु कि Bramptan तथा GTA मा भैरहेका हरेक नेपाली कार्यक्रममा सहभागि भै आफ्नो तर्फबाट नेपाली क्यानाडियन समाजमा सकारात्मक परिवर्तनका लागी योगदान दिइरहेकि छु। एकता, सदभावना र मिलिजुली बस्ने हाम्रो परम्परालाई अघि बढाउदै सबैसँग मिलेर काम गर्ने इच्छा सहित मेरो उमेदवारी पेश गरेकी छु।

    तेसैले तपाईहरूले अमूल्य मत दिएर बिजय गराउनु हुने छ भन्ने बिस्वास लिएकी छु तथा तपाईंहरुको विश्वाशलाई शिरोपर गर्दै काम गर्ने अनुरोधसहित प्रण गर्दछु।

    ###############################################################

    सुर्य प्रकाश भट्टराई

    आदरणिय ब्राम्टनमा बशोवास गर्नु हुने दाजुभाइ तथा दिदीबहिनीहरु नमस्कार1
    म बर्तमान एनआरएन क्यानडाको कोषाध्यक्ष सूर्य प्रकाश भट्टराई यही जुलाई २३
    तारिकका दिन हुन गइरहेको एन सी सीको निर्वाचनमा फेरी एक पटक तपाइहरुको
    प्रतिनिधि बनी सेवा गर्ने इच्छा रहेको हुँदा उम्मेद्धारी दिएको छु । तपाईहरुले अमुल्य मत प्रदान गर्नुहुन समग्र समुदायमा हार्दिक अनुरोध छ ।

     

    Save