CanadaKhabar.com

Saturday, April 20, 2024 -
  • संस्थाको गरिमामा कहिल्यै आँच नआओस

    दिनेश घिमिरे
    लामो अन्र्तमनको द्धन्द्ध पश्चात मेरो करीव ८ बर्ष लामो प्रवासी जीवनको भोगाई, अनुभव र संस्करणलाई क्यानेडियन नेपाली समाजको एकता र विकासका लागि प्रयोग गर्ने निर्णयमा पुगेको छु । आदरणीय बुिद्धजिवी महानुभावहरु, क्यालगरी स्थित नेपाली समुदायका सदस्य साथीहरुको सुझाव, सल्लाह र हौसलालाई आत्मसाथ गर्दै मेरो गौरव र सम्मान सँग जोडिएको NRN- Canada को आगामी जुलाई २३ मा हुन लागेको निर्वाचनमा क्यालगरीबाट यहाँहरु समक्ष आफुलाई अब्बल उमेदवारको रुपमा पेश भएको छु ।
    प्रवासी नेपाली समुदायहरुको अभिभावकत्व बोकेको साझा र गौरवशाली संस्था NRN- Canada को गरिमा र महत्वलाई आगामी दिनहरुमा कसरी उच्च स्थानमा पुर्याउने ? संस्थामा व्यापक र छरपष्ट रुपमा नेपालको राजनीतिक कुण्ठा बोकेका गुट–उपगुट हावी हुँदै गइरहेको छ । यसले प्रवासी नेपाली समाजलाई विभाजन गरिरहेको छ । यस्ता गुट–उपगुटले समाजलाई बदनाम तर्फ अगाडि लगिरहेको छ । यस प्रकारले समाजमा देखिएको नकरात्मक प्रभावले कुनै पनि नेपालीलाई खुशी बनाई रहेको छैन यस्तो तपाई, म अनि हामी सबै नेपालीहरुलाई राम्रो लागेको छैन । यस परिप्रेक्ष्यमा NRN- Canada लाई सर्वमान्य, स्वीकार्य र साझा संस्थाको रुपमा विकास गर्न यस भित्र व्यापक सुधारकोे खाँचो छ । अव संस्थाको समुन्नत विकासका लागि सामाजिक अभियानमा ग्रैह कानुनी राजनीतिक हस्तक्षेपको अन्त्य गर्नु पर्ने प्रमख मुद्दा बनेको छ । मेरो सहभागिता यस मुद्दा प्रति निकै संवेदनशील ढंङ्गले अगाडि बढ्नका लागि हुने कुराको अनुरोध गर्न चाहन्छु ।
    हाम्रो लागि नेपाल जन्मभुमि र क्यानाडा कर्मभुमि हुन । यी दुई भुमि वीच कुनै न कुनै माध्यमद्धारा (आर्थिक, सामाजिक र भावनात्मक) रुपमा जोड्न अघिल्लो कार्यसमितीबाट कार्यविधि र कार्यक्रमहरुमा गरिएका सुधारोन्मुख कामहरुलाई निरन्तरता दिनेछु । साथै आफनो ज्ञान, सीप, दक्षता र अनुभवको प्रयोग गरी समाजका सर्वपक्षीय आवाजको रुपमा आफुलाई शसक्त रुपमा उभ्याउने प्रयत्न गर्नेछु ।
    विविधतापुर्ण विचार र परिकल्पना बोकेको नेपाली समाजको विभिन्न जमातहरुलाई एउटै मालामा गाँस्न सक्नु आगामी नयाँ नेतृत्वको लागि चुनौति देखिएको छ । यसका लागि Think Locally But Drive Globally को नीति अङ्गिंकार गरि स्थानीय समुदायहरु संग हातेमालो गर्दै प्रभावकारी कार्यक्रमहरु अगाडि ल्याउने मेरो अर्काे महत्वपुर्ण एजेण्डा रहने छ ।
    हाल नेपाली समाजमा चुनावी महौलले ल्याएको तरङ्ग, समुदायहरुमा देखिएको चासो र बहसलाई हेर्दा साँच्चै नै ल्च्ल् ऋबलबमब मा आगामी दिनहरुमा अझ प्रभावकारी एउटा हटी एवं दुर्गामी सोँच भएको नेतृत्वले ढृड इच्छा शक्ति बनाउँदै अगाडि बढ्न पर्ने बाध्यता देखिएको छ । यस प्रवासी भुमिमा सम्पुर्ण नेपाली दाजुभाई दिदिवहिनीहरुलाई लैगिंक, जातिगत एवँ फरक राजनैतिक पृष्ठभुमिको बाबजुत पनि एउटै मुद्दामा बाँध्नु पर्छ भन्ने भाव देखिएको छ ।
    समाजका लागि केहि गर्छु भनेर आफुले जोहो गरेको अर्थ र आफनै छाक काटेर, आफनै परिवार र बालबच्चाका लागि दिनुपर्ने समयलाई काटेर समुन्नत समाज निर्माणका खातिर यस निर्वाचनमा क्यानाडा भरि होमिनु भएका मेरा समकक्षी मित्र बन्धु तथा बुद्धिजिवी, समाजसेवी साथीहरु प्रति मेरो नमन साथै कृतज्ञता व्यक्त गर्न चाहन्छु ।
    गणितिय हिसावले हार वा जीत त होला । तर मेरा निम्ति कोही पराजित हुने छैन । किनभने प्रवासमा फुटेको नेपाल हेर्ने मलाई जस्तै तपाईहरु कसैलाई पनि मन छैन । विजयी तपाई हामी सबैको विचार, व्यवहार अनि कार्यमा हुनु पर्छ । अनि मात्र हामीले कल्पना गरेको अभिभावकत्व संस्थाले पाउने छ । तव मात्र सिङ्गो नेपाली समाज र नेपाली संस्थाको विजय हुनेछ ।
    अन्त्यमा तपाईहरु सबैको निरन्तर सुझाव सल्लाह र हौसलाको कदर गर्दै हाम्रालाई होइन राम्रालाई हरेक समाजबाट चुनौ । नेतृवको लागि Show leadership not ask for leadership.सबैको नेपालीको भलो होस । संस्थाको गरिमामा कहिल्यै आँच नआओस ।
    धन्यवाद
    (घिमिरे NRN- Canada क्यालगरीका एक उमेदवार तथा
    क्यालगरी नेपालीज कम्युनिटी एशोशियसन का उपाध्यक्ष हुन)