CanadaKhabar.com

Tuesday, April 16, 2024 -
  • यि हुन् मिसिसागा/मिल्टन क्षेत्रका उम्मेद्वार

    क्यानाडाखबर डेस्क
    टोरोन्टो, क्यानाडा ।

    एनआरएन क्यानाडाको आउंदो अधिवेशनको तयारी लगभग टुङिएको छ । अधिवेशनका लागि क्षेत्रिय प्रतिनिधिहरु छनोट गर्ने प्रकृया देशैभर चलिरहेको छ । यसैगरी जिटिए अन्तर्गत मिसिसागा /मिल्टन क्षेत्रमा  ४ जनाले उम्मेद्बारी दिएका छन् । प्रमिला बस्नेत,तुलासिङ भट्टचन,सुरेन्द्रलाल श्रेष्ठ र सुर्य सापकोटाले चुनावी प्रतिस्पर्धा गर्दै छन् । मिसिसागाबाट २ जनामात्र क्षेत्रिय प्रतिनिधि छनोट हुनेछन् । उम्मेद्वारहरुले मतदातासामु आ-आफ्ना प्रतिबद्दता सहितको एजेन्डा सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छन् ।
    कसले मतदाताको मन जित्न सफल हुन्छ त्यो हेर्न आउंदो आइतबार हुने निर्वाचनको नतिजा कुर्नु पर्नेछ ।

    उम्मेद्वारकै शब्दमा यस्ता छन् प्रतिबद्द्ता :

     

    तुला भट्टचन

    साथीहरु,
    अहिले एनआरएन क्यानाडाको क्षेत्र बिभाजनको विषयमा सामान्य मतभेद भए । निर्वाचनको मिति घोषणा गरि सके पछि क्षेत्र विभाजन को विषयमा अत्याधिक होमर्वक हुन नसक्दा केही साथीहरुले असहमत देखीनु भएको थियो । उहाँहरुको भावनालाई सम्बोधन गर्न शुक्रवार गठित समिती र उहाँहरु बीच छलफल भयो । छलफल निश्कर्षमा पुग्न नसके पछि तोकिएको समयमा निर्वाचन गर्नुको अर्को बिकल्प बाहेक अरु हामीसँग छैन् । संघको केन्द्रीय विद्यान अनुरुप नयाँ निर्वाचन अनिवार्य हुन्छ । त्यसैले असहमतिका बीच सहमति खोज्दै अगाडी बढ्नु पर्ने हुन्छ । निर्वाचन घोषणा भै सके पछि क्षेत्र बिभाजनमा भएका कमिकमजोरीलाई आगामी वर्षमा सुधार
    गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दछु । । सानो बिषयमा निर्वाचन सार्दै जाने परम्परा राम्रो होइन् त्यसो गर्दा एनआरएनए आइसीसीको निर्धारित मितिमा समेत चुनाव गर्न सकिन्न त्यसैले सबै कुरा थाति राखेर कसै हार र जित भन्दा संस्थाको र एनआरएन अभियानको भलो चिताएर अगाडी बढौं । आफ्ना गुनासाहरु राख्ने संस्थाको उच्च थलो भनेको साधारणसभानै हो आगामी बर्षमा कसरी निर्वाचन गर्ने भन्ने बारेमा त्यही मन्थन गरौला । अहिलेलाई सबै मिलेर काम गरौं । धन्यबाद ।

    ####################################################################

    प्रमिला बस्नेत

    म प्रमिला बस्नेतको हार्दिक नमस्कार
    राष्ट्रिय समन्वय समिति सदस्य(बोर्ड अफ डाइरेक्टर)मा मेरो उम्मेद्धारी

    गैर आवासीय नेपाली संघ एनआरएन ए क्यानाडाको को आगामी दुइ बर्षको लागि (२०१७/२०१९) को आसन्न निर्वाचन मा मैले राष्ट्रिय समन्वय समिति सदस्य (बोर्ड अफ डाइरेक्टर)मा उम्मेद्धारी घोषणा गरेकी छु । म बिगत दुइ बर्ष देखि संस्थाको महिला संयोजक भै विभिन्न काम सफलता साथ सम्पन्न गर्दै आएकी छु
    / संस्थाको महिला संयोजक भएको नाताले धेरै साथीहरु र शुभेच्छुक हरुबाट संस्थामा निरन्तरता दिन आग्रह र म आफैमा पनि समाजसेवाप्रतीको गहिरो रुचिका कारण सबैको आग्रहलाई स्विकार गर्दै बोर्ड अफ डाइरेक्टरमा उम्मेद्धारी दिने निश्कर्षमा पुगेकी हुं । गैर आवासीय नेपालीहरुबीच सहयोग, सदभाव कायम गर्न तथा स्वदेश र प्रवासमा रहेका नेपालीहरुका लागी परोपकारी कार्यमा संलग्न भइरहन मेरो उम्मेद्धारी भएका कारण सबैको साथ र सहयोगको अपेक्षा गरेकी छु ।

    सर्व प्रर्थम हामीहरुले बुझेका छौ गैर आवासीय नेपाली संघ एनआरएन ए क्यानाडामा बुद्धिजीवी , महिला ,युवा, ब्यापारी र ब्यबसायी हरुको सहभागिता आबश्यक छ/ दोश्रो नेपाली सामुदायिक संस्थाहरु संग उच्च तहबाट समन्वय र सहकार्यको बातावरण आवश्यक छ/ तेश्रो नेपाली क्यानेडियन संस्कृतिक केन्द्र को पनि उत्तिकै आवश्यक छ/ साथै , स्थानीय , प्रान्तीय ,संघीय तहको क्यानाडियन सरकार संग नेपाली समुदायको पहिचानको लागि सामन्जस्यता बढाउनु पर्ने भएको छ/

    यिनै आवस्यकताहरु लाई गैर आवासीय नेपाली संघ एनआरएन ए क्यानाडाको कार्य सुचिमा राखन प्रयत्न गर्न म आउदो दुइ बर्ष प्रतिबद्ध रहेकी छु/
    अन्त्यमा सबैको आग्रह र मेरो चाहनालाई मुर्त रुप दिन बोर्ड अफ डाइरेक्टरमा अमुल्य मत दिएर बिजयी बनाउनुहुनेछ भन्ने विश्वास लिएकी छु ।

    सहयोग र समझदारी लागि हार्दिक धन्यवाद ।

    ####################################################################

    सुरेन्द्रलाल श्रेष्ठ

    आदरणीय Mississauga तथा Milton बासी Nepali दाजुभाई दिदि बहिनिहरु ।

    गैरनेपाली आवाशिय नेपाली संघ क्यानडाको अधिबेशन नजिकिदै जादा चुनावी चहलपहल पनि बढेको छ । मुलतः NRN Canada लाई राजनैतिक प्रभावबाट मुक्त गर्ने , आफ्नो ब्यक्तिगत लाभका लागि सस्थालाई प्रयोग गर्ने प्रबृतिको अन्त्य गर्ने तथा नेपाली नेपाली बिच भाईचाराको अभिबृदी गरि NRN Canada लाई एक सबल र सक्षम सस्थाको रुपमा बिकास गर्ने अठाेटका साथ मैले पनि Mississauga / Milton क्षेत्रबाट सदस्य पदमा उम्मेदवारी दिने निर्णय गरेको छु । Mississauga and Malton क्षेत्रका सम्पुर्ण मतदाता दाजुभाई दिदिबहिनी हरुमा आफ्नो अमुल्य मत प्रदान गरि मेरो अभियानलाई सफल बनाई दिनुहुन बिनम्र अनुरोध गर्दछु ।

    ####################################################################

    सुर्य सापकोटा

    आदरणीय क्यानाडावासी दाजुभाई तथा दिदिबहिनीहरु,
    हार्दिक नमस्कार!

    विगत एक दशक देखि मिसिसागामा बस्दै आएको म (सुर्य सापकोटा) आसन्न एन. आर. एन. क्यानाडाको अधिवेशन २०१७ मा एन. सी. सी. पदका लागि मिसिसागा/मिल्टन क्षेत्रबाट उम्मेदवारीको घोषणा गरेको छु। पोखरा देखिको मेरो सामाजिक कार्यमा चासो राख्ने पारिवारिक पृष्ठभूमि, र मेरो उत्कट इच्छा २००६ मा क्यानाडामा ओर्लेसगै नेपाली समुदायबीच रहेर हातेमालो गर्दै काम गर्ने इच्छा अझबढी घनिभूत हुदै आएको थियो भन्ने कुरा तपाईहरु माझ निवेदन गर्न चाहन्छु। यसै अनुरुप मैले विगत देखि हालसम्म अभिछिन्न रुपमा मेरो सानो ठाउबाट कुनै आग्रह पूर्वाग्रह नराखी सदैव एन. आर. एन. क्यानाडाका हरेक सामाजिक अभियानहरुमा आफुलाई समर्पित समेत गर्दै आएको छु। एन. आर. एन. क्यानाडाको मूल उद्देश्य ‘नेपालीका लागि नेपाली ‘ भन्ने नारालाई मन, बचन र कर्मले आत्मसात गर्दै नेपाली समुदायमा रहेर काम गर्ने मेरो उत्कट इच्छालाई यहाँहरुको अमुल्य मतले निर्वाचनका माध्यमद्वारा थप प्रेरणा र अनुमति प्रदान गर्ने भएको हुँदा सहयोगका लागि हार्दिक अनुरोध गर्दछु। यसै सन्दर्भमा मेरो उमेद्वारीसगै केहि संक्षिप्त प्रतिवद्दता बुँदागत रुपमा आदरणीय मतदाता समक्ष राख्न समेत बान्छनीय ठानेको छु।
    १. ‘नेपालीका लागि नेपाली’ भन्ने मुल नारालाई आत्मसात गर्दै नेपाली नेपाली विच भाइचारा कायम राख्न मेरो सदैव पहल रहने छ।
    २. नेपाली समुदायमा यदाकदा देखिने गरेको विभाजित मनहरुलाइ एउटै माला नेपालीमा गाँस्न सधै पहल रहने छ।
    ३. हरेक व्यक्ति विशेषसंग फरक फरक विचार र आस्था हुने कुरा स्वाभाविक हो। तर सबै विचार र दृष्टिकोणको सम्मान गर्दै अनेकतामा नेपाली मौलिक एकता खोज्ने मेरो प्रयास सँधै रहनेछ भन्ने विश्वास ब्यक्त गर्न चाहन्छु।
    ४. एन. आर. एन. क्यानाडा र यसको गरिमा बारे नेपाली नेपाली विचमा विश्वासको वातावरण अभिबृद्दी गर्दै सामाजिक सेवालाई अझबढी सम्मानित बनाउन मेरो पहल रहने छ।
    ५. क्यानाडास्थित विभिन्न नेपाली संघ/संस्थाहरु बीचको सम्बन्धलाई थप प्रगाढ बनाउने र पारस्परिक सहयोग र विश्वासको वातावरण थप बढाउने कुरामा म संधै कटिवाद्द रहने छु।
    अन्त्यमा, यहाँहरुले सदा झैँ म प्रति देखाउनु भएको आत्मिय प्रेम, भरोसा, सुझावलाई हार्दिक सम्मान गर्दै एन. आर. एन. क्यानाडाको आगामी निर्वाचनमा समेत यसैगरि सहयोग रहने छ भन्ने विश्वास समेत ब्यक्त गर्न चाहन्छु।
    धन्यवाद ! नमस्कार !

     

     

    Save

    Save