CanadaKhabar.com

Wednesday, April 24, 2024 -
  • क्यानेडियन ग्रासले विश्व एथलेटिक्श च्याम्पियनशीप गुमाउने

    ह्यामस्ट्रिङमा चोटका कारण क्यानेडियन स्प्रिन्टर एन्ड्री डि ग्रासले विश्व एथलेटिक्श च्याम्पियनशीपमा सहभागिता नजनाउने भएका छन् । २२ वर्षिय ग्रास लण्डनमा भएको १०० मिटर दौडका लागी युसेन बोल्टको मुख्य प्रतिष्पर्धी थिए ।

    रियो २०१६ मा उनले २०० मिटरमा रजत पदक तथा १०० मिटरमा काँस्य पदक हासिल गरेका थिए । चोटहरु खेलको हिस्सा भएपनि यो चोटको समय एकदमै दुर्भाग्यपुर्ण भएको ग्रासले बताए ।

    ‘यो वर्षको मेरो सम्पुर्ण समय लण्डनको १०० मिटर दौडमा कसरी उत्कृष्ट प्रदर्शन दिने भन्नेमा नै केन्द्रित रह्यो त्यसैले यो अवसर गुमाउनु मेरा लागी अकल्पनीय भए पनि यथार्थलाई मैले स्विकार गर्नु पर्छ,’ ग्रासले भने ।

    एमआरआई नतिजा बमोजिम उसलाई ठीक हुन अझै चार देखि ६ हप्ताको समय लाग्ने छ । अगष्ट ४ देख १३ तारिख सम्म विश्व च्याम्पियनशीप हुँदैछ ।