CanadaKhabar.com

Saturday, April 20, 2024 -
  • लालीगुरांस क्लबले मिसिसागामा भलिबल प्रतियोगिता आयोजना गर्दै

    क्यानाडाखबर संबाददाता – टोरोन्टो,क्यानाडा ।

    हरेक वर्ष खेलकूद सम्बन्धी विभिन्न कार्यक्रमहरु गर्दै आएको लालिगुंरास स्पोर्टस एन्ड कल्चर क्लबले यस वर्ष पनि ‘नर्थ अमेरिका ब्यापी भडिवल प्रतियोगिता एवम कल्चरल नाइट’ आयोजना गर्ने भएको छ । ‘क्यन्लन स्पोर्टसप्लेस’ मिसिसागामा आउंदो शनिबार ( अगस्ट १२ ) गते प्रतियोगिता हुनेछ ।

    यस खेलमा नर्थ अमेरिका रहेका दश नेपाली भडिबल समुहले सहभागीता जनाउदै छन् ।  प्रतीयोगितामा प्रथम हुने समुहले १५०० डलर र दोस्रोले १००० डलर पुरस्कार प्राप्त गर्नेछन् ।

    शनिबार खेल सक्किए लगत्तै मिसिसागा स्थित प्रित प्यालेस ब्यन्कुट हलमा सांस्कृतिक कार्यक्रम गरिने आयोजकले बताएको छ ।

    नेपालीतारा दिपक लिम्बु लगायत अन्य नेपाली कलाकर्मीलेहरु आफ्ना प्रस्तुतीहरु कार्यक्रममा देखाउने छन् ।

    Save

    Save

    Save