CanadaKhabar.com

Thursday, April 25, 2024 -
  • नर्थ अमेरिकाब्यापी लालिगुरांस भलिबल प्रतियोगितामा ‘माउण्ट एभरेष्ट क्लब’ बफेलो बिजयी

    क्यानाडाखबर संबाददाता क्यानाडा ब्युरो ।
    अगष्ट १३, २०१७
    क्यानाडामा रहेका नेपाली समुदायको खेलकुद बिकासमा सकृय भूमिका खेल्दै आएको लालिगुंरास स्पोर्टस एण्ड कल्चरल क्लबको आयोजनामा छैठौं नर्थ अमेरिका ब्यापी भलिबल प्रतियोगिता सम्पन्न भएको छ । अमेरिका र क्यानाडा बस्दै आएका नेपाली समुदायको प्रतिनिधित्व गर्दै ९ टोलीले खेलमा आफ्नो सहभागीता जनाएका थिए ।

    क्यानाडाको मिसिसागास्थित क्यान्लन स्पोर्टसप्लेक्स वल्फडालेमा भएको प्रतियोगितात्मक खेलको फाईनल प्रतिस्पर्धा अमेरिकाको Ridgewood New York, USA टिम र Mount Everest Buffalo USA टिम बिच भएको थियो । अन्ततः Mount Everest Buffalo USA टिम प्रथम भयो भने Ridgewood New York, USA टिम दोश्रो भएको छ । बिजयी Mount Everest Buffalo USA टिमले नगद १५००$ सहित रनिङ सिल्ड र मेडल प्राप्त गरेको छ भने दोस्रो हुने Ridgewood New York, USA टिमले नगद १०००$ संगै सिल्ड मेडल प्राप्त गरेको छ । खेलको समापन पछि सांझ सांकृतिक कार्यक्रम सहित Preet Palace Banquet Hall मा रात्रि भोजको आयोजना गरिएको थियो ।
    खेलकुदप्रेमी नेपालीहरुको साझा संस्थाको रुपमा स्थापित लालिगुरांस स्पोर्टस एण्ड कल्चरल क्लबले बिगत ६ वर्ष देखी नर्थ अमेरिकास्तरिय भलिबल प्रतियोगिता गर्दै आएको छ ।