CanadaKhabar.com

Friday, April 19, 2024 -
  • टोरोन्टोमा ‘नेपाली मेला’ हुँदै

    गोकर्ण लामिछाने – टोरोन्टो ।

    क्यानाडाकै ब्यस्त शहर टोरोन्टोमा नेपाली मेला हुने भएको छ । मेलाको सम्पूर्ण तयारी पुरा गरिसकिएको आयोजक संस्थाले बताएको छ । टोरोन्टोस्थित नेपाली समुदायको पुरानो संस्था नेप्लिज क्यानेडियन कम्युनिटिज सर्भिस ( एनसीसीएस ) ले आउंदो शनिबार दिउसो टोरोन्टोस्थित फिलिप स्क्वायरमा ‘हिमालयन मेला ‘ गर्न लागेको हो । नेपालको लोक संस्कृती, झांकी, नाटक, गीत तथा न्रित्य कार्यक्रममा देखाइने छ । मेलामा नेपाली रेष्टुरेन्टले आफ्ना स्टल राख्नेछन् स्टलमा नेपालीखाना तथा परिकारहरुको स्वाद लिन सकिने छ ।

    कार्यक्रममा चर्चित  पप गायक निमा रुम्बाको बिशेष प्रस्तुती रहने छ भने क्यानाडामा रहेका स्थानिय कलाकारहरुले विभिन्न प्रस्तुतीहरु देखाउने छन् । नेपालको मौलिक परम्परा, टुरिजम र लोक संस्कृतीको प्रचार-प्रसार र प्रबर्द्द्न गर्न प्रवासमा यस्तो कार्यक्रम आयोजना गरिएको एनसीसीएसका महासचिव तथा गायक बुद्दी सागर बस्यालले बताए । ‘नेपाल चिनाउने अभियानमा जुटेका छौं हामी प्रवासमा रहेका नेपालीलाई एकजुट गर्दै नेपाली कला र संस्क्रितीको जगेर्ना गर्ने प्रयास हो नेपाली मेला’ उनले भने ।

    टोरोन्टोमा हरेक वर्ष हिमालयन मेला हुँदै आएको छ । एनसीसीएसले आयोजना गर्ने यो मेला ११ औं हो ।

     
    मेलाको प्रत्यक्ष प्रसारण क्यानाडाखबर डटकम र र नेपाल टिभी क्यानाडामा हेर्न सकिनेछ ।
    Save

    Save