CanadaKhabar.com

Friday, March 29, 2024 -
  • धुर्मुस सुन्तली आज क्यालगरीमा

    फाउण्डेसन सहयोगार्थ कार्यक्रम हँुदै
    १ सेप्टेम्वर, क्यानाडाखवर.कम, क्यालगरी व्युरो ।

    धुर्मुस सुन्तली साँझ कार्यक्रमका लागि सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे सुन्तली आज क्यालगरी आइपुगेका छन । धुर्मुस सुन्तली फाउण्डेसनको सहयोगार्थ आउँदो शनिवार साँझ क्यालगरीको फाल्कोनरिज देशीबजार स्थित मंगोलिया व्याङ्कवेट हलमा कार्यक्रम हुँदैछ ।

    कार्यक्रममा सिताराम कट्टेल ९धुर्मुस० र कुञ्जना घिमिरे ९सुन्तली० का साथै स्थानीय कलाकारहरुको पनि प्रस्तुति रहने छ । कार्यक्रमको प्रत्यक्ष अवलोकनका लागि गोल्ड, सिल्भर र ब्रोञ्ज गरि तीन किसिमका टिकटहरु बजारमा उपलव्ध गराइएको छ । जसका लागि सर्वसाधरणले गोल्ड, सिल्भर र ब्रोञ्ज क्रमस १००, ५० र ३० क्यानेडियन डलरमा टिकट खरिद गर्नु पर्ने छ । अहिले सम्म ३ सय भन्दा बढी टिकट विक्री भैसकेको आयोजकले आज क्यानाडाखवरलाई बताएको छ । कार्यक्रम संयोजक राजेश शर्माका अनुसार हलको क्षमता ६ सय जनाका लागि मात्र छ । शर्मा भन्छन् “हलको ६ सय जनाका लागि सिटिङ्ग क्षमता भएकाले ६ सय टिकट छपाइयो तर ३ सय विक्री भैसकेको छ भने टिकटको डिमाण्ड एकदमै बढी भएको छ । हामी व्यवस्थापन गर्ने प्रयास गरिरहेका छौ ।

    कार्यक्रम हेर्नका लागि क्यालगरी आसपासका क्षेत्रहरु लेथव्रिज, बाँफ, कोकरेन, एडम०टन, मेडिसिन हाइट लगायतबाट पनि आउने उनीहरुको दावी छ ।