CanadaKhabar.com

Saturday, April 20, 2024 -
  • नमिताले माया मारेपछि राजुको बेहाल (भिडियो सहित)

    काठमाडौं । मानिसहरु माया प्रेममा परेपछि एकले अर्काको खुसीको लागी जस्तोसुकै समर्पण गर्न पनि तयार हुन्छन् । हुन पनि उनीहरुले सँगै मर्ने बाँच्ने मात्र नभई बिछोडिने दिन नै आए पनि एकले अर्काको खुसीमा रमाउँने कसम खाएका हुन्छन् । यो व्यवहार तः सम्भव होला या नहोला त्यो सबै मान्छेको भोगाईमा भर पर्छ तर यहाँ एक युवतीले माया मारेपछि अर्का युवाको बेहाल भएको छ । अति नै माया गर्ने जोडी हो राजु श्रेष्ठ र नमिता राईको ।

    उनीहरु हरेक ठाउँमा सँगै हुन्छन् तर एक दिन दैव निष्ठुरी भई दिन्छ र उनीहरु सवार मोटरसाईकल दुर्घटनामा पर्छ । हेर्ने मान्छेहरुको भिडबाट निस्किन्छन् अस्विन नेपाली । उनले बेहोस नमितालाई त्यहाँबाट उठाउँछन् तर राजुलाई उठाउने कोही हुँदैन । प्रेमिकालाई उठाएर राजुलाई किन त्यहीँ छोडे त अस्विनले ? यो थाहा पाउँन भने पुरा भिडियो नै हेर्नु पर्ने हुन्छ ।

    मिठो स्वरको जादु समेत छर्न सफल मनोज राज सिवाकोटीको शब्द तथा संगीत र सिद्धान्त परियारको स्वरमा एउटा अत्यन्तै मार्मिक गीतको भिडियो सार्वजनिक भएको छ । रामकृष्ण चौलागाईको छायाँकन एवम शक्ति प्रज्जवल घिमिरेको सम्पादन रहेको तिमीले त माया मा¥यौ रे बोल रहेको उक्त गीतको भिडियोको निर्देशन रोशन सेवकले गरेका छन् । भिडियोमा राजु श्रेष्ठ, नमिता राई र अस्विन नेपालीले दमदार अभिनय गरेका छन् ।

    बाँकी थाहा पाउँन भिडियो हेर्नुहोस् :