CanadaKhabar.com

Saturday, April 20, 2024 -
  • सिएनसिएका आगामी गतिविधहिरु आफनै भवनमा हुने

    ६ अक्टोवर, क्यानाडाखवर.कम क्यालगरी व्युरो ।
    झण्डै ३० बर्ष देखि क्यानाडामा कार्यरत नेपालीहरुको संस्था क्यालगरी नेपालीज कम्युनिटी एशोसियसन (सिएनसिए)ले आफनो भवन खरिद गरेपछि शंकर थापाको खुशीको सिमा छैन । “अहिले क्यालगरीमा नेपालीको अस्तित्व रहेको भान भैरहेको छ । गर्वले छाति फुलेको छ ” बर्षाै देखिको सपना पुरा भएको भन्दै उनी सबै नेपालीहरु राम्रा कामका लागि एकजुट हुनु पर्ने बताउँछन ।
    “परिवारका लागि जसरी घर महत्वपुर्ण हुन्छ । त्यसैगरि कम्युनिटीको स्थायित्वका लागि कार्यालयको जरुरी हुन्छ । त्यो काम आज पुरा भएको छ ।” सविता बान्तवाले निकै खुशी हुँदै भनिन् । ११ बर्ष देखि क्यानाडाको क्यालगरीमा बस्दै आएकी उनको एउटै कामना थियो । नेपालीहरुको साझा संस्था होस अनि संस्थाको आफनै एउटा कार्यालय होस । बान्तवा क्यालगरी नेपालीज कम्युनिटी एशोसियसन (सिएनसिए) मा लामो समय देखि विभिन्न पदमा रहि काम गर्दै आइरहेकी छिन ।

    त्यसो त सिएनसिएका निवर्तमान अध्यक्ष दिव्य प्रधान पनि संस्थाको आफनै भवन हुँदा हर्षले भाव विव्हल भएको बताउँछन । उनी भन्छन “आफुले यसका लागि निकै लामो समय खर्चिएको छु । मेरो खुशीको त सिमा नै छैन ।” उनले फण्ड कलेक्सन शुरु गरेको २५ दिन भित्रमा ५० हजार क्यानेडियन डलर संकलन गरिएको भए पनि त्यो भन्दा माथिका लागि निकै ठुलो मिहिनेत गर्न परेको अनुभव सुनाए । उनी सेन्टर टाक्र्सफोर्स टिमको कोर्डिनेटर पनि हुन ।

    कम्युनिटी सेन्टर फण्ड रेइजिङ्ग कमिटीका संयोजक प्रशन्नमान श्रेष्ठले नेपालीहरु राम्रो कामको लागि सधै सहयोग गर्न तयार रहने हुनाले आफनै सेन्टर बनाउने सपना पुरा भएको बताउँछन । उनी भन्छन “राम्रो कामका लागि क्यालगरीबासी नेपालीहरु संधै मन फुकाउने गरेका छन । यो पटक झन छाती फराकिलो बनाएर सहयोग गरे । यो सबै उहाँहरुकै सहयोगको कारणले भएको हो” श्रेष्ठर्ले वन टाइम फर लाइफ टाइम’ भन्ने मुल नाराले झण्डै १०० हजार क्यानेडियन डलर संकलन गर्न आफनो टिम सफल भएको बताउँछन । उनका अनुसार कुल ५ लाख ५० हजार क्यानेडियन डलर (रिनोभेसन सहित) लागत रहेको उक्त सेन्टरका लागि एजिएलसीबाट २ सय ७ हजार क्यानेडियन डलर, कम्युनिटी फेसिलिटी इन्हयासमेन्ट प्रोजेक्टबाट २ सय २५ हजार क्यानेडियन डलर र क्यालगरीबासी नेपालीहरुबाट ९५ हजार क्यानेडियन डलर सहयोग भएको थियो ।

    संस्थाका अध्यक्ष हरिबोल शर्माले सम्पुर्ण क्यालगरीबासीहरु खुशी भएको बताउँदै यो खुशी सबैमा बाँडन सेन्टर अवलोकन गर्न चाहने सर्वसाधरण नेपालीका लागि आउदो सोमवार ( अक्टोवर ८) खुला गरिएको क्यानाडाखवरलाई जानकारी दिएका छन । सिनोक सेन्टर देखि ५ मिनेटको पैदलयात्रामा पुग्न सकिने सेन्टरको ठेगाना ७२३९ फ्लिन्ट रोड साउथइस्ट रहेको छ ।