CanadaKhabar.com

Friday, March 29, 2024 -
  • क्यालगरीमा देउसी भैलो कार्यक्रम हुने

    १२ अक्टोबर, क्यानाडाखवर.कम क्यालगरी व्युरो ।
    क्यानाडाको क्यालगरीमा यसबर्षको लक्ष्मी जयन्ती साहित्यिक जमघट तथा देउसी भैलो कार्यक्रम गरि मनाइने भएको छ । नेपाली साहित्य समाज क्यालगरीले नेपाली भाषा, कला संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्ने उद्धेश्यले अक्टोवर १५ तारिख आइतवारका दिन साहित्यिक जमघट तथा देउसी भैलो कार्यक्रमको आयोजना गर्न लागेको हो ।

    क्यालगरीको नर्थइस्ट स्थित नेप्लिज कम्युनिटी अफ सोसाइटी क्यालगरीको सभाहलमा अपरान्ह ३ बजे दिपावलीको शुभकामना आदानप्रदान तथा देउसी भैलो कार्यक्रम समेत गरिने बताईको छ

    महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्म जयन्तीको अवसर पारि आयोजना गरिएको उक्त कार्यक्रममा सर्जकहरुले आ आफना रचनाहरु बाचन गर्ने संस्थाका सचिव केशव मोहन अधिकारीले क्यानाडाखवरलाई बताएका छन ।
    उनले नेपाली भाषा, कला, संस्कृति र साहित्यलाई माया गर्ने क्यालगरीबासी सम्पुर्ण नेपालीहरुलाई कार्यक्रममा उपश्थितीका लागि अनुरोध गरेका छन ।