CanadaKhabar.com

Thursday, April 25, 2024 -
  • एडमण्टनमा देउसी भैलो कार्यक्रम सम्पन्न

    १० नोभेम्वर, क्यानाडाखवर.कम क्यालगरी व्युरो ।

    क्यानाडाको एडमण्टन शहरमा यस बर्ष पनि नेपाली परम्परा अनुसार देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ । अलबर्टामा कार्यरत संस्था नेप्लिज क्यानेडियन सोसाइटी अफ एडमण्टनले नेपाली भाषा कला संस्कृति जगेर्ना तथा फण्ड रेइजिङ्ग गर्ने उद्धेश्यले अक्टोवर २१ र २२ तारिख उक्त कार्यक्रम आयोजना गरेको थियो ।

    कार्यक्रममा नेपाली विद्यालय (जुनेली) का विद्यार्थीहरु, संस्थाका पदाधिकारीहरु, प्रस्तावित पुस्तकालयका सदस्य तथा स्थानीय नेपाली समुदायको सहभागिता रहेको थियो । हरेक बर्षको तिहारमा देउसी भैलो तथा लक्ष्मी पुजा गर्दै आएका एडमण्टनबासीहरुले नेपाली पोशाकमा लोक गीत तथा नृत्य प्रदर्शन गरेका थिए ।
    निश्चल नेपालको संयोजकत्वमा सम्पन्न उक्त देउसी भैलोबाट १ हजार ८ सय ७ क्यानेडियन डलर संकलन गरिएको बताइएको छ ।