CanadaKhabar.com

Wednesday, April 24, 2024 -
  • व्याटल अफ द बिट मा नेपाली मुलका युवकको सफलता

    ११ नोभेम्वर, क्यानाडाखवर.कम क्यालगरी व्युरो । विश्व प्रसिद्ध म्युजिक कम्पिटिसन “व्याटल अफ द बिट” मा नेपाली मुलका युवक अभि बस्ताकोटीले एक पछि अर्काे गर्दै सफलता पाइरहेका छन ।
    साउण्ड सुप्रिमेसी इन्टरटेन्मेन्टको आयोजनामा क्यानाडाको टोरोण्टोमा भईरहेको म्युजिक कम्पोजरहरुको छनौटमा अमेरिकाको नर्थ क्यारोलिना निवासी १७ बर्षिय बस्ताकोटी ३२ जनामा पर्न सफल भएका छन ।

    विश्वभरबाट बेस्ट म्युजिक कम्पोजर छनौट गर्ने उद्धेश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रमको पहिलो चरणबाट बस्ताकोटी लगायत ६४ जना छनौटमा परेका थिए । यस्तै हिजो नोभेम्वर १० तारिख सम्पन्न गरिएका उत्कृष्ट ३२ जनाको छनौटमा पनि अन्य प्रतिश्पर्धीलाई पछि पार्दै उनी उक्त समुहमा पर्न सफल भएका छन । शुक्रबार भएको प्रतिस्पर्धामा प्रतिश्पर्धीहरुले तीन आ आफना सांगीतिक प्रस्तुति दिएका थिए । सोही प्रस्तुतिका आधारमा संगीतका विश्व प्रसिद्ध तीन जना विशेषज्ञको टोलीले ३२ जना प्रतिस्पर्धीहरूलाइ छनोट गरेका हुन् ।
    व्याटल अफ द बिट प्रतिश्पर्धाबाट विगतमा छनौट भएका प्रतिभाहरुले बिश्वबिख्यात ग्राम्मि अवार्ड, बिलबोर्ड अवार्ड, एस्काप अवार्ड, जुनो अर्वाड, सोकान अवार्ड लगाएतका अवार्डहरु प्राप्त गर्न सफल भईरहेका छन । यस बर्ष पनि संयुक्त राज्य अमेरिका, क्यानाडा, बेलायत, युरोप, एसिया, अष्ट्रेलिया, अफ्रिका लगायत मुलुकका म्युजिक कम्पोजरहरु प्रतिस्पर्धामा भिड्दै छन् ।
    उनी सम्भवत सबभन्दा कम उमेरका साथै नेपाली मूलका पहिलो र एक मात्र प्रतिस्पर्धी हुन् । उनका अनुसार प्रतियोगितामा सहभागि हुनका लागि उमेर नपुगेका कारण आफ्ना अभिभावकबाट वेभर फर्ममा स्वीकृति लिनुपरेको थियो ।
    ३२ जनामा पर्न सफल अभि बस्ताकोटीले विश्वभरका उत्कृष्ठ म्युजिक कम्पोजरहरूसँग प्रतिश्पर्धा गर्न पाउनु आफ्नो सौभाग्य भएको प्रतिक्रिया दिएका छन । प्रतियोगिता आफुलाई प्रतिभा देखाउने र नेटवर्क बढाउने राम्रो अवसर भएको बताउदै अगाडि चरणको प्रतिश्पर्धाका लागि बकडा मिहिनेत गरिरहेका जनाएका छन ।
    उपाधी जित्नका लागि उनी नोभेम्बर ११ बेलुका टोरन्टोमा थप सांगीतिक प्रस्तुतिका साथ् भिड्दै छन् । प्रतिस्पर्धामा सर्बोत्कृष्ट हुने म्युजिक कम्पोजरले ५००० अमेरिकी डलरको नगद पुरस्कार, र लस एन्जल्स स्थित स्टुडियोमा मल्टी प्लटिनम सेलिङ्ग प्रोड्युसर वोंडागल (WondaGurl) संग काम गर्ने अवसर पाउनेछन ।
    नोभेम्बर १० को अभि बस्ताकोटीको प्रस्तुतिको सानो क्लिप