CanadaKhabar.com

Friday, March 29, 2024 -
  • कति बेला पानी नपिउने ?

    आवश्यकताभन्दा बढी पानी खानाले शरीरमा रहेका सोडियम, पोटासियमलगायत उपयोगी पदार्थ पिसाबमार्फत बढी मात्रामा बाहिर निस्कन्छन् र शरीर कमजोर हुन पुग्छ । त्यही भएर सानो शरीर भएकाहरूले प्रतिदिन तीन लिटर र ठूलो ज्यान भएकाहरूले चार लिटर पानी खाने गर्नु उपयुक्त हुन्छ ।
    पानी कति बेला खानु हुँदैन भन्ने जानिराख्नुपर्छ । यस्तो अवस्थामा पानी खानु हुँदैन भनी आयुर्वेदले भनेको छ

    – पल्टिएको बेला
    – दिसा गरेर आउनासाथ
    – पिसाब गरेर निस्कनासाथ
    – दूध खाइरहेको बेला
    – चिया खाइरहेको बेला
    – चना खाइरहेको बेला
    – भोजन गरिरहेको बेला
    – भोजन गरेलगत्तै
    – हिँडेर बेस्कन थाकेको बेला
    – असिनपसिन भएको बेला
    – कडा शारीरिक श्रम गरेर आउनसाथ
    – व्रत सकिनासाथ