CanadaKhabar.com

Wednesday, April 24, 2024 -
  • एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्यमा क्यानाडाबाट अभिमन्यू बस्नेत मनोनित

    क्यानाडाखबर संबाददाता – टोरोन्टो ।
    गैर आवासिय नेपाली संघ ( एनआरआएन) ले नयां कार्यसमितीमा संरक्षक,सल्लाहकार र सदस्य नियुक्त गरेको छ । विभिन्न क्षेत्रमा क्षेत्रिय प्रतिनिधि नियुक्त भएका छन् । यसै क्रममा क्यानाडाबाट एनआरएन क्यानाडाका पुर्व अध्यक्ष नवराज गुरुङ र डा. द्रोण रसाइली मानार्थ सदस्यमा नियुक्त भएका छन् भने एनआरएन क्यानाडाका पुर्व उपाध्यक्ष समेत रहेका अभिमन्यू बस्नेत अमेरिका क्षेत्रबाट अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्यमा मनोनित भएका छन् ।

    क्यानाडाखबर संग कुरा गर्दै बस्नेतले भने ‘एनआरएन केन्द्रले दिएको जिम्मेवारी पुरा गर्न म प्रतिबद्द छु एनआरको हरेक अभियानलाई सफल पार्न नर्थ अमेरिका रहेका नेपाली समुदायको साथ लिदै एकजुट भएर अघी बढ्नु आजको आवश्यकता हो ।’