CanadaKhabar.com

Thursday, March 28, 2024 -
  • क्यानाडाका कमल ज्ञावलीले ल्याए पञ्चेबाजाको गीत

    क्यानाडाखबर संवाददाता – टोरोन्टो ।

    क्यानाडा बस्दै आएका संचारकर्मी कमल ज्ञावलीले पच्चेबाजा सहितको लोक गीत ‘औठी सुनैको’ सार्वजनिक गरेका छन् । भिडियोमा मुख्यत नेपालको मौलिक रितीथिती झल्कने द्रिश्यहरु समेटिएको छ ।

    नवगायक कमल ज्ञावली र गायिका देवी घर्तीले आवाज दिएको लोकदोहोरी गीतमा नायिका अनु शाह र मोडल बिकास लामिछानेले अभिनय गरेका छन् भने भिडियोको निर्देशन समन अधिकारी गरेका हुन् ।

    भिडियो हेर्न तलको लिन्क क्लिक गर्नुहोस्