CanadaKhabar.com

Thursday, April 25, 2024 -
  • तेरिया मगर एण्ड दिपक लिम्वु साँझको आयव्यय सार्वजानिक

    क्यानाडाखवर.कम, क्यालगरी व्युरो ।
    क्यानाडाको क्यालगरीमा गत डिसेम्वर २५ (क्रिसमस) का दिनमा सम्पन्न तेरिया मगर एण्ड दिपक लिम्वु साँझ कार्यक्रमको आयव्यय शनिवार सार्वजानिक गरिएको छ । आयोजक संस्था नेपलिज कम्युनिटी सोसाईटी अफ क्यालगरी (एनसिएससी)ले कार्यक्रमको आयव्यय सार्वजानिक गर्दै उक्त कार्यक्रमबाट करीव २२ हजार क्यानेडियन डलर संस्थाका लागि बचाउन सफल भएको बताएको छ ।

    एनसिएससि रिसोर्स सेन्टर निर्माण गर्ने उद्धेश्य सहित आयोजना गरिएको उक्त फन्डरेइजिङ्ग–सो बाट करीव ३७ हजार क्यानेडियन डलर आम्दानी भएको जनाईएको छ । कार्यक्रममा ६ सय ५० भन्दा बढी नेपाली तथा इन्डियन दर्शकहरुको उपश्थिती रहेको थियो ।
    कार्यक्रममा १७ हजार ३ सय ८० क्यानेडियन डलरको टिकट विक्री भएको थियो । त्यस्तै व्यवसायिक स्पोन्सरहरुबाट १० हजार, खाना तथा रिसोर्स सेन्टरका लागि व्यक्तिगत सहयोगबाट ९ हजार ७ सय गरि भण्mडै ३७ हजार क्यानेडियन डलर आम्दानी भएको उक्त कार्यक्रमका आर्थिक व्यवस्थापन संयोजक विशाल ढुङ्गेलले बताएका छन ।

    कार्यक्रमका लागि विभिन्न शीर्षकमा खर्च भएको करीव १६ हजार क्यानेडियन डलर कटाएर संस्थाका लागि करीव २२ हजार क्यानेडियन डलर बचत भएको छ । उक्त संकलित रकम एनसिएससी रिसोर्स सेन्टर खरिदका लागि उपयोग गरिने संस्थाका अध्यक्ष धुव्र राईले बताएका छन ।
    कार्यक्रमले ऐतिहासिक सफलता पाएको खुशी व्यक्त गदै उनले भने “यो कार्यक्रम क्यालगरीको इतिहासमा सवैभन्दा सफल र ऐतिहासिक रहयो” उनले चर्चित नेपाली प्लेव्याक सिंगर दिपक लिम्वुले कार्यक्रमका लागि दिएको योगदानको प्रशंसा गरे ।
    अध्यक्ष राईले अन्तराष्द्रिय रुपमा ख्याती प्राप्त कलाकार तेरिया मगरले निशुल्क रुपमा कार्यक्रम गरि क्यालगरीबासी नेपालीहरुलाई ठुलो गुन लगाएको समेत प्रतिक्रिया दिएका छन ।

    कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पुर्ण व्यक्ति, दाता, मिडिया, व्यवसायी तथा संघसंस्थालाई एनसिएससीको तर्फबाट धन्यवाद दिदै कार्यक्रम संयोजक श्रीकान्त अर्यालले उक्त कार्यक्रमले क्यालगरीबासीमा थप उत्साह बढाएको बताए ।