CanadaKhabar.com

Saturday, April 20, 2024 -
  • क्यानडामा ब्रेन ट्युमर पीडित पण्डितले पाए राहत

    टोरोन्टो । सन् २००५ देखि क्यानडामा बसोबास गर्दै आएका पण्डित गोविन्द पौड्यालले लाइफ इन्स्युरेन्सबाट २५ हजार क्यानेडियन डलर पाएका छन् । ब्राम्टोन तथा मिसिसागाका विभिन्न मठ मन्दिरमा पुजारीको रुपमा काम गदै आएका पौड्ललाई गत शनिवार एक कार्यक्रमबीच इभारी इन्स्युरेन्सका प्रतिनिधि राजीव शर्मा तथा इन्स्युरेन्स एड्वाइजर मन्जु तिम्सिनाले सो रकम हस्तान्तरण गरेका थिए ।

    पण्डित पौड्यालले २०१५ मा वल्र्ड फाइनान्सीयल ग्रुपको इभारीसंग लाइफ तथा क्रिटिकल इन्स्युरेन्स गरेका थिए । चेक हस्तान्तरण कार्यक्रममा एनआरएनए क्यानडाका अध्यक्ष गोपिकृष्ण काफ्ले, एनआरएनए आइसीसी प्रतिनिधि प्रमिला बस्नेत, एनसीएनसीका अध्यक्ष डिआर खनाल, जनजाति संघ क्यानडाका अध्यक्ष गिरी बुढाथोकि लगायतको उपस्थिति रहेकोको थियो ।

     

    चितवनमा जन्मिएका ५१ वर्षिय पौड्यालले क्रिटिकल इलनेश इन्स्युरेन्स अन्र्तगत सो रकम पाएका हुन । ब्रेन ट्युमरबाट ग्रसित पण्डितले विमा गरे वापत इन्स्युरेन्सले उक्त रकम सुविधा स्वरुप उपलब्ध गराएको इन्स्युरेन्स एडवाइजर मन्जु तिम्सिनाले बताईन ।

    कार्यक्रममा पन्डितले आफू क्यानाडामा रहेका केही नेपालीहरुबाटै नराम्रोसंग ठगिएको र आफ्नो ठुलो रकम अपचलन भएको भन्दै गुनासो पोखेका थिए ।

    पछील्लो समय क्यानाडाको नेपाली समुदायमा यस्ता बिबादहरु बड्दो छ ।