CanadaKhabar.com

Monday, February 19, 2018 -

के महिलाले महिला भएर बाँच्न नपाउने ?????

मुरारि अधिकारी
हाल क्यालगरी, क्यानाडा

करिब चालिस लाख युवा अभिलेखमा भएका र अभिलेखमा नभएका गरी ठुलै हिस्सा बिदेशमा छन्। हुन त भन्ने पनि गरिन्छ परदेशी बसाई अनि देश छोडेर हिड्नेहरुले किन देशको बारेमा चिन्ता लिनु वा चासो लिनु ? स्थानीय तहको निर्बाचन होस् वा प्रतिनिधिसभाको निर्बाचन नै किन नहोस् जहाँ जहाँ नेपाली पुगेका छन् त्यहाँ त्यहाँ देश पनि संगै बोकेर गएका छन् होला सायद। कतिपय मानिस जुन देशमा पुगे त्यो ठाउका राम्रा पक्षलाई हेरेर मेरो देशमा पनि तेस्तै भए कस्तो हुने भनेर कल्पिए कति पए भने नेपालमा हुदाँ म फलानो पार्टीको थिएँ अहिले पनि त्यहि पार्टीका लागि बफादार रहेको देखाउन मरिमेटेर लागिपरिरहेका देखिन्छ यो यथार्थ हो। अमेरिका पुगेका डिभी धारी हुन् अथवा क्यानाडाका वा अन्य कुनै मुलुकका स्थायी आप्रबासी प्रमाणपत्र लिएका नागरिक वा कुनै देशमा अध्यन भिसामा गएका युवा अथवा कामको शिलशिलामा विभिन्न देशमा रहेका नागरिक, ति धेरै जसोको अभिव्यक्ति पोख्ने माध्यम सामाजिक संजाल बनेको छ। धेर थोर यसको प्रभाब राजनीतिमा परेको देखिन्छ त्यो भन्दा बढी व्यक्तिगत जीवनमा त सामाजिक संजालको असर राम्रै संग परेको छ भन्न मलाई कुनै कन्जुस्याई गर्न मन लाग्दैन। यहि सामाजिक संजालको प्रयोगमा भएका अनर्गल सामग्रीको सम्प्रेषणले कतिपयको ज्यान समेत गएको छ भने कसैले यसैको साहारामा पुनर्जीवन पनि पाएका छन् /

एउटा के कुरामा यो पंक्तिकार ढुक्क र निर्धक्क साथ् लेख्न सक्छ भने कुनै व्यक्तिको सामाजिक संजालको एकाउन्ट भ्रमण गरेर त्यो व्यक्ति कति सकारात्मक वा नकारात्मक मानसिकताबाट ग्रसित छ, उसको रुचिका बिस्यबस्तुहरु के के हुन् सहजै अनुमान गर्न सकिन्छ। बिकशित देशहरुमा त सामाजिक संजाललाई जागिर दिने वा नदिने वा अझ यसो भनौ उसको ब्याक ग्राउण्ड चेक नै फेसबुक , ट्वीटर , इन्स्टाग्राम आदिको शुक्ष्म अबलोकन बाट गरिन्छ। कुनै व्यक्तिको अपराधिक गतिविधिको अवलोकनका लागि त झन् यसको व्यापक प्रयोग गरिएकै छ , हुनत हाम्रो देशमा र कुनै पनि देशमा सम्भबत कुनै उजुरी बाजुरी बिना कुनै पनि सुरक्षा निकाए कुनै व्यक्तिको सामाजिक संजाल एकाउन्टमा गएर खोतल खाताल गर्दैन तर त्यसका अरु प्रयोग कर्तालाई भने त्यसले प्रतक्ष वा अप्रत्क्ष रुपमा असर गरेकै हुन्छ। अझ यसो भनौ कुनै पनि अपराध तबसम्म अपराध हुदैन जबसम्म त्यसलाई कुनै व्यक्ति वा समुहले वा राज्यले यो नियम संगत भएन भनेर उजुरी हल्दैन, हाम्रो समाजकै उदाहरण हेर्ने हो भने पनि सबै श्रीमती कुट्ने घटनाहरु कानुनी हिसाबले अपराधिक क्रियाकलाप हुन् र ति सबै दण्डनीय छन् तर मुख छोपेर रुने महिला कति होलन हाम्रो समाजमा कि त भोगिनेलाई थाहा होला कित यसै सम्बन्धि अनुसन्धानमा संलग्न व्यक्तिहरुलाई थाहा हुनुपर्छ।

समाजशास्त्रको बिद्यार्थी भएको नाताले पनि नेपालको सामाजिक संरचना , यहाको बिबिधता भित्रको एकता , आर्थिक एवं सामाजिक बिसमताको धेर थोर ज्ञान आर्जन गर्ने मौका पाएकोमा म आफुलाई भाग्यमानी सम्झन्छु र अर्को आनन्दको अनुभूति त्यतिखेर हुदो रहेछ जतिखेर कुनै पनि व्यक्ति वा पक्षका सकारात्मक कुरा आउछ खुलेर प्रसंसा गर्न सकिने र नकारात्मक कुरा आउछ भने स्वोच्छ समालोचना ( स्मरण रहोस आलोचना हैन ) गर्न सकिने। यसको एउटा मात्र कारण के हो भने कुनै पार्टीको सदस्यताबाट अनुबन्धित नहुनु। त्यसैले त नेपालमा नाकाबन्धि भएको समयमा के पी ओलीले लिएको अडानलाई खुला मनले प्रशसा गरियो भने उनै ओलीले डा गोबिन्द केसीको सत्याग्रहको खिल्ली उडाउदा तिनले गर्न नहुने काम गरे भन्ने हिक्मत राखियो। सुसंस्कृत राजनीतिको जग बसाल्छु भन्ने रबिन्द्र मिश्र , डा. सुर्य राज आचार्यहरुको प्रसंसा पनि गरियो भने अहिले रासस उमेरद्वार राधेश्याम अधिकारीलाई समर्थन गर्ने कुरा गतिलो हैन र यो गलत काम गरेको हो भनेर ढुक्क साथ् भन्न सकिन्छ। त्यसैले कसैले कुनै पूर्वाग्रह राखेर यो कुनै पार्टीको मान्छे भनेर भन्छ भने म त्यसकालागि मन मनै हासेर उसको चेतनाको स्तरलाई मनमनै मुल्यांकन मात्र गर्छु।
आजभोली सरकारमा रहेका प्रधानमन्त्री शेर बहादुर देउवा अनेक लोक कल्याणकारी निर्णय गर्दैछन त्यो कुराको म सहस्र प्रसंसा गर्थे कि त्यो आर्थिक हिसाबले राष्ट्रले थेग्न सक्न र धान्न सक्ने निर्णय भए देखि। मलाई त लाग्छ देशमा स्वास्थ्य र शिक्षा क्षेत्र पूर्ण रुपेन निशुल्क होस् सबै मान्छेले शिक्षा र स्वास्थ्य सेवाबाट लाभ लिन सकुन अबस्यमेव भुकम्प बाट पीडितले थप १ लाख पाउनु झन् आबस्यक कुराहो तर यी सबै कुरा अन्तरिम सरकारले गर्नुभन्दा यी यी कुराहरु गर्दा जनतालाई राहत हुन्छ भनेर सुझाब दिएर नया आउने सरकारलाई उक्त निर्णयहरु गर्न छोड्नु पर्थ्यो कि मेरो अल्प बुझाइ ? कुन कुरा तत्काल गर्नै पर्ने कुन कुरा ५/७ बर्ष पछि निर्णय गर्दा पनि हुने भन्ने कुराको कुनै अध्यन बिना भटाभट निर्णय गर्दा हामी आशा गर्ने जनता पछि निरास हुनु पर्ने हो कि अनि अब आउने सरकारका प्रति बितृष्णा उत्पन्न गराउने पो हो कि ? कि हामी एकले अर्कोलाई असफल बनाउनेमा मात्र आफुलाई अब्बल बनाइ राख्ने हो र ?

भूमिका नबाधि पुन सामाजिक संजाल र रासस उमेरद्वार मै यो लेखलाई अनुबन्धित गराउन चाहन्छु। सबैलाई सर्वबिदितै कुरा हो कि नेपाल मा जनसंख्याको आधा हिस्सा ओगटेर बसेका महिला एकाध भन्दा बाहेक निर्णायक पदिय दायित्वको पहुचमा पुगेका छैनन। यसो भनि रहदा मैले यो कुरा भुलेको छैन कि नेपालको राष्ट्रपतीमा अहिले महिला हुनुहुन्छ, केहि समय अगाडी न्याय प्रमुखमा महिला हुनुहुन्थ्यो र सभामुख पनि। अहिले कोमल ओलीको रासस उमेरद्वारीलाइ लिएर सामाजिक संजालमा अनर्गल रुपमा बदनामी र गाली बेइजत्ति गर्ने काम नै भएको मैले देखेको छु । आफुलाई सच्चा कम्युनिस्ट हुँ भन्न रुचाउने र पारिवारिक पृष्ठभुमि पनि तेस्तै रहेका केहि व्यक्तिहरुको सामाजिक संजालमा यति सम्म तल झरेर उनको फोटो र उनका बारेमा नकारात्मक टिप्पणी गरीएको छ कि कुन्नि के गर्नेलाई भन्दा के गर्ने लाइ लाज भने जस्तो। उनको बैबाहिक बिस्यबस्तुलाई एमालेका कुमारहरुले कुमारी भित्र्याए बधाई छ देखि लिएर , मनोरंजन मन्त्रालय खोलेर त्यसैको मन्त्रि बनाउनु पर्छ भन्ने सम्मका हर्कतहरु देख्दा मलाई मनमा उब्जने प्रश्न के हो भने कस्तो खालको वर्ग संघर्सको कम्युनिस्ट होलान यी बर्ग ? जसले आफ्नै घरमा म बिबाह नगरी बस्छु भनेर आफु एकल भएरै जिन्दगि बिताउने नैसर्गिक अधिकारको प्रयोग गरेका कयौं महिला दिदी बहिनीको अपमान गरेको छ भनेर भन्न मलाई कति पनि हिचकिचावट छैन , नेपालको सबिधानको भाग ८ धारा ८७ उपधारा १ मा व्यवस्था गरिएका कुनै पनि कुराले कोमल ओलीलाई रासस उमेरद्वार हुनबाट नरोक्ने रहेछ। त्यहाँ महिला भएकै कारण , कलाकार भएकै कारण वा कुमारी बसेका कारण राष्ट्रिय सभाको सदस्य बन्न नपाउने ब्यबस्था नभैसकेपछि उनको व्यक्तिगत क्षमता र दक्षताका केहि पाटाहरु खोतल्ने प्रयास गरें मैले। अनि पाए उनि महिला भएको कारणले नै उनलाई रासस उमेरद्वार बनाइएको हो भनेर भनियो भने उनका प्रति सरासर अन्याय हुन्छ। कि ओली थर हुनु नै उनका लागि अभिसाप हो भने मेरो भन्नु केहि छैन अन्यथा उनि संग नेपालको प्रतिष्ठित बिस्वबिद्यालयको दुइ दुइ वटा बिसयमा स्नातकोत्तर छ , कयौं चोटी कला (गायन) विधामा प्रथम भएकी छिन्। रेडियो नेपालको समाचार भन्ने देखि बिशिस्ट व्यक्तिहरु सम्मिलित सभा समारोह चलाएको अनुभव छ। प्रस्ट बोल्न सक्छिन अन्य कयौं नेताको तुलनामा उनि युवा नै छिन् र अर्को महत्वपूर्ण कुरा उनि सुदुरपस्चिमकी नेपाली चेली हुन्। के जेल नेल बसेकोले मात्र नेपालमा राजनीति गर्नु पर्ने हो? संसारको सर्बोच्च सक्तिशाली राज्य अमेरिकामा ( सबैले मान्नै पर्छ शक्तिसाली भन्ने छैन ) कतै नामै नसुनिएका एक ब्यापारी एकाएक राजनीतिमा प्रवेश गरेको १/२ बर्षमै राष्ट्रपती भएको देखेका अनुहारहरुपनि सामाजिक रुपमा उनको खेदो खनेर समुद्रमा घुमफिर गरेका तस्बिर खोजि खोजि सामाजिक संजालमा राखेर उनको व्यक्तिगत जीवन ( अबिबाहित रहेको वा कलाकारिता) संग हदै सम्म प्रहार गर्नैका लागि हामीले वाक स्वन्त्रता वा अभिव्यक्ति स्वतन्त्रता भन्ने हो ? कि समाजका यी र यस्तै प्रवृति बोकेका मान्छेहरुबाट नेपाली समाजको एउटा चरित्र भने उदांगो हुन्छ कि महिलालाई कसरि हेरिन्छ यो समजमा अनि के हामी महिलालाई बाँच्न मिल्ने समाजकै निर्माणतिर अगाडी बढेकै छौ त ? महिलाले अझै पनि बाच्ने र रमाउने समाजको लागि कति सताब्दी कुर्नु पर्छ ? यो गम्भीर बिस्यबस्तुमा सबैको ध्यान जाओस् !!!