CanadaKhabar.com

Thursday, April 25, 2024 -
  • लेथव्रीजमा मुर्चुङ्गा प्रदर्शन हुने

    जनवरी ३१ क्यानाडाखबर. कम क्यालगरी व्युरो ।

    अलबर्टा राज्यको लेथव्रीज शहरमा नेपाली कथानक चलचित्र मुर्चुङ्गा प्रदर्शन हुने भएको छ । दिल प्रकाश याक्सोद्धारा निर्देशित चलचित्र यहि फेव्रुवरी २५ तारिख (आइतवार) का दिन लेथव्रीजको १७१० मेयर मार्ग्रेट ड्राइभ साउथ स्थित मुभि मिल मा प्रदर्शन हुन लागेको हो । लेथव्रीजमा कार्यरत नेपाली संस्थाहरु लेथव्रीज किराँत कम्युनिटी क्यानाडा, मानव धर्म सोसाइटी क्यानाडा लेथव्रीज र क्यानेडियन भुटनीज सोसाइटी लेथव्रीज द्धारा संयुक्त रुपमा प्रदर्शन गर्न लागिएको चलचित्र स्थानीय समय अनुसार फेव्रुवरी २५ तारिख (आइतवार- साँझ ३ बजे देखि शुरु हुने जनाइएको छ ।
    चलचित्र हेर्नको लागि सवैसाधरणलाई क्यानेडियन १० डलरका टिकटहरु बजारमा उपलव्ध गराईको छ । कार्यक्रमबाट संकलित सम्पुर्ण रकम नेपालमा अनाथ आश्रमलाई उपलव्ध गराइने आयोजक शुकमान सुव्वाले जानकारी दिएका छन ।
    पुर्वी नेपालको गाउँघरमा प्रचलित प्रेम कथाबस्तुमा आधारित चलचित्रमा नायक जीवन लिम्वु, र नायिका कला किराँतीले जीवन्त अभिनय गरेका छन । चलचित्र यथार्थ जीवन कथामा आधारित चलचित्रमा प्रेम, हास्य रोदन, द्धन्द्ध लगायत नवरसको समिश्रण गरि निर्माण गरिएको छ ।

    चलचित्रमा उदय सुव्वा, हाँस्य कलाकारहरु बुद्दि तामाङ्ग (हैट), सुरवीर पण्डित, विण्णु सापकोटा (हर्के हवल्दार) र क्यालगरी निवासी राजेन्द्र चोङ्गवाङ्ग लगायतले अभिनय गरेका छन ।
    भाषा, कला, संस्कृतिलाई माया गर्ने सम्पुर्ण नेपाली भाषीहरुलाई उपश्थितीका लागि आयोजक कमिटीले अनुरोध गरेको छ ।