CanadaKhabar.com

Tuesday, March 19, 2024 -
  • अधिवेशनको तयारीमा जनसंपर्क समिती क्यानाडा

    क्यानाडाखबर संबाददाता- टोरोन्टो,क्यानाडा ।

    नेपाली जनसंपर्क समिती क्यानाडाले आफ्नो दोस्रो अधिबेशन गर्ने भएको छ । अधिबेशन कहाँ र कहिले हुने भन्नेबारे भने अझै अन्योल छ । तथापी आउदो ५ महिना भित्रै अभिबेशन गरिसक्ने आयोजकले दावी गरेका छन् ।

    क्यानाडामा रहेका प्रजातान्त्रिक विचार समुहका ब्यक्तीहरुलाई संगठित गर्दै , सदस्यता संगठन र कार्यक्रमहरु बिस्तार गर्दै अधिबेशन प्रकृयामा जाने तयारी भइरहेको जन संपर्क समिती क्यानाडाका महामन्त्री दिपक मोहन भट्टराईले जानकारी दिए ।

    नेपाली कांग्रेस केन्द्रिय कार्यालय काठमान्डौ समितीको अधिबेशन गर्न अनुमती दिदै सफलताको कामना गर्दै पत्र समेत पठाइसकेको भट्टराईले बताए । उनले भने ‘ हामीहरु यती बेला संगठन र सदस्यता बिस्तारमा लागिरहेका छौ पार्टी केन्द्रको समवन्य हाम्रा अभियानहरु चलिरहेका छन् । ‘

    पछील्लो समय क्यानाडामा कांग्रेस सम्बद्द दुई समानान्तर समिती बनेका छन्, दुबै समुहले फरक-फरक कार्यक्रम र धारणाहरु सार्वजनिक गर्दै आएको देखिन्छ ।